Monday, March 26, 2012

२०६८ सालको एलएलसी सुरु

२०६८ सालको प्रवेशीका परिक्षा-एसएलसी) मंगलबारदेखि सुरु भएको छ । पहिलो दिन अंग्रेजी विषयका परिक्षामा म्याग्दीमा दर्ुइ हजार ३१ जना सहभागि भएका छन् ।

दर्ुइ हजार ४४ जनाले आवेदन दिएकोमा नियमित तर्फमुक्तिधाम उच्च मावि र मंगला उच्च मावि परिक्षा केन्द्रमा एकझ्एक जना र एक्ज्यामटेडतर्फ११ जना अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

पहिलो दिनको परिक्षा मर्यादीत तवरले सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठले बताउनुभयो । प्रवेशिका परिक्षाका लागि म्याग्दीमा ९ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । यसैबिच सरकारले एसएलसीलाई अमर्यादीत बनाउने र चिट चोराउनेलाई ६ महिना कैद र एक लाख रुपैया जरिवाना गर्ने घोषणा गरेको छ ।

मुक्तिमार्ग उच्च मावि घार, मुक्तिधाम उच्च माबि राखु, हेम उच्च मावि शिवाङ, जनप्रिय उच्च मावि दरवाङ, मंगला उच्च मावि बाबियाचौर, धवलागिरी मावि सिङ्गा, प्रकाश उच्च मावि बेनी, बेनी सामुदायिक उच्च मावि बेनी र न्यु वेष्ट प्वाइन्ट आवाशिय उच्च माविमा परिक्षा केन्द्र सञ्चालन गरिएको छ ।

म्याग्दीका ५२ सामुदायीक र ६ निजि विद्यालयका विद्यार्थीहरु एसएलसीमा सहभागि छन् । यसैगरी खुल्ला विद्यालयबाट यस वर्षम्याग्दीमा ३८ जना सहभागि भएका छन भने बम पड्कीँदा दुबै हात गुमाएका बाबियाचौरका सुरेन्द्र केसीले सहयोगी राखेर परिक्षा दिएका छन् । पौलत्स्य उच्च मावि भिरमुनीका टेकबहादुर मिजारले कारागारबाटै परिक्षामा सहभागि भएका छन् ।

सुरत केसी                                                                म्याग्दी चैत्र १० गते ।

No comments: