Thursday, June 10, 2010

संरक्षणको अभावमा बहुमूल्य ऐतिहासिक सामग्री नष्ट हुने अवस्थामा

उपल्लो मुस्ताङको लोमान्थाङस्थित छ्योदे गुम्बामा राखिएका बहुमूल्य सामान संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।

स्थानीय गुरुङ र बिष्ट जातिका जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने सामग्री गुम्बामा राखिएका छन् । सुन र चाँदीको लेपनबाट लेखिएका बौद्ध धार्मिक ग्रन्थहरू पनि यहाँ रहेका छन् ।
बहुमूल्य सामग्री व्यवस्थापन र संरक्षण गर्न नसकिँदा नष्ट हुने अवस्थामा पुगेेको स्थानीय बासिन्दा ढुक्के बिष्टले बताउनुभयो । स्थानीय जनजीवन झल्काउने कपडा, भाँडावर्तन, दैनिक जीवनमा प्रयोग हुने घरेलु औजार र सयाँै वर्षपुराना लिपि यहाँ रहेका छन् ।

धातुका सामग्री खिया लागेर नष्ट हुने अवस्थामा छन् । कपडा, कागज, ऊनी तथा अन्य पदार्थवाट बनेका सामग्री पनि च्यातिन थालेका छन् । यसलाई व्यवस्थित गरी सङ्ग्रहालयका रूपमा विकास गर्न स्थानीयवासीले माग गरेका छन् ।

No comments: