Thursday, June 10, 2010

दृष्टिवीहिन कक्षा सञ्चालन गर्न पर्ुवाधारको समस्या

म्याग्दीको राखु पिप्ले गाविस स्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिवीहिन कक्षामा पर्ुवाधार कमि हुदा पठनपाठनमा समस्या भएको छ ।

दृष्टिवीहिन विद्यार्थीहरूका लागि कक्षा कोठा, शैक्षिक सामाग्री र आवासको समस्या भएको शिक्षक गणेश सुवेदीले बताउनुभयो ।

२०६५ सालमा स्थापना भएको प्रावि तहको सो कक्षामा ६ जना छात्रछात्रा अध्ययनरत छन् । विभिन्न संघ संस्थाको सहयोगमा दृष्टिबिहीन कक्षा सञ्चालन भइरहेको भएपनि नियमित र दिर्घकालीन स्रोतको अभावमा पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।

यसैक्रममा जिल्ला शिक्षा कार्यालयको ५ लाख ५० हजार रुपैया आर्थिक सहयोगमा दृष्टिवीहिन कक्षाका लागि भवन निर्माण सुरु गर्ने भएको छ । जिल्लाकै एकमात्र सो कक्षा सञ्चालनका लागि सहयोग बढाउन पहल गरिरहेको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिनुभयो ।

No comments: