Monday, March 26, 2012

म्याग्दीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी

म्याग्दीको सबै गाउँका घर-घरमा शौचालय बनाएर पुरै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको छ ।
म्याग्दीबासीले धमाधम शौचालय निर्माण गरेर आगो र स्थानीय देवीदेवतालाई साक्षी राख्दै आ-आफ्ना घर, टोल, विद्यालय, चोक, बाटो, धारा, पँधेरा र पानीका मुहान फोहोर नगर्ने प्रतिवद्धता जनाउँदै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिरहेका छन् ।
४१ मध्ये ३१ गाउँ गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन भने सदरमुकाम अवस्थित अर्थुङ्गे सहित १० गाविसलाई चैत महिनाभित्रै घोषणा गर्ने लक्ष्य छ । हालसम्म ३१ गाबिसका १६ हजार तीन सय १७ घरहरुमा शौचालय निर्माण भइसकेको जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सल्लाहकार चन्द्रभक्त बिष्टले बताउनुभयो ।
१० गाविसका सात हजार घर मध्य अधिकांशमा शौचालय बनीसकेको र ६ सय घरमा पनि शौचालय बनेपछि म्याग्दीलाईनै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बिष्टले बताउनुभयो । जिविस/पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायतले गाँउ गाउँमा पुगेर स्थानीयको शौचालय जाने आनीबानीमा परिवर्तन गर्न उत्प्रेरीत गरेपछि सदरमुकाम र बजारबासीभन्दा अगाडी गाउँलेले बस्तीलाई खुला दिसामुक्त बनाएका छन् ।
जिविसको अभिलेख अनुसार खुला दिसामुक्त घोषणा गरिएको १६ हजार ३ सय १७ घरधुरीमध्य ११ हजार ४ सय ४० घरमा पक्की र ४ हजार ८ सय ७७ घरमा कच्ची शौचालय निर्माण भएका छन् । त्यसैगरी सदरमुकाम समेत खुल्ला दिसामुक्त उन्मुख १० गाविसका ७ हजार ८ सय ३८ घरमध्ये ६ सय १ घरमा शौचालय छैनन् ।
अहिले जिल्लाको २ दशमलब ४९ प्रतिशत घरमा शौचालय जाने आनीबानी परिवर्तन सम्बन्धि आनीबानी सुधार गनर्ेर्ेेभियान चलाइएको छ । जिविसले पछिल्लो पटक स्थानीयबासीको शौचालय जाने र सरसफाईसम्बन्धी आनीबानी सुधार गर्ने अभियान चलाएको हो । घोरेपानी तातोपानी लगायत पर्यटकीय स्थलमा पर्यटकको आगमनसँगै बि.स २०३०-३५ बाट शौचालय बन्न थालेका थिए । २०४६ सालपछि सरकारी विद्यालयहरुमा शौचालय निर्माणको जागरण सुरु भए पनि ती शौचालय शिक्षक/शिक्षीकाका लागि मात्र सिमित थियो । २०५० सालदेखि विद्यालयहरुमा विद्यार्थीका लागि पनि शौचालय बनाउन थालिएको तथा २०६२ पछि मात्र विद्यालयमा छात्रामैत्री शौचालयको अवधारणा सुरु भएको छ ।

No comments: