Friday, June 11, 2010

पतञ्जली योग सम्पन्न

सदरमुकाम बेनीबजारमा जिल्लामै पहिलोपटक सञ्चालित साप्ताहीक योग शिवीर सम्पन्न भएको छ ।

पतञ्जली योग समिति म्याग्दीको मूल आयोजनामा बेनीको खुला मञ्चमा प्रत्येक बिहान ५ देखि ७ बजेसम्म सञ्चालन भएको शिविरमा दैनिक ३ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

जिल्ला विकास समिति, म्याग्दी उद्योग वाणिज्य संघ, अर्थुङ्गे गाविस, म्याग्दी जेसीज र लायन्स क्लब अफ म्याग्दी सहआयोजक रहेको निशुल्क शिविरमा योग प्रशिक्षक डा.चन्द्रमणी, धौलागिरी अञ्चल प्रभारी तिर्थप्रसाद शर्मा र कलाकार हिरालाल कँडेलले प्रशिक्षण दिनुभएको थियो ।

No comments: