Tuesday, March 27, 2012

गुणस्तरिय अध्ययन केन्द्र बन्दै म्याग्दीका पुस्तकालय

म्याग्दीका गाउँगाउँका विद्यालयमा स्थापना भएका पुस्तकालयहरु गुणस्तरिय अध्ययन केन्द्रको रुपमा विकास भइरहेका छन् । विद्यालयमै सुविधासम्पन्न पुस्तकालयको स्थापना भएपछि विद्यार्थीका साथै शिक्षक, अभिभावकको समेत पहुँच पुग्न थालेको छ ।

दर्ुगम क्षेत्रका विद्यार्थीलाई गुणस्तरिय शिक्षाको पहुँचमा पुर्‍याउने अभियानमा लामो समय यता सक्रिय रहेको रुम टु रिड नामक संस्थाको आर्थिक सहयोग र गाजा युवा क्लव बाग्लुङले २००९ देखि म्याग्दीका विभिन्न गाविसमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरीदिएपछि पुस्तकालय बालविकास केन्द्रको रुपमा परिणत हुन थालेका हुन् । प्रावि देखि उच्च माविसम्मका विद्यार्थी, सामान्य लेखपढ् गर्न सक्ने अभिभावकलाई अक्षर चिन्न सक्ने पुस्तकको ब्यवस्था पुस्तकालयमा भएपछि आर्कषण बढ्न थालेको जनआदर्श प्राविकी शिक्षिका मायाँ अर्मजाले बताउनुभयो ।

विद्यालयमा पुस्तकालय स्थापनासंगै दैनिकजसो विद्यार्थीहरु पुस्तकालयमा अध्ययन गर्न आउन थालेपछि अभिभावक तथा समुदायका अन्य ब्यक्तिहरुले समेत चासो देखाउँदै पुस्तकालय ब्यवस्थापनका लागि सहयोग समेत गर्न थालेका छन् । आफ्नो पाठ्यक्रम समेत पढ्न अल्छि गर्ने विद्यार्थीहरु दिनैपिच्छे आएर पढ्न थालेपछि पुस्तकालयको महत्वका बारेमा जानकारी हुन थालेको पुस्तकालय स्थापना भएका विद्यालयका शिक्षकहरुले बताएका छन् ।

पाठ्यक्रममा आधारित पुस्तक, शिक्षक निर्देशिका, नयाँ नयाँ विकास तथा प्रविधिका कुराहरुका बारेमा प्रयेक दिन अध्ययन भइरहेको हुन्छ । दर्ुइ वर्षअघि प्राथमिक तहको विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यालयको शैक्षिक स्तरमा निकै सुधार आएको जनआवाज प्राविका प्रधानअध्यापक टेकबहादुर रामजालीले बताउनुभयो ।

म्याग्दीका ग्रामिण क्षेत्रका प्राय सबै विद्यालयहरुमा विद्यालय पुस्तकालय स्थापना भएपछि स्थानीय विद्यालयहरुमा अध्ययनरत विद्यार्थीका साथै अभिभावकहरुमा समेत पुस्तक पढ्ने बानीमा विकास भएको पाइएको छ । जनआदर्श जस्तै कुहुँ गाविसमै रहेको राष्ट्रिय मावि, सिंगाको धौलागिरिमावि, बिमको किसानी मावि, अर्थुङ्गेको बेनी सामुदायिक मावि, अर्थुङ्गेकै,जामुनाखर्क उच्च मावि लगायतका विद्यालययमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीहरुमा नियमित विद्यालय आउने, पुस्तक पढ्ने तथा शिक्षकहरुमा आफ्नोजिम्मेवारी, गुणस्तर विकास तथा अभिभावकहरुमा समेत अध्ययन गर्ने बानीको विकासगराउन पुस्तकालयले ठुलो योगदान पुर्‍याएको किसानी उच्च मावि विमका पुस्तकालय शिक्षकको भनाई छ ।

जिल्लाका साठी भन्दा बढि विद्यालयहरुमा विद्यालय पुस्तकालय स्थापनाका लागि स्थानीयगाजा युवा क्लवले रुम टु रिड को सहयोगमा आर्थिक, प्राविधिक तथा शैक्षिक सहयोग गर्दै आइरहेको छ, भने केहि विद्यालयमा शिक्षक, विद्यार्थी रअभिभावकहरुको सक्रियतामा पनि पुस्तकालय स्थापना भएका छन् । विद्यालय पुस्तकालय कार्यक्रम अर्न्तर्गत सन २००९ र १०१० मा विद्यालयमा स्थापना गरिएको पुस्तकालयले विद्यालयका साथै अभिभावकलाई समेत घरमै पढ्न मिल्ने पुस्तकहरु राखिएपछि आर्कषण बढ्न थालेको हो ।विद्यालयका कार्यक्रममा समेत आउन हिच्किचाउने अभिभावकहरुमध्ये पछिल्लो समय विद्यालयबाट हरेक महिना ३० देखि ४० जनाले पुस्तक लैजाने गरेका छन् । विद्यालयले पुस्तकालयलाई ब्यवस्थित बनाउन कोषको समेत ब्यवस्था मिलाएको छ ।

रुम टु रिडको सहयोगमा क्लवले जिल्लाका २२ गाविसका ६० विद्यालयमा पुस्तकालय कार्यक्रम सञ्चालनमा रहेको छ । पुस्तकालयमा विद्यार्थी, शिक्षकका साथै अभिभावकका
लाई समेत केन्द्रित गरेर पुस्तकालय स्थापना गरिएको विद्यालय पुस्तकालय कार्यक्रम संयोजक विश्वनाथ आर्चायले बताउनुभयो । जिल्लाबाट निरक्षर उन्मुलन गर्न विद्यालय पुस्तकालयले महत्वपर्ुण्ा भुमिका खेल्न थालेको भन्दै शिक्षा कार्यालयले पनि उक्त कार्यक्रमलाई नियमित सहयोग गर्दै आइरहेको जनाएको छ ।

हरीकृष्ण गोतम                                                   म्याग्दी चैत्र १४ गते ।

No comments: