Monday, March 26, 2012

बेनी-मालढुङ्गा सडक कालोपत्रे शुरु

म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको मालढुङ्गा सम्मको कच्चि सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । भारतिय सरकारको सहयोगमा गत जेठदेखि शुरु भएको कामको सडक चौडा गर्ने, नाली खन्ने, कलभर्ट हाल्ने लगायतका काम पुरा भइ बुधबारदेखि कालोपत्रेको काम शुरु भएको स्थानिय कण्ट्याक्टर नारायण जिसीले जानाकारी दिनुभयो ।

आउँदो बैसाख महिनासम्ममा कालोपत्रेको सम्पर्ुण्ा काम सक्ने गरि काम धमाधम रुपमा अगाडी बढेको भन्दै उहाले पहिलो दिन करिव एक सय मिटर कालोपत्रे गरिएको जानकारी दिनुभयो । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम सम्म जोड्ने उक्त सडकको बैकल्पिक मार्ग नभएका कारण कालोपत्रेको काममा ट्राफिक जामका कारण समस्या भएको छ ।

भारतिय सरकारको सहयोगमा आठ करोड ९४ लाखको लागतमा गबार एमडी जेवि कम्पनीले जिम्मा लिएको काम स्थानीय ठेकेदार नारायण जिसीले जिम्मा लिनुभएको छ । २०५२ सालमा म्याग्दी सदरमुकाम जोड्न खनिएको सडकको यसअघि स्थानीय उपभोक्ता समितिले करिव चार किलोमिटर सडक कालोपत्रे गरिसकेको थियो ।

उपभोक्ता समितिले गरेको कालोपत्रे पनि अधिकांस भाग उक्किसकेको हुनाले मालढुङ्गा सम्म नै कालोपत्रे गर्नुपर्ने भएको जिसीले बताउनुभयो । सदरमुकाम बेनी हुँदै आवश्यक गिट्टी, बालुवा लगायतका सामाग्री ओसार्नुपर्ने र सामान ओसार्दा बिहान ९ देखि १० र साँझ ४ देखि ५ बजेसम्म बेनीमा ट्राफिक समस्या हुँदा कालोपत्रेको काममा समस्या परेको उनले बताउनुभयो ।

त्यसैगरी म्याग्दीको ताकम गाविसमा बिहीबार पहिलोपल्ट बस पुगेको छ । दरवाङ-देवीस्थान हुँदै ताकम गाविसको धारापानीमा पहिलोपटक पुगेको ग १ ख २४९० नम्बरको माईक्रोबसलाई स्थानीयबासीले फुलमालाले स्वागत गरेका थिए ।

माईक्रोबस सँगै चालक छक्रराज थापालाई सम्मान गर्दै गाउँलेले खुसीयाली मनाएका स्थानीय किसानी माविका शिक्षक ओमप्रसाद केसीले जानकारी दिनुभयो । स्थानीयबासी, जिविस, गाविस, संसद विकास कोषको लगानीमा १० किलोमिटर सडक खनेपछि सवारी साधन सञ्चालन हुन थालेको हो ।

दरवाङ देखि देविस्थानको करिब ५०० मिटर पहरामा बाटो खन्ने काम बाँकी रहेकाले म्याग्दी नदी तारेर धारापानीमा गाडी पुर्‍याइएको हो । स्थानीयबासी र सरकारी निकायको गरी करिब ८० लाख रुपैया लगानीमा सडक खनिएको दरवाङ-धारापानी ताकम-मुना ढोरपाटन सडक निर्माण समितिका सचिब दिनेश केसीले बताउनुभयो ।

सुरत केसी                                                                                    म्याग्दी चैत्र ३ गते ।

No comments: