Monday, March 26, 2012

अर्सइ यामबहादुर लामिछानेद्धारा आत्महत्या

म्याग्दीमा एक जना प्रहरी सहायक निरिक्षकले गोली हानेर आत्महत्या गरेका छन् । सदरमुकाम बेनीदेखी १५ किमी पश्चिम म्याग्दीको बाबियाचौर प्रहरी चौकीका कार्यरत प्रहरी सहायक निरिक्षक यामबहादुर लामिछानेले शनिवार राती पिस्तोलले छातीमा गोली प्रहारगरी आत्महत्या गरेका हुन ।

स्याङ्जा चिलाउनेबासका ३७ वषिर्य यामबहादुर लामिछानेले आफैले बोकेको पेस्तोलको गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

राती ११ बजे आफैले बोकेको पेस्तोलले छातीमा गोली प्रहार गरेको र उपचारक्रममा राती १ बजे जिल्ल्ाा अस्पतालमा मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरिक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । गोली पड्कीएको आवाज सुनेपछि अन्य प्रहरी र छिमेकीले थाहा पाएका थिए । राती १०.३० बजेसम्म अर्सइ लामिछाने टेलीभिजन हेरेर बसीरहेका थिए ।

अर्सइ लामिछानेले आत्महत्या गर्नु पर्नाको कारण अझै खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ आचार्यले बताउनुभयो ।
सुरत केसी                                                                                    म्याग्दी चैत्र ५ गते ।

No comments: