Friday, June 11, 2010

पिपिआर खोप अभियान मुस्ताङ

जिल्ला पशु सेवा कार्यालय, मुस्ताङले भेडा तथा च्याङ्गामा लाग्ने पिपिआर रोग विरुद्ध खोप अभियान सञ्चालन गरेको छ ।

भेडा च्याङ्ग्रामा पिपिआर रोग लाग्न नदिनका लागि भ्यासीन खुवाउने अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख गुरुप्रसाद खकुरेलले जानकारी दिनुभयो ।

यसैहप्तादेखि मार्फा, टुकुचे, जोमसोम, कागबेनी, झोङ, मुक्तिनाथ लगायत ठाउँका गोठमा पिपिआर रोग बिरुद्ध भेडाच्याङ्गा को परिक्षण गर्ने र उपचार गर्ने सुरु गरिएको हो ।

अभियानका क्रममा १० हजार भन्दा बढी भेडाच्याङ्ग्राको उपचार गरिने कार्यालयले जनाएको छ । कार्यालयले एक महिनासम्म जिल्लाका सबै गाविसमा उपचार अभियान सञ्चालन गर्ने जनाएको छ ।

यसैगरि कार्यालयले अभियानकै क्रममा लुतो, जुम्रा, उपिया लगायत किराबाट बचाउन भेडाच्याङ्गाको उपचार पनि गरिरहेको जनाएको छ ।

No comments: