Tuesday, March 27, 2012

हर्ेदा हर्ेर्दै मायाँले सोले डाँडो काट्यो वरिलै

हर्ेदा हर्ेर्दै मायाले सोले डाँडो काट्यो वरिलै' वोलको गीत गाएर नेपाली लोक संगीतको क्षेत्रमा परिचय वनाएका लोकगाएक खड्ग गर्वुजाको अत्यन्त विकट मानिएको सोले डाँडो अव भने मायाँगर्ने मनहरुल्ेा मात्र होइन यातायातका साधनहरुले पनि पार गरेका छन् ।

पश्चिम म्याग्दीको दरवाङदेखि ओखरवोटको सोले डाँडो हुँदै वागलुङको लामेला तमान जोड्ने मोटरवाटो संचालनमा आएपछि अत्यन्त विकट मानिएको सोले डाँडो पार गर्दै वागलुङको तमानसम्म वस, जीप र ट्याक्टर मात्र होइन ट्याक्सी, कार र मोटरसाइकल समेत आवतजावत गर्न थालेका छन ।

केही दिन अघिमात्र संचालनमा आएको सो सडकमा अहिले ट्याक्सी र मोटरसाइकल समेत गुड्न थालेपछि प्राकृृतिक सौर्न्दर्यताले पर्ूण्ा सोलेडाँडो साँच्चै मायाँलुहरुको डाँडोमा परिणत भएको छ ।

वागलुङ र म्याग्दीका स्थानीय वासिन्दाहरुको पहलमा करिव १ करोडको लागतमा निर्माण भएको सो सडकका कारण म्याग्दी र वागलुङका २९ गाविसका हजारौं जनताहरु लाभान्वित भएको सडक निर्माण समितिका सचिव गोपाल कडेलले वताउनु भयो ।

सडक निर्माण पछि म्याग्दी जिप तथा वस संचलक समितिले सो सडकमा दैनिक दर्ुइवटा गाडी संचालन गरेको छ । विरामीहरु स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन पाएका छन् भने सदरमुकाममा पुग्न दर्ुइ दिनको पैदलयात्रा गर्ने स्थानीयवासिन्दाहरु अहिले विहान गएर वेलुकी र्फकन थालेका छन् ।

त्यसैगरी खच्चर र भरिया लगाएर दैनिक उपभोग्य सामान महङ्गो मुल्यमा ढुवानी गर्दै आएका स्थानीयवासिहरुले राहत पाएका छन् भने गाउँमा उत्पादन भएका आलु, कोदो, फलफूल, तरकारी विक्रि गरेर स्थानीयवासिहरुल्ो आम्दानी समेत वढाउने अवसर पनि पाएका छन् ।

सुरत केसी                                                                   म्याग्दी चैत्र १४ गते ।

No comments: