Monday, June 07, 2010

सरकारी उदाशिनताले सहयोग सामान सिमा क्षेत्रमै अलपत्र

चिन सरकारले उपलब्ध गराएको दैनिक उपभोग्य सामान सरकारी उदासिनताका कारण मुस्ताङ र तिब्बतको सिमा क्षेत्रमा १ महिना भन्दा लामो समयदेखि अलपत्र परेको छ ।

चिनिया सरकारले हस्तान्तरण गरिसकेको ३० लाख रुपैया मूल्य बराबरका दैनिक उपभोग्य सामान स्थानीय विकास मन्त्रालयले नबुझ्न कडा निर्देशन दिएपछि सिमा क्षेत्रमै अलपत्र परेको हो ।

चामल, नुन, दाल, चिनी लगायत सामान अलपत्र परेका हुन् । चिनले मुस्ताङ, डोल्पा, रसुवा लगायतका नेपालका १० वटा हिमाली जिल्लाका र्सवसाधारणका लागि दैनिक उपभोग्य सामान उपलब्ध गराएको थियो ।

गृह मन्त्रालयसंग भएको सम्झौता अनुसार बैशाख १६ गते सिमा क्षेत्रमा पर्ने कोरला नाका भएर सामान बझु्न मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा रहेको टोली तिब्बतको ढोङ्वासेन पुगेको थियो ।

गाडीमा सामान लोड गरेर नेपाल ल्याउने तयारी भैरहेका समयमा स्थानीय विकास मन्त्रालयका सचिव श्याम प्रसाद मैनालीले सामान नबुझ्न निर्देशन दिएपछि टोली रित्तोहात फर्किएको थियो । विना कारण सहयोग रोकीँदा न्युन मात्रामा खाद्यान्न उत्पादन हुने मुस्ताङ जिल्लाका र्सवसाधारण समस्यामा परेका संविधानसभाका सभासद् बिरेन्द्र जुहारचनले बताउनुभयो ।

सभासद् जुहारचनका अनुसार १ महिना देखि सहयोग सामान सिमा क्षेत्रमा अलपत्र छन् । छिमेकी देशले गरिब जनतालाई उपलब्ध गराएको दैनिक उपभोग्य सामान सिमामै रोकीँदा र्सवसाधारण मर्कामा परेका छोसेरका शखलाल गरुङले बताउनुभयो ।

चिनिले सहयोग गरेको खाद्यान्न पाउने आशामा बसेका मुस्ताङका बासिन्दाहरू निराश बनेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय तहबाट सामान आयात गर्ने पहल भएपनि माथिल्लो निकायबाट सामान आयात गर्ने विषयमा कुनै निर्देशन आएको छैन् ।

No comments: