Monday, March 26, 2012

त्ाातोपानी जलविद्युतको उत्पादन बढ्यो

म्याग्दीको नारच्याङ गाविसमा रहेको तातोपानी जलविद्युत आयोजनाको मर्मतपछि विद्युत उत्पादन वढेको छ । मर्मत भन्दा पनि नयाँ आयोजनालाई प्राथमिकतमा राख्ने गलत नितिका कारण बर्षौसम्म मर्मतविहिन अवस्थामा रहेको केन्द्रको मर्मत भएपछि भने लक्ष्य अनुसार नै विद्युत उत्पादन भएको हो ।
विद्युत प्राधिकरणबाटै कम प्राथमिकतमा परेको केन्द्रका उपकरण मर्मत भएपछि अहिले उत्पादनमा बृद्धि भएको हो । म्याग्दीको उत्तरी क्षेत्र नारच्याङ गाविसको घरापमा विद्युतगृह निर्माण गरि २०४५ सालमा पहिलो चरण र २०५४ सालमा दोश्रो चरणको गरि दर्ुइ मेघावाट क्षमताको विद्युत उत्पादन गरिएकोमा लामो समयपछि विग्रिएका उपकरणहरू मर्मत गरिएको केन्द्रका प्रमुख हर्रि्रसाद रिमालले वताउनुभयो ।

अहिले नियमित उत्पादन भइहेको भएपनि ड्याम क्षेत्रमा केही मर्मतको आवश्यकता रहेकाले टेन्डर गर्ने योजना समेत बनाइएको छ । मिस्ती खोलाबाट झण्डै दर्ुइ किलोमिटर सुरुङ खनेर पानी ल्याइएकामा पछिल्लो समय खोलाको मुहानदेखि विद्युतगृहसम्मका पानी कन्टोलर, र्टभाइन, जेनेरेटर, गेटवल लगायत विद्युतगृहमा रहेका अधिकांस मेसीनरी उपकरणहरु जिर्ण्र्ााएका थिए । अहिले ती सवै मेसिनरी उपकरणहरु मर्मत गरिएको छ ।

म्याग्दीको नारच्याङ, भुरुङ तातोपानी, दानाका साथै मुस्ताङको छुसाङ सम्म विद्युत आपर्ुर्ति गरिरहेको छ भने केन्द्रिय प्रसारण लाईनमा ३३ केवी जडान गरिएको छ । २ मेघावाट क्षमता रहेकोमा आठ जेनेरेटरहरुमध्ये ४ वटा जेनेरेटर सञ्चालनमा रहेको छ भने एक मर्मत भइरहेको छ । अहिले १२ सय ५० किलोवाट उत्पादन भइरहेको केन्द्रले जनाएको छ । एस अघि जम्मा ७ सय ५० किलोवाट विद्युत हुने गरेको थियो ।

तत्कालिन अवस्थामा चिनबाट भित्राइएका नयाँ उपकरणहरु नेपाली बजारमा नपाईने भएको कारण पनि फर्ेन समस्या हुने गरेको केन्द्रले जनाएको छ । बषौसम्म प्रयोगविहिन अवस्थामा रहेकाले केही उपकरण अहिले पनि काम नलाग्ने अवस्थामा समेत रहेकाकेन्द्रमा प्राविधिक झलक पाइजाले वताए । दरवन्दी अनुसारको कर्मचारी नहुदाँ समस्या भइरहेको केन्द्रका कर्मचारीको भनाई छ । उत्पादन बढेपछि मुस्ताङको कुन्जो र लेतेबाट विद्युत लाइन विस्तारका लागि ग्राहकको निवेदन समेत आएको केन्द्रले जनाएको छ ।

सुरत केसी                                                                                       म्याग्दी चैत्र ६ गते ।

No comments: