Monday, June 07, 2010

बुहारीद्धारा सासुको हत्या

म्याग्दीको ताकममा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् ।
इलाका प्रहरी कार्यालय, दरबाङका अनुसार ताकम ३ किमखर्क की ४५ वषिर्या पुप्पलता वि.कको आफ्नै बुहारी प्रनीताले हत्या गरेकी हुन् ।

हत्याको अभियोगमा बुधबार पक्राउ परेकी प्रनीताले प्रहरीसंगको बयानमा घरायसी विषयमा उत्पन्न बिवादका विषयलाई लिएर चिर्पट प्रहार गरि हत्या गरेको स्वीकार गरेकी छन् ।

घरायसी झगडापछि वेपत्ता भएकी पुप्पलताको खोजी गरिदिन श्रीमान बलबहादुर बि.कले मंगलबार ताकम प्रहरी चौकीमा उजुरी दिएका थिए । पुप्पलताको शव २ दिनपछि बुधबार बिहान घरनजिकै बारीको कान्लामा भेटीएको थियो ।

मृत फेला परेकी बिकको टाउकोमा चोट लागेको दाग छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक लोकेन्द्र मल्लले जानकारी दिनुभयो ।

No comments: