Monday, June 07, 2010

मावि नहुँदा विद्यार्थी शिक्षा लिनबाट बञ्चित

सींगो गाबिसमै मावि नहुँदा म्याग्दीको दग्नामका निमावि तह उतिर्ण्र्ाारेका विद्यार्थी मावि तहको शिक्षा हाँसील गर्नका लागि निकै संर्घष्ा गर्न बाध्य छन् ।

स्थानीय विद्यालयहरुमा प्रावि र निमावि तहको अध्ययन पुरा गरेका अधिकांश विद्यार्थीहरूले शिक्षालाई निरन्तरता दिन सकेका छैनन् । मावि तहको अध्ययनका लागि दैनिक ३ देखि ४ घण्टा पैदलयात्रा गरेर छिमेकी चिमखोला र राखु पिप्ले जानुपर्ने बाध्यता रहेको स्थानीय युवा विन्दा पुनले बताउनुभयो ।

सोही कारण अधिकांश विद्यार्थी शिक्षा हाँसील गर्नबाट बञ्चित बनेका जनता निमावी दग्नामका प्रअ यज्ञदत्त आचार्यको भनाई छ । दग्नाम गाविसमा जनता निमावी र शिव प्रावि गरि २ वटा मात्र विद्यालय छन् ।

प्रअ आचार्यका अनुसार गरिवी र परीवारीक समस्याका कारण विद्यार्थीले छिमेकी गाविसको विद्यालयमा गएर अध्ययन गर्न निकै संर्घष्ा गर्नुपरेको हो । गत हप्ता गाविसमा पुगेका जिल्ला शिक्षा अधिकारी सहित स्थानीय निकायका पदाधीकारीसंग स्थानीयबासीले मावि खोल्नका लागि सहयोग गरिदिन अनुरोध गरेका थिए ।

स्थानीयबासीसंग छलफल गर्दै जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले प्रक्रिया मिलाएर मावि स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

No comments: