Friday, June 11, 2010

भु-क्षय रोक्न अब्रिसोखेती

भु-क्षय रोक्न बराहपाखो सामुदायीक बन उपभोक्ता समुहले बेनी-अर्थुङ्गे कच्चि सडकको वरपर अब्रिसोखेती गरेको छ ।

सडक वरपर हुने भु-क्षय नियन्त्रण गर्न बेनी देखि ठूलोपिपल सम्म अब्रिसोका बिरुवा लगाईएको समुहका अध्यक्ष दलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार सडक वरपर हालै एक हजार वटा नयाँ अब्रिसोका बिरुवा लगाईएको हो ।

यसअघि पनि सडकको छेउछाउका ठाउँमा लगाईएको अब्रिसो भु-क्षय रोक्न प्रभावकारी बनेकाले नयाँ बिरुवा लगाईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बराहपाखोको अलावा जिल्लाको दरबाङ, घतान, ताकम लगायत गाविसमा रहेका सामुदायीक बनले पनि पहिरो र भु-क्षय नियन्त्रण गर्न अब्रिसो खेती गरेका छन् ।

अब्रिसोको जराले माटोलाई बलियो बनाई राख्ने र बग्न नदिने भएकाले भु-क्षय र पहिरो रोक्न यसको खेती प्रभावकारी बनेको बताइएको छ ।

भु-क्षय र बाढीपहिरो नियन्त्रण गर्न सघाउ पुग्नुका साथै अब्रिसोखेती सामुदायीक बनका लागि आयस्रोतको माध्यम पनि बनेको छ ।

No comments: