Monday, March 26, 2012

त्ाातोपानी जलविद्युतको उत्पादन बढ्यो

म्याग्दीको नारच्याङ गाविसमा रहेको तातोपानी जलविद्युत आयोजनाको मर्मतपछि विद्युत उत्पादन वढेको छ । मर्मत भन्दा पनि नयाँ आयोजनालाई प्राथमिकतमा राख्ने गलत नितिका कारण बर्षौसम्म मर्मतविहिन अवस्थामा रहेको केन्द्रको मर्मत भएपछि भने लक्ष्य अनुसार नै विद्युत उत्पादन भएको हो ।
विद्युत प्राधिकरणबाटै कम प्राथमिकतमा परेको केन्द्रका उपकरण मर्मत भएपछि अहिले उत्पादनमा बृद्धि भएको हो । म्याग्दीको उत्तरी क्षेत्र नारच्याङ गाविसको घरापमा विद्युतगृह निर्माण गरि २०४५ सालमा पहिलो चरण र २०५४ सालमा दोश्रो चरणको गरि दर्ुइ मेघावाट क्षमताको विद्युत उत्पादन गरिएकोमा लामो समयपछि विग्रिएका उपकरणहरू मर्मत गरिएको केन्द्रका प्रमुख हर्रि्रसाद रिमालले वताउनुभयो ।

अहिले नियमित उत्पादन भइहेको भएपनि ड्याम क्षेत्रमा केही मर्मतको आवश्यकता रहेकाले टेन्डर गर्ने योजना समेत बनाइएको छ । मिस्ती खोलाबाट झण्डै दर्ुइ किलोमिटर सुरुङ खनेर पानी ल्याइएकामा पछिल्लो समय खोलाको मुहानदेखि विद्युतगृहसम्मका पानी कन्टोलर, र्टभाइन, जेनेरेटर, गेटवल लगायत विद्युतगृहमा रहेका अधिकांस मेसीनरी उपकरणहरु जिर्ण्र्ााएका थिए । अहिले ती सवै मेसिनरी उपकरणहरु मर्मत गरिएको छ ।

म्याग्दीको नारच्याङ, भुरुङ तातोपानी, दानाका साथै मुस्ताङको छुसाङ सम्म विद्युत आपर्ुर्ति गरिरहेको छ भने केन्द्रिय प्रसारण लाईनमा ३३ केवी जडान गरिएको छ । २ मेघावाट क्षमता रहेकोमा आठ जेनेरेटरहरुमध्ये ४ वटा जेनेरेटर सञ्चालनमा रहेको छ भने एक मर्मत भइरहेको छ । अहिले १२ सय ५० किलोवाट उत्पादन भइरहेको केन्द्रले जनाएको छ । एस अघि जम्मा ७ सय ५० किलोवाट विद्युत हुने गरेको थियो ।

तत्कालिन अवस्थामा चिनबाट भित्राइएका नयाँ उपकरणहरु नेपाली बजारमा नपाईने भएको कारण पनि फर्ेन समस्या हुने गरेको केन्द्रले जनाएको छ । बषौसम्म प्रयोगविहिन अवस्थामा रहेकाले केही उपकरण अहिले पनि काम नलाग्ने अवस्थामा समेत रहेकाकेन्द्रमा प्राविधिक झलक पाइजाले वताए । दरवन्दी अनुसारको कर्मचारी नहुदाँ समस्या भइरहेको केन्द्रका कर्मचारीको भनाई छ । उत्पादन बढेपछि मुस्ताङको कुन्जो र लेतेबाट विद्युत लाइन विस्तारका लागि ग्राहकको निवेदन समेत आएको केन्द्रले जनाएको छ ।

सुरत केसी                                                                                       म्याग्दी चैत्र ६ गते ।

बेनी-मालढुङ्गा सडक कालोपत्रे शुरु

म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको मालढुङ्गा सम्मको कच्चि सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । भारतिय सरकारको सहयोगमा गत जेठदेखि शुरु भएको कामको सडक चौडा गर्ने, नाली खन्ने, कलभर्ट हाल्ने लगायतका काम पुरा भइ बुधबारदेखि कालोपत्रेको काम शुरु भएको स्थानिय कण्ट्याक्टर नारायण जिसीले जानाकारी दिनुभयो ।

आउँदो बैसाख महिनासम्ममा कालोपत्रेको सम्पर्ुण्ा काम सक्ने गरि काम धमाधम रुपमा अगाडी बढेको भन्दै उहाले पहिलो दिन करिव एक सय मिटर कालोपत्रे गरिएको जानकारी दिनुभयो । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम सम्म जोड्ने उक्त सडकको बैकल्पिक मार्ग नभएका कारण कालोपत्रेको काममा ट्राफिक जामका कारण समस्या भएको छ ।

भारतिय सरकारको सहयोगमा आठ करोड ९४ लाखको लागतमा गबार एमडी जेवि कम्पनीले जिम्मा लिएको काम स्थानीय ठेकेदार नारायण जिसीले जिम्मा लिनुभएको छ । २०५२ सालमा म्याग्दी सदरमुकाम जोड्न खनिएको सडकको यसअघि स्थानीय उपभोक्ता समितिले करिव चार किलोमिटर सडक कालोपत्रे गरिसकेको थियो ।

उपभोक्ता समितिले गरेको कालोपत्रे पनि अधिकांस भाग उक्किसकेको हुनाले मालढुङ्गा सम्म नै कालोपत्रे गर्नुपर्ने भएको जिसीले बताउनुभयो । सदरमुकाम बेनी हुँदै आवश्यक गिट्टी, बालुवा लगायतका सामाग्री ओसार्नुपर्ने र सामान ओसार्दा बिहान ९ देखि १० र साँझ ४ देखि ५ बजेसम्म बेनीमा ट्राफिक समस्या हुँदा कालोपत्रेको काममा समस्या परेको उनले बताउनुभयो ।

त्यसैगरी म्याग्दीको ताकम गाविसमा बिहीबार पहिलोपल्ट बस पुगेको छ । दरवाङ-देवीस्थान हुँदै ताकम गाविसको धारापानीमा पहिलोपटक पुगेको ग १ ख २४९० नम्बरको माईक्रोबसलाई स्थानीयबासीले फुलमालाले स्वागत गरेका थिए ।

माईक्रोबस सँगै चालक छक्रराज थापालाई सम्मान गर्दै गाउँलेले खुसीयाली मनाएका स्थानीय किसानी माविका शिक्षक ओमप्रसाद केसीले जानकारी दिनुभयो । स्थानीयबासी, जिविस, गाविस, संसद विकास कोषको लगानीमा १० किलोमिटर सडक खनेपछि सवारी साधन सञ्चालन हुन थालेको हो ।

दरवाङ देखि देविस्थानको करिब ५०० मिटर पहरामा बाटो खन्ने काम बाँकी रहेकाले म्याग्दी नदी तारेर धारापानीमा गाडी पुर्‍याइएको हो । स्थानीयबासी र सरकारी निकायको गरी करिब ८० लाख रुपैया लगानीमा सडक खनिएको दरवाङ-धारापानी ताकम-मुना ढोरपाटन सडक निर्माण समितिका सचिब दिनेश केसीले बताउनुभयो ।

सुरत केसी                                                                                    म्याग्दी चैत्र ३ गते ।

अर्सइ यामबहादुर लामिछानेद्धारा आत्महत्या

म्याग्दीमा एक जना प्रहरी सहायक निरिक्षकले गोली हानेर आत्महत्या गरेका छन् । सदरमुकाम बेनीदेखी १५ किमी पश्चिम म्याग्दीको बाबियाचौर प्रहरी चौकीका कार्यरत प्रहरी सहायक निरिक्षक यामबहादुर लामिछानेले शनिवार राती पिस्तोलले छातीमा गोली प्रहारगरी आत्महत्या गरेका हुन ।

स्याङ्जा चिलाउनेबासका ३७ वषिर्य यामबहादुर लामिछानेले आफैले बोकेको पेस्तोलको गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

राती ११ बजे आफैले बोकेको पेस्तोलले छातीमा गोली प्रहार गरेको र उपचारक्रममा राती १ बजे जिल्ल्ाा अस्पतालमा मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरिक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । गोली पड्कीएको आवाज सुनेपछि अन्य प्रहरी र छिमेकीले थाहा पाएका थिए । राती १०.३० बजेसम्म अर्सइ लामिछाने टेलीभिजन हेरेर बसीरहेका थिए ।

अर्सइ लामिछानेले आत्महत्या गर्नु पर्नाको कारण अझै खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ आचार्यले बताउनुभयो ।
सुरत केसी                                                                                    म्याग्दी चैत्र ५ गते ।

बृद्धहरुद्धारा हलोजुवा उद्योग सञ्चालन

म्याग्दीको घतानमा बृद्धहरु मिलेर सामुहीक हलोजुवा उद्योग सञ्चालन गरेका छन् ।

घतान ३ तोरीपानीमा ७३ वषिर्य जितबहादुर बानिया, ७७ वषिर्य चन्द्रबहादुर बानिया, पर्ूण्ाबहादुर खत्री र ५७ वषिर्य धर्मलाल बिकले हलो, जुवा, डाँडो लगायत खेतीबाली लगाउन प्रयोग हुने काठजन्य सामान बनाउने उद्योग सञ्चालन गर्नुभएको हो ।

नयाँ पुस्तामा सिप र रुची नहुँदा पहाडी क्षेत्रको भिरालो जमिन खनजोत गर्ने कामका लागि प्रयोग हुने हलो जुवा नभएपछि खेत बाँझै राख्नुपर्ने अवस्था आएकाले बुढेसकालमा सिपको सदुपयोग गरेर उद्योग सञ्चालन गरेको पर्ूण्ाबहादुर खत्रीले बताउनुभयो ।

हलो, जुवा, मोही, अनौ, डाँडो सामानहरु घतान, पुलाचौर, अर्थु‹े, पाखापानी, झिँ, पात्लेखेत, पिप्ले लगायत गाविसका कृषकले किनेर लैजाने गरेका छन् । एउटा हलोलाई रु.चार सय, डाँडोलाई रु.पाँच सय, जुवालाई रु. दर्ुइ सय र फाली लगायत सबै सेटलाई १४ सयका दरले बेच्ने गरेको चन्द्रबहादुर बानियाले बताउनुभयो ।

जिविकोपार्जनका लागि वन कार्यक्रम मार्फ प्राप्तभएको आकम्मीक कोषबाट १६ हजार रुपैया ऋण दिएपछि सुरु भएको ब्यवसाय अहिले नमुना बनेको घोर्लास सामुदायीक बन उपभोक्ता समितिका सल्लाहकार नरबहादुर बानियाले बताउनुभयो । उहाँका अनुसार व्यवसाय बिस्तारका लागि अन्तरिम बन परियोजनाले सहयोग गरिरहेको छ । स्थानीय घोर्लास र तुसारेपानी सामुदायीक वनमा रहेका पुराना, बाङ्गा र काम नलाग्ने रुख किनेर उनीहरुले कृषि सामान बनाउने गरेका छन् ।

म्याग्दीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी

म्याग्दीको सबै गाउँका घर-घरमा शौचालय बनाएर पुरै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको छ ।
म्याग्दीबासीले धमाधम शौचालय निर्माण गरेर आगो र स्थानीय देवीदेवतालाई साक्षी राख्दै आ-आफ्ना घर, टोल, विद्यालय, चोक, बाटो, धारा, पँधेरा र पानीका मुहान फोहोर नगर्ने प्रतिवद्धता जनाउँदै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिरहेका छन् ।
४१ मध्ये ३१ गाउँ गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन भने सदरमुकाम अवस्थित अर्थुङ्गे सहित १० गाविसलाई चैत महिनाभित्रै घोषणा गर्ने लक्ष्य छ । हालसम्म ३१ गाबिसका १६ हजार तीन सय १७ घरहरुमा शौचालय निर्माण भइसकेको जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सल्लाहकार चन्द्रभक्त बिष्टले बताउनुभयो ।
१० गाविसका सात हजार घर मध्य अधिकांशमा शौचालय बनीसकेको र ६ सय घरमा पनि शौचालय बनेपछि म्याग्दीलाईनै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बिष्टले बताउनुभयो । जिविस/पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायतले गाँउ गाउँमा पुगेर स्थानीयको शौचालय जाने आनीबानीमा परिवर्तन गर्न उत्प्रेरीत गरेपछि सदरमुकाम र बजारबासीभन्दा अगाडी गाउँलेले बस्तीलाई खुला दिसामुक्त बनाएका छन् ।
जिविसको अभिलेख अनुसार खुला दिसामुक्त घोषणा गरिएको १६ हजार ३ सय १७ घरधुरीमध्य ११ हजार ४ सय ४० घरमा पक्की र ४ हजार ८ सय ७७ घरमा कच्ची शौचालय निर्माण भएका छन् । त्यसैगरी सदरमुकाम समेत खुल्ला दिसामुक्त उन्मुख १० गाविसका ७ हजार ८ सय ३८ घरमध्ये ६ सय १ घरमा शौचालय छैनन् ।
अहिले जिल्लाको २ दशमलब ४९ प्रतिशत घरमा शौचालय जाने आनीबानी परिवर्तन सम्बन्धि आनीबानी सुधार गनर्ेर्ेेभियान चलाइएको छ । जिविसले पछिल्लो पटक स्थानीयबासीको शौचालय जाने र सरसफाईसम्बन्धी आनीबानी सुधार गर्ने अभियान चलाएको हो । घोरेपानी तातोपानी लगायत पर्यटकीय स्थलमा पर्यटकको आगमनसँगै बि.स २०३०-३५ बाट शौचालय बन्न थालेका थिए । २०४६ सालपछि सरकारी विद्यालयहरुमा शौचालय निर्माणको जागरण सुरु भए पनि ती शौचालय शिक्षक/शिक्षीकाका लागि मात्र सिमित थियो । २०५० सालदेखि विद्यालयहरुमा विद्यार्थीका लागि पनि शौचालय बनाउन थालिएको तथा २०६२ पछि मात्र विद्यालयमा छात्रामैत्री शौचालयको अवधारणा सुरु भएको छ ।

नयाँ संबिधान नबने त्यसको जिम्मेवारी तीन दलले लिनुपर्ने थापाको भनाई

पर्ुवप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ुयबहादुर थापाले २०६९ जेठ १४ गते नयाँ संबिधान बन्न नसके संघिय गणतन्त्रको भ्रुण हत्या हुने बताउनुभएको छ ।
आईतबार बेनीमा राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टर्ीीयाग्दीको एकताको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निर्धारीत समयमा नयाँ संबिधान जारी हुन नसके त्यसको जिम्मेवारी ठूला तिन दलले लिनुपर्ने बताउनुभयो । शान्ति प्रक्रिया पुरा गरेर संबिधान जारी गर्नुपर्ने बिचार राख्दै थापाले सुगम र सहज तरिकाले संबिधान बन्ने अवस्था नरहेकाले किस्ताबन्दीमा संबिधान आउने बताउनुभयो । थापाले अहिले सरकार परिवर्तन गर्ने कुरा सम्भव नभएकाले समयमै संबिधान जारी गर्न नसके प्रधानमन्त्रीलाई कर्ुर्चीमा बस्ने अधिकार पनि नरहेको बताउनुभयो ।
यसैगरी राप्रपाका अध्यक्ष पशुपती शमरेश राणाले संबिधानको विषयमा छलफलनै हुन नसकेको भन्दै अबको दर्ुइ महिनामा संबिधान बन्ने संम्भावना अत्यन्त कम रहेको बताउनुभयो । जनताले परिवर्तन चाहेकाले राजतन्त्र र्फकन नसक्ने उहाँले बताउनुभएको छ । सामर्थ्यको आधारमा सात वटा प्रान्त सहितको संघियतामा जान सकिने भन्दै अध्यक्ष राणाले सांस्कृतीक पहिचानलाई पनि महत्व दिनुपर्ने बताउनुभयो । संघियताले राष्ट्रिय एकतालाई बलीयो बनाउनुपर्ने र बिभेदको अन्य हुनुपर्ने उहाँको भनाई छ ।
यसैगरी पर्ुवअर्थमन्त्री तथा राजपाका सहअध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार भ्रष्ट भएको आरोप लगाउदै सत्ता टिकाउन भ्रष्ट्राचारलाई बढावा दिन नहुने बताउनुभयो । पश्चिम सेती जलविद्युत आयोजना पश्चिम नेपालको विकासका लागि महत्वपर्ूण्ा भएकाले अवरोध गर्न नहुने लोहनीको भनाई छ । आयोजनाका विषयमा उठेका बिवादलाई अन्त्य गरेर काम सुरु गरेमा सुदुरपश्चिममा विकासले गति लिने लोहनीले बताउनुभयो ।
नेताहरुले अब प्रजातान्त्रीक शक्तिहरुबीचको एकता आवश्यक रहेपनि राप्रपा नेपालले संबैधानीक राजतन्त्र चाहेकाले एकता हुन नसकेको बताउनुभयो । उहाँहरुले 'राजतन्त्र'का कारण राप्रपा नेपालसँग एकिकरण हुन नसकेको बताउँदै छलफल भइरहेको बताउनुभयो । ११ जिल्लामा राप्रपा र राजपाको एकता भइसकेको र यो अभियानलाई त्रि्र पारिने उहाँहरुले बताउनुभयो । उहाँहरुले वर्तमान सरकारले माओवादी नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिएर कानुनी राज्यको उपहास गरेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य जगत गौचन, हेमजंग गुरुङ, जितबहादुर गुरुङ, राष्ट्रिय जनशक्ति पार्टर्ीी केन्द्रिय सदस्यर् इच्छा गुरुङ, लालध्वज लामा, भिमप्रसाद गौचन, नेकपा एमालेका जिल्ला कमिटि सदस्य राजकुमार थापा, जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापा र राप्रपा नेपालका जुद्धविर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्र रावलको अध्यक्षता, सहसचिव बिरबहादुर थापाको सञ्चालन र उपाध्यक्ष जगतनारायण गौचनको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटनपछि बन्द सत्र सुरु भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने अधिवेशन आयोजक समितिका प्रचार संयोजक डम्मरबहादुर सुबेदीले जानकारी दिनुभयो ।

Saturday, December 24, 2011

म्याग्दीकी अनुसा भण्डारी मिस एयर होस्टेज २०११ बन्न सफल

काठमाण्डौ स्थीत सिजन मिडियाले गतवर्षेखि आयोजना गरेको मिस एयरहोस्टेज प्रतियोगितामा म्याग्दीको दर्ुगम ताकम-४ की अनुषा भण्डारी मिस एयर होस्टेज २०११ बन्न सफल भएकी छिन ।

सिजन मिडियाको आयोजनामा गत वर्षेखि सुरु भएको प्रतियोगिता अन्तरगत यस वर्षो मिस एयर होस्टेज २०११ को उपाधिका लागि शनिबार साझं काठमाण्डौको बसुन्धरा स्थीत साहान्सा होटलमा उत्कृष्ट १० बिच सम्पन्न फाइनलबाट भण्डारी बिजेता बन्न सफल भएकी हुन ।

म्याग्दी सदरमुकाम बेनीमा रहेको लोकदिप आवासिय माध्यमिक विद्यालयबाट प्रवेशिका तथा सदरमुकामकै माउण्ट एभरेष्ट आवासिय उच्च माध्यमिक विद्यालयबाट मेनेजमेण्टमा प्लस टु उत्तिर्ण्र्ााण्डारी मुलुकभरिबाट सहभागि युवतीहरुमध्ये २४ जनालाई पछि पादै मिस एयर होस्टेज २०११ बन्न सफल भएकी हुन् ।

बिजेता भन्डारीले मिस एयर होस्टेजको ताज उपाधि सहित रु २५ हजार नगद र एयरहोस्टेज बन्ने अवसरका साथै साउथ वइस्टन स्टेट कलेज बसुन्धरामा एक वर्षो स्नातकमा पुरा छात्रवृत्तीमा पढ्न पाउनुका साथै बिभिन्न गिफ्टहृयाम्पर प्राप्त गरेकी छिन ।
सानैदेखि पढाइमा राम्रोसंग अगाडी बढिरहेकी आफ्नीछोरी यो स्थानसम्म आइपुग्दा आँफुलाई निकै गौरव महसुस भएको अनुसाका बुवा पुस्कल भण्डारीले बताउनुभएको छ । भण्डारीले भन्नुभयो-"म्याग्देलि सबैको सहयोगमा उनले सफलता पाएको र यो मेरो परिवारको मात्रै नभएर सम्पर्ुण्ा म्याग्दी जिल्लाको मात्र नभई धौलागिरि अञ्चलकै पहिचान र गौरव हो" मिस एयर होस्टेज बिजेता अनुषाका बुवा पुस्कल भण्डारी गाउँको स्थानीय एक विद्यालयका प्रअ हुनुहुन्छ् भने आमा अमृता भण्डारी सदरमुकाम बेनीमा बित्तिय संस्था सञ्चालन गरिरहनु भएको छ ।

२०६८ पुष १० गते बिहान ६.३० बजे                                                  सुरज केसी

Monday, October 24, 2011

अत्याधिक खोजिका अभियुक्त बसन्त रोका र्सार्बजनिक


जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार जिल्ला भित्र घटेका बिधिन्न अपराधिक घटनामा सम्लग्न रहेको अभियोगमा र्सबाधिक खोजिको सुचिमा रहेका एक अभियुक्तलाई र्सार्बजनिक गरेको छ ।

अन्य केही जिल्ला सहित म्याग्दीका बिभिन्न डांकाचोरी घटनामा संलग्न भई फरार रहेका दरबाङ्ग गाबिस ५ उपल्लो दुखुका २५ बषिर्य बसन्त भनिने धनिराम रोकालाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी र्सार्बजनिक गरेको हो ।

रोकालाई २०६७ जेठमा ताकममा भएको यार्सर्ााम्बा व्यापारी लुटपाट, २०६७ फागुन ३ गते बाबियाचौर खुम्ल्याहमा भएको डांकाचोरी, २०६८ साउन ६ गते सिङ्गा २ माटेबगर बास्कुनामा भएको डांकाचोरी, र मनाङ्गको ताचै बगर छाप गाबिसका मिङ्गमार बिष्टको घरमा भएको चोरी घटनामा सलंन भएको अभियोगमा पिडितहरुले दिएको उजुरीका आधारमा पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक दिनेश कुमार आचार्यले जानाकारी  दिनुभयो ।

कार्त्तिक २ गते राति सदरमुकाम बेनि नजिकै ज्यामरुकोट हांडेभिरबाट पक्राउ परेका पर्ूव माओवादी लडाकु रोकालाई बाबियाचौर डांकाचोरी घटनाको अनुसन्धानका लागि अदालत पेस गरीएको र बयान पछि ताकममा भएको यार्सर्ााम्बा व्यापारी लुटपाट र सिङ्गा २ माटेबगर बास्कुनाको डांकाचोरी घटनाको अनुसन्धान शुरु गरीने प्रनाउ आचार्यले बताउनुभयो । म्याग्दीमा भएका बिभिन्न डांकाचोरी घटनामा रोकाको सम्लग्नताको अनुसन्धान पछि उनलाई मनाङ्ग पर्ठाईने समेत प्रनाउ आचार्यले जानाकारी दिनुभयो । डांकाचोरी मुद्दाका अभियुक्त रोकालाई म्याग्दी प्रहरीको टप प्रायोरिटीमा राखी लामो समयदेखी खोजि गरीएको र अहिले सफलता मिलेको प्रहरी नायब उपरीक्षक  आचार्यले बताउनुभयो ।

बाबियाचौर गाविस ३ खुम्ल्याहका नरबहादुर गुरुङको घरबाट फागुन ३ गते दर्ुइ लाख ५० हजार रुपैया नगद र १० तोला सुन चोरेको आरोपमा प्रहरीले भकिम्ली गाविस-६ घर भएका माओवादीका जिल्ला सेक्रेटरी लालु किसान, उनका पर्ूव अङ्गरक्षक कुहुं गाविस-५ का कमल किसान, दरवाङ्ग गाविस-५ का बसन्त रोका र नोकबहादुर रोका लगायतका विरुद्ध मुद्धा दर्ता गराएको थियो ।

त्यसैगरी बिम गाविस-७ का नरबहादुर जुग्जाली र कलबहादुर जुग्जाली, बाबियाचौर गाविस-३ का मनबहादुर किसान र दीपेश पुन तथा कुँहुं गाविस-८ का राजु रन्तिजा विरुद्ध डाकाचोरी मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरीएका मध्ये पक्राउ परेका कमल किसानले बसन्तको नेतृत्वमा सुन तथा नगद लुटपाट गरेको बयान दिएका थिए । गुरुङको घरबाट नकाव लगाएका हतियारधारी समूहले १० तोला सुन र दर्ुइ लाख ५० हजार रुपैया नगद लुटपाट गरेका थिए ।

हाल कारागार चलान भएका पर्ुब माओबादी कार्यकर्ता समेत रहेका किसानले प्रहरी समक्ष एकिकृत नेकपा माओबादीका जिल्ला सेक्रेटरी लालु किसानलाई चोरी गरेको नगद र सुन बुझाएको भन्ने बयान दिएका थिए । बयानको आधारमा प्रहरीले  सेक्रेटरी किसान सहित ९ जना बिरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । सेक्रेटरी किसान अदालतको साधारण तारेखमा र कमल किसान, मनबहादुर किसान र दीपेश पुन कारागार चलान भएका छन ।

मोस्ट वाण्टेड रोका सहित ५ जनाको समुहलेे ताकम ८ मच्छिम महभिर मा २०६७ जेठ २९ गते यार्सर्ााम्बा खरिद गर्न जाने क्रममा मुदीका आसमान गुरुङ्गको साथमा रहेको ११ लाख ५० हजार नगद तथा क्यामेरा लुटपाट गरेको र कुटपिट गरी सख्त र्घाईते बनाएको पिडितले उजुरी दिएका थिए ।

त्यसैगरी २०६८ साउन ६ गते सिङ्गा २ माटेबगर बास्कुनाका खड्क बहादुर गुरुङ्ग र हर्क बहादुर गुरुङ्गको घरमा भएको डांकाचोरी पनि रोकाकै नेतृत्वमा भएको र अनुसन्धान शुरु गरीएको प्रहरी नायब उपरीक्षक आचार्यले जानाकारी  दिनुभयो । गुरुङ्ग दाजुभाईको घरबाट हतियार सहितका नकावधारी समूहले ८ तोला सुन र एक लाख ७५ हजार रुपैया नगद लुटपाट गरेका थिए ।

Tuesday, October 18, 2011

ढोरपाटमा सेनाको बिमान दर्ुघटना


नेपालगंजबाट काठमाण्डौका लागि उडेको नेपाली सेनाको बिमान मंगलबार साँझ ७.१५ बजे बाग्लुङ्गमा दर्ुघटना भएको छ ।

चालक दलका दर्ुइ सदस्य सहित चारजना यात्री बोकेर नेपालगंजबाट उडेको आर ए एन ४९ बि एन २ टि नंवरको बिमान बाग्लुङ जिल्लाको बोबाङ-९ ढोरपाटन नजिकै दर्ुघटना भएको छ ।

बिमान दर्ुघटना हुदा बोबाङ नजिकै रहेको घना जंगलमा साँझ निकै ठुलो आवाज आएको र आगलागी समेत भएको दृश्य देखिएको स्थानीय लालकुमारी थापाले बताउनुभयो ।

'म खाना खाएर बाहिर निस्कने बेला निकै ठुलो आवाजमा बत्ति बाल्दै जहाउ उडेर आयो, अनि ढ्वाङ्ग गर्दै खसेको आवाज आयो त्यहाँ हर्ेदा त आगो बलिरहेको देखियो' थापाले भन्नुभयो ।

दर्ुघटना बोबाङ गाविसको बस्तीदेखि करिव तिन घण्टाको पैदल दुरीमा रहेको चोदुँको धुरी भन्ने स्थानमा रहेको र रातीको समय भएकोले स्पस्ट जानकारी आउन समस्या परिरहेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी ख्याम बहादुर थापाले जानाकारी दिनुभयो ।

बिमानमा चालक दलका दर्ुइ सदस्यहरु क्याप्टेन दिवाकर कार्की र बिसालशिंह राठौर तथा  यात्रीहरुमा केशव ऐरी, रामहरी ऐरी, मिलन गोतामे र डा. बबिता पाठक रहेको बताइएको छ ।

२०६८ कात्तिक १ गते राति १० बजे                                                          सुरज केसी

Sunday, September 18, 2011

म्याग्दीको बाबियाचौरमा बस दर्ुघटना, १३ यात्रुको मृत्यु ७ जना र्घाईते,


म्याग्दीको बाबियाचौरमा आईतबार दिउँसो बस दर्ुघटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ७ जना र्घाईते भएका छन ।

बाबियाचौर ५ लाम्पाटादेखि दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्बरको बस बाबियाचौर ८ रणबाङ स्थित खहरेखोलाको उकालोमा दर्ुघटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक महेन्द्र बि.कका अनुसार घटनास्थलमै मृत्यु हुनेमा ताकम ४ निवासी जगन्नाथ प्राबि हिलापोखरीका प्रअ मुकुन्द सुवेदी, ओखरबोट गाविस चिउरीबोटका काले दमाई, गाडीका सहयोगी पुलाचौरका रुपेश नेपाली, बरङ्जाका पर्ूण्ाबहादुर छन्त्याल र र्सर्ुयमान छन्त्याल, मुना स्थित धनपाण्डे माविका शिक्षक तुलबहादुर पुन -दिपेश), सिङ्गा तातोपानीकी तारा खत्री -सारदा) र उनका ६ महिनाका छोरा, रुमका टिका रर्साईली र उनका २ वर्षा छोरा प्रभात रर्साईली तथा मुना ८ केचुङ्गका लिल बहादुर र्घर्ति रहेका छन् ।

यसैगरी बाबियौर ८ रणबाङका अशोक भण्डारी र उनकी बहीनी बेल्डिया १ नवलपरासीकी तारा केसीको जिल्ला अस्पताल म्याग्दीमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ । दिउँसो ३ बजे जिल्ला अस्पतालमा ल्याई पुर्‍याईएको उनीहरुलाई डाक्टरले मृत्ा घोषणा गरेका थिए ।

बाबियाचौरका देव्रि्रसाद शर्मा, देविस्थानका खरबहादुर फगामी, बिमका भिमनाथ न्यौपाने, रुमका रितबहादुर खाती, इटहरीका लक्ष्मण लामिछाने, म्याग्दी सिङ्गाका दिपक पौडेल र अर्मनकी सुस्मा फगामी र्घाईते भएकी छन् । देव्रि्रसाद शर्मा, रितबहादुर खाती, लक्ष्मण लामिछाने र दिपक पौडेललाई जिल्ला अस्पताल बेनीमा सामान्य उपचार गरि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । ३ जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

दिउँसो पौने एक बजे दर्ुघटना भएको थियो । बस उकालो र साँघुरो सडकबाट करिब १ सय मिटर खसेको घटनास्थल पुगेका म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो । प्रहरी, यातायात व्यवसायी, रेडक्रसकर्मीे र स्थानीयबासीले मृतक तथा र्घाईतेको उद्धार गरेका थिए ।

गाडी मालीक समेत रहेका चालक रंगीला भनिने पुलाचौरका टेकबहादुर सुनार प्रहरी नियन्त्रणमा रहेका छन् । बसमा चालक सहित २२ जना सवार थिए । १ जना यात्रु रुमकी कमला बिक भने सकुसल रहेकी छन् । बेनी दरवाङ सडक खण्ड अन्तरगत पर्ने डम्मरामा २ वर्षघि भएको दर्ुघटनामा ७ जनाको मृत्यु भएको थियो । १ वर्षता म्याग्दीमा भएको सडक दर्ुघटनामा करिब ४० जनाको मृत्यु भएको छ । म्याग्दीमा कच्ची सडकको विस्तारसँगै दर्ुघटना बढेकोे छ ।

२०६८ असोज १ गते बेलुका ७ बजे                                                            सन्तोष, सुरज