Monday, June 07, 2010

नेतृत्व विकास र माहुरीपालन तालीम

म्याग्दी उद्योग वाणिज्य संघको साझेदारी कार्यक्रम अर्न्तगत पोखरा उद्योग वाणिज्य संघ र एच डब्लु के माईन्ज जर्मनीको सहयोगमा सोमबारदेखि बेनीमा नेतृत्व विकास तालिम सञ्चालन भएको छ ।

२ दिन सम्म सञ्चालन हुने तालीमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख आतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा धौलागिरि अञ्चल संयोजक प्रमोदकुमार श्रेष्ठले तालीमले आफू संग भएको क्षमताको विकास गरि सिप र ज्ञान प्रस्फुटन गराउन सहयोग गर्ने बताउनुभयो ।

संघका कार्यसमिति र महिला उद्यम विकास समितिका पदाधीकारी सहभागी तालीमको विकल शेरचनले सहजिकरण गर्नुभएको छ । संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााको सभापतित्व र महासचिव जिवनकुमार विश्वकर्माले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा प्रथम उपाध्यक्ष बिजयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी स्थानीय शान्ति समितिको कार्यालय, म्याग्दीले द्धन्दपिडीतहरूका लागि एक हप्ते व्यवसायीक माहुरीपालन सम्बन्धि तालीम सञ्चालन गरेको छ ।

आगामी शनिबार सम्म बेनीमा सञ्चालन हुने तालीममा २१ जना द्धन्दपीडितहरू सहभागि छन् । द्धन्दपीडितहरूको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको हो ।

तालीमको जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत महेशचन्द्र आचार्य, बागबाली विकास अधिकृत वेदप्रकाश पौडेल, बालीसंरक्षण अधिकृत गोविन्द बराकोटी लगायतका प्रशिक्षकहरूले सहजिकरण गर्नुभएको छ ।

No comments: