Friday, June 11, 2010

खानेपानीको मुहान सुक्यो

बेनीमा खानेपानी ल्याईने भकिम्लीको दूधे खोला मुहान सुकेको छ । बेनी खानेपानी उपभोक्ता संस्थाले पानीको मुहान सुकेपछि सदरमुकाममा खानेपानी को आपर्ुर्ती घटेको छ ।

मुहान सुकेपछि बेनीमा पालो लगाएर खानेपानी वितरण गर्न सुरु गरिएको छ । संस्थाको बिहीबार बसेको बैठकले बिहान ५ बजेदेखि दिउँसोको १२ बजेसम्म न्युरोड र मंगलाघाट पानी वितरण गर्ने निर्ण्र्ाागरेको छ ।

त्यस्तै गरी दिउँसो १२ बजेदेखि बेलुकी ७ बजेसम्म शान्तिटोल हुँदै गणेशटोल र बैङ्करोड क्षेत्रमा पानी वितरण गरिने संस्थाले जनाएको छ ।

बेनीका ७ सय १२ घरपरिवार प्रतिसेकेण्ड १३ लिटर खानेपानी आवश्यक पर्छ । दूधे खोला मुहान सुकेपछि प्रतिसेकेण्ड ३ लिटर खानेपानी आपर्ुर्ती घटेको छ । संस्थाले २०६१ सालदेखि राम्चेको पुम्दी खोला र भकिम्लीको दूधेखोलाबाट पानी ल्याएर बेनीमा वितरण गर्दै आएको छ ।

No comments: