Thursday, June 10, 2010

११ महिनाका बालक मृत फेला

म्याग्दीको पात्लेखेत ९ का एक जना ११ महिने बालक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार कमल पर्ुजा र नुनमाया पर्ुजाका ११ महिने छोरा समिर मृत भेटीएका हुन् ।

    गत २० गतेदेखि असामान्य मानविय व्यवहार देखाउँदै आएकी नुनमायालाई मंगलबार बेलुकी झाँक्रीकहाँ उपचारका लागि लगेर घर र्फकने क्रममा समिर हराएका थिए ।

    समिरको कहाँ र कसरि मृत्यु भएको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । देवी चढेको भन्दै काम्ने गरेपछि झारफुक गर्न श्रीमान र छोरासंगै झाँत्रीकहाँ गएकी नुनमायाले झाँत्रीलाई समेत आक्रमण गरेकी थिईन् ।

    मंगलबार रातीदेखि हराएका समिरको मृत्युको कारण नखुलेको प्रहरी नायव उपरिक्षक लोकेन्द्र मल्लले जानकारी दिनुभयो । मृतकको शव पोष्ट मार्टमका लागि बेनी स्थित जिल्ला अस्पतालमा ल्याइएको छ । 
    अनुसन्धानका लागि मृतकका बुवा कमल र आमा नुनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments: