Monday, March 26, 2012

म्याग्दीको औला गाउँका बासिन्दाहरु खरायोपालनमा

म्याग्दीको एक दर्ुगम गाउँका बासिन्दाहरु व्यवसायिक खरायो पालनतर्फआकषिर्त भएका छन् । म्याग्दीको हिस्तान गाविस स्थित औलाका बासिन्दाले व्यवसायिक रुपमा खरायो पाल्न थालेका हुन् ।

भेडाबाख्रा पाल्नुभन्दा सहज र छोटे समयमा धेरै फाईदा लिन सकिने भएका औलाका किसानले खरायोमा लगानी गरेका हुन् । वडा नम्बर ७ र ८ मा रहेका एक सय घरधुरीलेनै खरायोपालन व्यवसायलाई आफ्नो मुख्य व्यवसायका रुपमा अपनाएका छन् । त्यहाँका एउटा घरमा १० देखि २५ वटा सम्म खरायो छन् ।

मासु उपभोगका लागि कुखुरा, बाख्रा, भेडाभन्दा पनि सहज भएको र उत्पादन भएजति गाउँबाटै बिक्री हुने भएकाले औलाका सबै बासिन्दाले खरायो पाल्न थालेको स्थानीय अगुवा कृषक टेकमाया पर्ुजाले बताउनुभयो । उहाँले खरायोपालनबाट सबै परिवारले वाषिर्क २५ ३० हजार आम्दानी गर्दै आएका बताउनुभयो । विगत १२ वर्षेखि यहाँ व्यवसायकि रुपमा खरायो पाल्न थालिएको हो ।

एउटा खरायो प्रत्येक पाँच पाँच महिनामा ब्याउँछा । एकपटकमा पाँचदेखि १२ वटासमम जन्माउने गर्दछ । एउटा खरायो बढीमा पाँच किलोग्रासम्मको हुन्छ । यसको मासु एक किलो बराबर रु. एक सय ५० मा बिक्री भइरहेको छ । स्वास्थ्यको दृष्टिक स्वास्थ्यका दृष्टिले समेत उपयुक्त मानिएको खरायोप्रति अहिले र्सवसाधारण आकषिर्क बन्दै गएका छन् ।

पोखराबाट खरायो किनेर ल्याई १० वर्षेखि पाल्दै आएका स्थानीय यामप्रसाद पर्ुजाले वर्षा ३० हजार सम्म आम्दानी हुने गरेको बताउनुभयो । दर्ुइवटाबाट खर दर्ुइवटा खरायोबाट सुरु गरेका पर्ुजाले कहिलेकाँही २० वटासम्म बनाएको र यतिवेला १२ वटा खरायो रहेको बताउनुभयो ।

स्थानीय स्तरमा पाइने घाँसपात, जौ, कोदो, मकै, फापर जस्ताअन्नबाली दानाको रुपमा दिने गरेका छन् । यहाँ उत्पादित खरायो गाउँघरमै बढी मात्रामा बिक्री हुने गरेको छ भने बेनीबजार, तातोपानी, घारेपानीमा बिक्री हुने गरेको स्थानीयकृषकहरु बताउँछन् । अन्य समयभन्दा चाडवाडको समयमा धेरै र महँगो मूल्यमा बिक्री हुने गर्छ । कृषि सम्बन्धि निकायबाट सोचेजस्तो सहयोग नपाएपनि यहाँका बासिन्दा यहि पेसालाई आधुनिकीकरण गरि ब्यवसायीक बन्ने योजनामा छन् ।

चिसो ठाउँ भएकाले समय समयमा विभिन्न रोग लाग्ने समस्याले सताउने गरेको कृषकको गुनासो छ । पर्यटकीय क्षेत्र एकाले पनि बाहिरबाट आउने आन्तरिक तथा बाहृय पर्यटकले खरायोको मासाु नै मन पराउने गरेका छन् । गाउँघर, पर्यटकीय क्षेत्र र सहरमा समेत खरायोको माग बढी रहेकाले यसलाई आधुनीकीकरण गरि व्यवसायीक बनाउने उनीहरुको योजना छ ।

सुरत केसी                                                                                    म्याग्दी चैत्र १० गते ।

No comments: