Monday, June 07, 2010

कृषक पाठशाला सञ्चालनमा

राष्ट्रिय आइपिएम कार्यक्रम अर्न्तर्गत आर्थिक वर्ष२०६६/०६७ मा म्याग्दी जिल्लाका अर्मन, सिङ्गा र अर्थुङ्गे गाविसका विभिन्न तीन स्थानमा कृषि पाठशाला सञ्चालन गरिएको छ ।

कृषकले लगाउने विभिन्न बालीनालीमा शत्रुजीवबाट हुने ठूलो नोक्सानीलाई कम गरी दिगो रूपमा कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने राष्ट्रिय लक्ष्यअनुरूप उक्त पाठशाला सञ्चालन गरिएको हो ।

पाठशालामा कृषकले अनुभव साटासाट गरि नँया तरिकाले व्यवस्थित खेती गर्ने अभ्यास गरेका थिए । कृषकहरूका बिच खेतीबालीमा लाग्ने रोगकिराको समस्या, नियन्त्रणका उपाए र जैवीक विषादीको प्रयोग गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

र् अर्मनमा कृषी प्राविधीक सहितको सहभागितामा काँक्रो खेती गरेर पाठशाला सञ्चालन गरिएको थियो । त्यसैगरी कृषकहरूको मात्र सहभागितामा सिङ्गा सर्ुर्केमेलामा बन्दा र अर्थुङ्गेमा फर्सर्ीीेती गरेर पाठशाला सञ्चालन गरिएको जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत महेशचन्द्र आचार्यले जानकारी दिनुभयो ।

 जैविक कृषि उत्पादन र उत्पादन लागत घटाउन आइपिएम कृषक पाठशालाले धेरै ज्ञान दिएको प्रतिक्रिया कृषकले दिएका छन् । बाली संरक्षण कार्यक्रमको अहँम भूमिकालाई ध्यानमा राखी दर्ीघकालीन कृषि योजनाले एकीकृत शत्रुजीव व्यवस्थापनलाई मुख्य केन्द्र बिन्दुमा राखेको जिल्ला कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार थप एक ठाउँमा पनि पाठशाला सञ्चालन गर्ने तयारी भएको छ ।

No comments: