Friday, June 11, 2010

बिजुलीको विकल्पमा सौर्य ऊर्जा

वषौर्ंसम्म बिजुली बाल्ने धोको पूरा नभएपछि म्याग्दीको दग्नामका बासिन्दा सौर्य उर्जा तर्फआकषिर्त भएका छन् ।

पटक पटक प्रयास गर्दा पनि छिट्टै बिजुली बल्ने आशा मर्दै गएपछि त्यहाँका बासिन्दा अहिले सौर्य ऊर्जातर्फअकषिर्त भएका हुन् ।

स्थानीय सुमित्रा रोकाले गाउँमा बिजुली बल्ने आशा नदेखेर आफूले सौर्य ऊर्जा जडान गरेको बताउनुभयो ।

सोलार सेट जडान गरेपछि अहिले उहाँको घरमा उज्यालो त भएको छ नै मोबाइल चार्ज गर्न र रेडीयो सुन्न समेत सुविधा पुगेको छ । सोलारबाट २ देखि ७ वटा सम्म बत्ती बाल्न सकिने स्थानीयबासीले बताएका छन् ।

दग्नामका डेडसय मध्ये अधिकांश घरमा सोलार जडान भएको छ । एकपटक खरिद गरेपछि वषार्ंर्ैैम ढुक्क हुन पाइने र पटकपटक महसुल बुझाउने झन्झट नहुने भएका कारण सौर्य ऊर्जातर्फआफूहरूको आकर्षा बढेको ग्रामीण क्षेत्रका बासिन्दाको भनाइ छ ।

No comments: