Saturday, June 11, 2011

भ्ा्रष्टाचार न्युनीकरण गर्न माग


राजनितीक अस्थीरताको कारणले देशमा भ्रष्टाचार मौलाएको म्याग्दीको सदरमुकाम वेनीमा आयोजना गरेको एक कार्यक्रमका सहभागीले बताएका छन ।

ट्रान्स्परेन्सर्ीर् इन्टरनेसनल नेपालको आयोजना तथा पत्रकार माहासंघ म्याग्दीको समन्वयमा शनिबार भएको कार्यक्रममा वोल्ने वक्ताहरुलेसरकारी कायालय तथा कर्मचारीबाट वढि भ्रष्टचारजन्य गतिविधी हुने गरेको र प्रत्येक्ष मारमा गरीव र विपन्न वर्ग परेको बताएका थिए ।

कार्यक्रममा ट्रान्स्परेन्सर्ीर् इन्टरनेसनल केन्द्रीय उपाध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासघंका पर्ुब अध्यक्ष आनन्दराज मुल्मी, सुशासनका लागी नागरीक समाज पेाखराका अध्यक्ष चन्द्रकृष्ण कर्माचाय, उपाध्यक्ष पुन्य पौडेल, सचिव श्याम कुवँर सह सचिब तारादेबि शर्मा, कोषाध्यक्ष रबिन्द्र प्रसाद मैनालि सदश्य लेख वहादुर गुरुङ, प्राध्यापक डाक्टर बेदनाथ शर्मा, दर्ुगा न्यौपाने, लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुङ्वाङले भष्टाचार जन्य गतिविधी विभिन्न निकाएमा हुने गरेको भएपनी संचार माध्ययमले उचित प्राथामीकता दिएर प्रकाशन - प्रसारण नगर्ने गरेको गुनासो गर्नुभयो ।

त्यस्तै एकीकृत माओवादीका विराज केसी, नेपाली काँग्रेस म्याग्दीका सभापती रेशम वहादुर वानीयाँ, एमालेका अध्यक्ष हरीकृष्ण श्रेष्ठ, नेकपा एकीकृतका जिल्लार् इन्चार्ज शिव श्रेष्ठ लगायतले भष्टाचार नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा पत्रकार माहासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी, पर्व अध्यक्ष घनश्याम खड्का, उपाध्यक्ष अगन्धर तिवारी, रुप्से साप्ताहिकका सम्पादक गोरखनाथ सुवेदी लगायत पत्रकारले तथ्यलाई आधार बनाएर मात्र समाचार सम्पे्रसण गर्नु पर्नेहुदा कतिपय भष्टाचारका घटनाहरु प्रकाशन - प्रसारण गर्न नसकिएको बताउनु भएको थियो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणीज्य माहासंघका प्रथम उपाध्यक्ष विजयकुमार श्रेष्ठ म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक गोरख जिस्ाी, श्रीधर सुवेदी, लगायतले समेत भष्टचार न्युनीकरण गर्नमा सवै लाग्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष सुरत केसीको अध्यक्षतामा सुशासनका लागी नागरीक समाज पेाखराका अध्यक्ष चन्द्रकृष्ण कर्माचायको स्वागत मन्तव्य र पत्रकार माहासंघ म्याग्दी शाखाका सचिव हरीकृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०६८ जेठ २१ गते                                                                      सुरत केसी/हरिकृष्ण गौतम

दरबारको इतिहास मेटाउने प्रयास भयो



मुस्ताङका २५ औ पर्ुव राजा झिग्मी पलवर विष्टले लोमान्थाङ दरवारलाई तिन भागमा विभाजन गर्ने सर्वोच्च अदालतको आदेश दिएपनि जिबनको अन्तिम अवस्थासम्म पनि दरवारको एतिहासिक महत्वलाई विभक्त हुन नदिने बताउनुभएको छ ।

गणतन्त्रको स्थापना संगै नेपाल सरकारले राजारजौटा सम्बन्धी ऐन खारेज गरेपछि नागरिक सरह जिवन विताइरहेका ८२ बषिर्य पर्ुव राजा विष्टले मुस्ताङको पहिचान संग जोडिएको दरवारको संरक्षण गनुपर्नेमा भागबन्डा गरेर अस्तित्व नै संकटमा पार्ने प्रयास भएकोमा निकै दुखित भएको बताउनुभएको छ ।

उहाँले २०१७ सालमै जेठा दाजु आङ्गुन विष्टले आफुँले पाउने सवै अशं लिइसकेको भएपनि पुन भाउजु डिकी डोलकर विष्टले अंशवण्डाका लागि सर्वोच्चमा रिट हालेको दावी समेत गर्नुभएको छ ।

२०५७ सालमा पुनरावेदन अदालत बाग्लुङले दरवार ऐतिहासिक महत्वको बिषय भएकाले भागबण्डा गर्न नहुने भन्दै फैसला गरेको भएपनि राजकीय अधिकारबाट बाहिर भएपछि फैसला बदलिएको उहाँको दावी छ । पर्ुव राजा विष्टकी भाउजु डिकीको निधन संगै सो मुद्धा उनकी छोरी लावाङ विष्टले काका को विरुद्ध लडिरहेकी थिईन् ।

मुद्धा फैसला भएको एक बर्षवितिसक्दा समेत कार्यान्यन नभएको भन्दै लावाङले पुन अदालतको ध्यानकर्षा गराएको जिल्ला अदालत मुस्ताङले जनाएको छ । अहिले अदालत समेत अन्यौलमा परेको छ । स्थानियबासिन्दाहरले पनि दरवारको इतिहास मेटाउने प्रयास भएको भन्दै कुनैपनि हालतमा दरवारको अंशबन्डा गर्न नदिने प्रतिक्रिया दिएका छन् ।

२०६८ जेठ २६ गते                                                                   हरिकृष्ण गौतम/मुस्ताङ्ग

देविस्थानमा घुम्ती शिवीर सम्पन्न


म्याग्दीको देविस्थान गाविसमा जिल्ला स्थित सरकारी कार्यालयले संचालन गरेको घुम्ती सेवा शिवीर ४ सय ३७ जनालाई नागरीकता बितरण गदै जेठ २७ गते शुक्रबार सम्पन्न भएको छ । शिवीरबाट सदरमुकाम पुगी सरकारी सेवा लिन नसक्ने अवस्थामा रहेका गाउँलेहरु लाभान्वित भएका छन्

 जिल्ला प्रशासन कार्यालयको अगुवाईमा शिवीर सञ्चालन भएपछि दर्ुगम गाउँका बासिन्दाले घरआगनमै नागरीकता, अपाङ्गता परिचयपत्र, जग्गा नामसारी, सट्टापट्टा, बकसपत्र, अंशबन्दा र नापी सम्बन्धि सेवा पाएका  छन् ।

 शिवीरमा मालपोत कार्यालय मार्फ ३ सय १३ जनाको जग्गा नामसारी, राजिनामा, सट्टापट्टा, बकसपत्र, अंशबण्डा लगाएतका काम सम्पन्न भएको छ भने नापि कार्यालय मार्फ २ सय १ जनाको कित्ताकाट गरिएको जिल्ल्ाा अनुसन्धान अधिकृत तथा घुम्ती सेवा शिवीरका सुचना प्रमुख  शिव कार्कीले जानकारी दिनुभएको छ ।

यसैगरी महिला तथा वालवालिका कार्यालयवाट २ जना क बर्गका सहित ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएकोे छ । सोही अवसरमा ३ दिने महिला पुरुष समविकास तालिम पनि संचालन गरिएको थियो । १० जना पुरुष र २१ जना महिला सहभागि तालिमको सहजीकरण महिला तथा वालवालिका कार्यालय म्याग्दीका प्रमुख कल्पना सापकोटाले गर्नुभएको थियो ।

सदरमुकाम पुगी सरकारी सेवा लिन नसक्ने अवस्थामा रहेका गाउँलेलाई घरदैलोमा पुगी सरकारी सेवा उपलब्ध गराउन जिल्लाका विभिन्न ग्रामिण भेगमा घुम्ती सेवा शिवीर सञ्चालन गरीएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।

जनताका समस्या, पिरमर्का बुझ्ने र जनता तथा प्रशासक बीचको सम्बन्ध बिस्तार गर्न घुम्ती सेवा शिवीर प्रभावकारी भएको प्रजिअ कुरुम्वाङको भनाई छ । प्रशासन कार्यालयको अगुवाईमा यसअघि गर्ुजा, लुलाङ्ग, दग्नाम, पाखापानी, मुना, घारको खिबाङ्ग, शिख, मुदी, ताकम र दाना गाविसमा पनि शिवीर सञ्चालन गरिएको थियो ।

Sunday, March 20, 2011

माओवादी सेक्रेटरी लालु किसान विरुद्ध डाकाचोरी मुद्दा दर्ता


एकिकृत नेकपा माओवादी म्याग्दीका सेक्रेटरी लालु किसान समेत ९ जना कार्यकर्ता विरुद्ध जिल्ला अदालत म्याग्दीमा आईतबार डाकाचोरी मुद्दा दर्ता भएको छ ।

गत फागुन ३ गते राती बाबियाचौर गाविस-४ र्‍यालेखोरका नरबहादुर गुरुङ्गको घरमा नकाव लगाएका हतियारधारी समुहले १० तोला सुन ४ लाख नगद रुपैया लुटपाट घट्नामा संलग्नता दावि गर्दै प्रहरीले भकिम्ली गाविस-६ घर भएका माओवादीका जिल्ला सेक्रेटरी लालु किसान, उनका पर्ूव अङ्गरक्षक कुहुं गाविस-५ का कमल किसान, दरवाङ्ग गाविस-५ का बसन्त रोका र नोकबहादुर रोका, विम गाविस-७ का नरबहादुर जुग्जाली र कलबहादुर जुग्जाली, बाबियाचौर गाविस-३ का मनबहादुर किसान र दीपेश पुन र कुहुं गाविस-८ का राजु रन्तिजा विरुद्ध डाकाचोरी मुद्दा दायर गरेको हो ।

पीडितले प्रहरीमा दिएको हुलियाको आधारमा प्रक्राउ परेका स्थानिय २९ बषिर्य मनबहादुर किसान, दिपेश पुन र सेक्रेटरी लालु किसानका अङ्गरक्षक कमल किसान बाहेक अन्य प्रतिवादीहरु 'फरार' छन् । पक्राउ परेका कमल किसानले माओवादी जिल्ला नेताको नाम पोलेका हुन् । प्रहरीले आईतवार ढिलागरी अदालतमा मुद्धा दर्ता गर्न ल्याएकोले समय अभाव भएको भन्दै अदालतले प्रतिवादीलाई सोमबार बिहान १० बजे उपस्थित गराउने गरी कारागार पठाएको छ ।

आरोपित नेता लालु किसानले घट्नामा आप\m र आप\mनो पार्टर्ीीे कुनै संलग्नता नभएको दावी गर्दै षडयन्त्र भै रहेको बताउनु भएको छ ।

सुरत केसी                                                                    म्याग्दी चैत ६ गते ।

Monday, March 07, 2011

म्याग्दीमा माओवादी र्सवदलीय संयन्त्रबाट बाहीरियो


माओवादी एमाले गठबन्धनको सरकार बिस्तार हुने क्रम चलिरहेका समयमा एकिकृत नेकपा माओवादी, म्याग्दीले सहकर्मी राजनितिक दलसँग सहकार्य हुन नसक्ने भन्दै शनिबार जिल्ला स्तरीय र्सवदलीय संयन्त्रबाट बाहीरिएको घोषणा गरेको छ ।
अन्य राजनितिक दलले फागुन ३ गते बाबियाचौर ३ खुम्ल्याहाका धनबहादुर गुरुङको घरमा भएको चोरीको घटनालाई जोडेर माओवादीले संस्थागत चोरी, डकैटी गरेको भन्दै प्रेस विज्ञप्ती मार्फ ध्यानाकर्षा गराएपछि प्रतिक्रिया स्वरुप माओवादीले शनिबार उनीहरुसँग सहकार्य नगर्ने बताएको हो । पार्टर्ीीार्यालयमा जिल्लार् इञ्चार्ज मित्रशरण शर्माले पत्रकारहरूसँग भन्नुभयो 'हामी यस विषयमा कानुनी रुपमा फेस गर्न तयार भएको बताईरहँदा पनि उहाँहरुले विज्ञप्तीमार्फ र्सार्वजनीक रुपमा अभिव्यक्ति दिएर जुन गल्ती गर्नुभएको छ त्यसलाई आत्मालोचना नगरेसम्म उहाँहरुसँग सहकार्य गर्दैनौ ।'
माओवादी शान्ति प्रक्रियामा आएपछि संयन्त्र गठन हुँदा कुनै पनि राजनितिक दलभित्र अनुचित काम भएको गुनासो आएमा त्यसलाई पहिले संयन्त्रमा छलफल गरेर बाहीर ल्याउने भनि भएको सहमति नेपाली काँग्रेस, एमाले, एकिकृत, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टर्ीी राप्रपाले उल्लङघन गरेकाले सहकार्य नगर्नेर् इञ्चार्ज शर्माले बताउनुभयो । दलिय आधारमा पार्टर्ीीे सहभागीता रहने जिविस देखि गाविस संयन्त्र र शान्ति समिति लगायत ठाउँबाट बाहिरिने निर्ण्र्ाागरेको शर्माले पत्रकारहरूलाई जानकारी दिनुभयो । चोरीको घटनामा जिल्ला सचिव लालु किसानको संलग्नता भएको विषयमा आफूहरूले कानुनी रुपमा लड्न तयार रहेको माओवादीको भनाई छ ।
आरोप पुष्टि नभइसकेको अवस्थामा विज्ञप्तीमार्फ माओवादीले संस्थागत चोरी डकैटी गरेको भनेर भ्रम सिर्जना गर्न खोजेको माओवादीको तर्क छ । आगामी आर्थिक वर्षा सञ्चालन हुने बिकास योजना तथा कार्यक्रमका विषयमा छलफल गर्न जिविसमा जारी र्सवदलीय संयन्त्रको बैठकमा पनि सहभागि नहुने माओवादीले जनाएको छ । स्थानीय निकाय जनप्रतिनिधीबिहीन अवस्थामा रहेका समयमा र्सवदलीय संयन्त्रको सहमतिका आधारमा सञ्चालन हुने अधिकांश गतिबिधीलाई माओवादीको निर्ण्र्ााे प्रभावित बनाउने देखिएको छ ।
त्यसैगरी एकिकृत नेकपा माओवादीले फागुन ३ गते बाबियाचौरको खुम्ल्याहमा भएको चोरीको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका जिल्ला सेक्रेटरी लालु किसानका अङ्गरक्ष्ँक कमल किसानलाई पार्टर्ीीदस्यबाट निष्काष्सन गरेको जनाएको छ ।
जिल्ला सेक्रेटरी लालु किसानका पर्ुव सहयोगी कमललाई प्रहरीले पक्राउ गरेकै दिन फागुन ८ गते पार्टर्ीीार्यालयमा बसेको बैठकले साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
 प्रहरी नियन्त्रणमा रहेका कमलले सेक्रेटरी किसानको निर्देशनमा चोरी गरेको र सामान उनलाईने बुझाएको बयान दिएका थिए ।

म्याग्दी फागुन २३ गते ।

सुटिङ स्थल बन्दै मुस्ताङ


सडक सुबिधा र भौतिक पर्ुवाधारको बिकाससँगै हिमालपारीको जिल्ला मुस्ताङ चलचित्र, वृत्तचित्र र गित छायांकनका लागि उपयुक्त गन्तब्य बन्न थालेको छ ।
पुरातात्विक, सास्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त गन्तब्य बनाउन थालेका हुन् ।
सुख्खा र आकर्ष भुवनोट भएकाले मुस्ताङमा छायांकन गर्न भारतीय चलचित्रकर्मीहरु पनि आउने गरेका छन् । मुस्ताङमा मासिक २/३ वटाका दरले चलचित्र छायांकन टोली आउने गरेका छन् । मुस्ताङको भुगोलमा गित छायांकन गर्नेहरुको पनि कमि छैन् ।
मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, टुकेचे लगायतका स्थान छायांकनका लागि आकर्ष स्थान बनेका छन् । उपल्लो मुस्ताङमा बिदेशी नागरीक प्रवेशका लागि गृह मन्त्रालय अन्तरगत अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ ।
उपल्लो मुस्ताङको भ्रमण गर्ने विदेशी पर्यटकका साथै छायाकंक गर्नेहरूको संख्या बढ्दै जान थालेको छ । हालैे उपल्लो मुस्ताङ मा प|mान्स र अस्टे्रलियन सुटीङ टोलीले बौद्ध धर्म सम्बन्धि वृत्तचित्र छायांकन गरेर फर्केको छ ।
        फिस्टेल एयरको हेलीकप्टर मार्फ फागुन १६ गते बिहान त्यहाँ पुगेको टोलीले उपल्लो मुस्ताङको चराङ, घमी, घिलिङ, मराङ स्थित पुरानो लुरी गुम्वा, लोमाङथाङ लगाएतको ठाउँहरुमा छायांकन गरेको थियो ।
 हिन्दु, वौद्ध, इर्साई र इस्लाम धर्म गरि ४ धर्मको बारेमा बृत्तचित्र  तयार पार्ने क्रममा बौद्ध धर्मको डकुमेन्ट्रीका लागी मुस्ताङ आएको टोली हेलिकप्टर मार्फनै फर्किएको छ ।

म्याग्दी फागुन २३ गते ।

Saturday, March 05, 2011

माओवादी म्याग्दीका जिल्ला सेक्रेटरी लालु किसानलाई पक्राउ गर्न खोजी सुरु



चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सेक्रेटरी लालु किसानलाई पक्राउ गर्न खोजी सुरु गरेको छ ।

यही फागुन ३ गते बाबियाचौर ३ खुम्ल्याहाका नरबहादुर गुरुङको घरमा भएको चोरीको घटनामा संलग्न भएको खुलेपछि फरार भएका किसानको खोजी सुरु गरिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रहरी नायव उपरिक्षक भट्टले घटनामा किसानको संलग्नता भएको खुलेकाले अनुसन्धानका लागि पक्राउ गर्न खोजी सुरु गरिएको जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका किसानका पर्ुव सहयोगी कमल सार्कीले सेक्रेटरी किसानको 'निर्देशनमा चोरी गरेको' भनि प्रहरीसँग बयान दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
फरार किसानको खोजी भैरहेको भट्टले बताउनुभयो । आरोपीत किसान केहीदिनदेखि सदरमुकाम बाहीर रहेका छन् । किसानलाई पक्राउ गरि डाँडा चोरीको अभियोगमा मुद्दा चलाईने प्रहरीले जनाएको छ । गुरुङको घरबाट दर्ुइ लाख ५० हजार रुपैया नगद र १० तोला सुन चोरेको आरोपमा प्रहरीले कुहुँका सार्की सहित स्थानीय मनबहादुर किसान र दिपेश पुनलार्इर्र्पक्राउ गरेको थियो ।

 फागुन ८ गते एकिकृत माओबादीको पार्टर्ीीार्यालयबाट पक्राउ परेका सार्कीले नगद तथा जिन्सी सम्पुण किसानलाई बुझाएको बयान दिएका छन् । माओवादीका पर्ुव कार्यकर्ता बसन्त रोकाको नेतृत्वमा चोरी भएको प्रहरीले बताएको छ ।

राजनितिक कारण ढिलाई

चोरीको घटनामा जिम्मेवार दलको नेताको संलग्नता रहेको खुलेपछि सो घटनाको थप अनुसन्धानमा ढिलाई भएको छ ।

'१३ गते किसानको पनि चोरीको घटनामा संलग्नता भएको खुलेपछि माओवादीको जिल्ला नेतृत्वसँग छलफल भएको थियो' प्रनाउ भट्टले भन्नुभयो 'उहाँहरुले अनुसन्धानमा सहयोग गर्र्छौ भन्नुभयो, र केही दिन पखिएका थियौ, तर गर्नुभएन, गहिरो अनुसन्धान भएको छ । अव मुद्दा लागीसक्यो जसरी पनि पक्राउ गर्र्छौ ।'
किसानसँग चोरीका सामान र धनमाल फिर्ता गराउन पहल गरेपनि किसानले सो नमानेको प्रहरीको भनाई छ । यस घटनाले राष्ट्रिय राजनितिमा पनि असर पार्ने र अनुसन्धानका क्रममा दवाव आएकाले सामान फिर्ता गराएर मुद्दा मिलाउन खोज्दा ढिलाई भएको प्रहरीले बताएको छ ।
 'उहाँ आफैले अस्ती फोन गरेर गिरफ्तारी दिन आउँछु भन्नुभएको थियो' प्रनाउ भट्टले शुक्रबार भन्नुभयो 'घटनाका मुख्य योजनाकार बसन्त र्घर्तीको कुरा लिनेवित्तकै किसानको प्रस्तुती फेरीएकाले थप आधार मिलेको छ ।'
म्याग्दी दरवाङ दुखु घर भएका र्घर्ती मनाङको नार हत्याकाण्डको पनि अभियुक्त भएको प्रहरीले जनाएको छ । जिल्लाका अन्य ठाउँमा भएका ठूला लुतपाटका घटनामा पनि र्घर्तीको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।

राजनिति दलको शिर निहुरीयो-छ दल

म्याग्दी स्थित छ राजनितिक दलले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि एकिकृत नेकपा माओवादी म्याग्दीका जिल्ला सचिव लालु किसान र सो पार्टर्ीी अन्य कार्यकर्ताहरूको संलग्नतामा गत फागुन ३ गते बाबियाचौरमा चोरीको घटना भएको भन्दै ध्यानाकर्षा भएको जनाएका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति रेशमबहादुर बानीया, एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा एकिकृतका जिल्लार् इञ्चार्ज शिव श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सचिव जगत बिक, जनमुक्ति पार्टर्ीी अध्यक्ष नरबहादुर थापा र राप्रपा अध्यक्ष एकेन्द्र रावलले विज्ञप्ती प्रकाशित गरी दलका जिम्मेवार नेताको संलग्नतामा भएको यस घटनाले राजनीतिक दलहरूको शिर निहुरिएको जनाउनुभएको छ ।

आफ्नै पार्टर्ीी कार्यकर्ताले घटनामा नेतृत्वको संलग्नता रहेको पुष्टि गरेपछि पनि आरोपीत व्यक्तिले कानुनलाई सहयोग गर्नुको साटो भ्रष्ट्राचारको बाहना बनाएर घटनालाई तोडमोड गर्न खोजीएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 यस घटनाले माओवादीको नियतप्रति शंका उब्जाएको उल्लेख गर्दै विज्ञप्तीमा यथास्रि्र सत्यतथ्य बाहिर ल्याई जनताको जिउधनको सुरक्षाका साथै घटनामा संलग्नहरुलाई कारबाही दिलाई जिल्लावासीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकार समक्ष विज्ञप्तीमार्फ माग गरिएको छ ।
यसैगरी नेताहरुले शुक्रबारनै म्याग्दीका प्रहरी नायव उपरिक्षक भट्टलाई भेटेर अनुसन्धान प्रक्रियालाई निरन्तरता दिई सत्य, तथ्य प्रमाण जुटाएर कानुनी आधारमा कार्बाही गर्न माग गरेका छन् ।

माओवादीको अस्पष्ट धारणा

चोरीको घटनामा आफ्नै पार्टर्ीी जिल्ला सेक्रेटरी लालु किसानको संलग्नता भएको र्सार्वजनीक भएपनि यस विषयमा एकिकृत नेकपा माओवादीका नेताहरूले भने आरोपको खण्डन गरेपनि स्पष्ट धारणा र्सार्वजनीक गरेका छैनन् ।

बिहीबार जिल्लार् इञ्चार्ज मित्रशरण शर्मा -बिहानी)ले प्रेस विज्ञप्ती पार्टर्ीीे आधिकारीक धारणा भन्दा पनि सञ्चार माध्यममा किसान फरार भएको भन्ने विषयमा आएको समाचारको विषयमा केन्द्रित बनेको छ । विज्ञप्तीमा 'सेक्रटरी लालु किसान माथिको आरोप कपोलकल्पित र षडयन्त्रमूलक भएको प्रष्ट पार्न चाहन्छौ' भनिएको छ । तर वास्तवीक कुरा के भन्ने खुलाईएको छैन् ।

किसान पार्टर्ीीे कार्ययोजनामा रहेको माओवादीले जनाएको छ । अन्य दलले माओवादीको संस्थागत योजनामै चोरी डकैटी भएको आरोप लगाएका छन नी भन्ने प्रश्नमा जिल्लार् इञ्चार्ज शर्माले शुक्रबार भन्नुभयो 'पार्टर्ीीे यस्तो निती छैन्, दलले मोर्चा कस्ने काम गरे, त्यो ठिक गरेनन् भन्ने हामीलाई लागेको छ । यस विषयमा  छलफल गरेर हाम्रो धारणा र्सार्वजनीक गर्र्छौ ।'

म्याग्दी फागुन २१ गते ।

नदी नियन्त्रणमा ढिलाई भएपछि पिप्ले गलेश्वरबासी चिन्तित


राहुघाट नदीको कटान नियन्त्रणमा ढिलाई हुँदा म्याग्दीको पिप्ले गाविस १ गलेश्वरका बासिन्दा चिन्तित बनेका छन् ।

गत भदौ २५ गते राहुघाट खोलामा आएको बाढीले गरेको कटान नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका सरकारी निकाय, राजनितिक दल र सरोकारवालाले काम गर्न बेवास्ता गरेपछि स्थानीयबासी चिन्तित भएका हुन् ।
भदौ २८ गते घटनास्थल अनुगमन गर्न गएका सरोकारवालाहरुले कटान नियन्त्रणका लागि तटबन्ध गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हिउँद सकिनै लाग्दा समेत काम सुरु नहुँदा स्थानीयबासीले उनीहरुको ध्यानाकर्षा गराएका छन् ।
कटान नियन्त्रण हुन नसक्ने हो भने वषर्ातमा आउने बाढीले बस्ती कटान गर्ने दरले स्थानीयबासी चिन्तित भएका राहुघाट नदी नियन्त्रण समितिका अध्यक्ष लक्ष्मण चालीसेले बताउनुभयो । गाविसले ६९ हजार रुपैया बिनियोजन गरेपनि त्यो रकमबाट धेरै काम हुन नसकेको चालीसेको भनाई छ ।

'गाविसबाट निकै संर्घष्ा गरेर पाएको रकमले खोलाको बहाव परिवर्तन गराएका छौ तटबन्ध गर्न लाखौ रुपैया आवश्यक पर्छ' स्थानीय बृद्धीप्रसाद गौचनले भन्नुभयो 'सबैले आश्वासन मात्र दिए मनमा लागेर सहयोग गर्न सकेका छैनन्, हिउँदमा तटबन्ध नहुने हो भने बस्ती जोखिममा पर्छ । यस्तै अवस्थामा यहाँ बस्न सक्ने अवस्था छैन् ।'

  सो ठाउँमा ३० घरपरिवार बसोबास गर्छन् । त्यसैगरी राहुघाट र कालिगण्डकी नदीको दोभानमा रहेको कुटीमा वर्षौ अघिदेखि बस्दै आएका साधु सन्तहरु पनि नदी कटानका कारण बिस्तापित हुन थालेका त्यहाँ बस्दै आएका स्वामी धर्मानन्द सरस्वतीले बताउनुभयो ।

जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले काममा ढिलाई भएको स्वीकार गर्दै भुसंरक्षण कार्यालय, प्रधानमन्त्री राहत कोष लगायतका ठाउँमा अनुरोध गरेकाले छिट्टै काम हुने बताउनुभएको छ ।

म्याग्दी फागुन २१ गते ।

म्याग्दीका ग्रामिण सडकमा ढाँट


 म्याग्दीका ग्रामिण सडकमा ढाँट राखेर नियम बिपरीत सवारी साधनबाट कर उठाउने गरिएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

अर्थुङ्गे, पात्लेखेत, घतान काउलेगौडा, पिप्ले र भुरुङ तातोपानीमा सवारी प्रवेश शुल्कका रुपमा ढाँट राखेर पैसा उठाउने गरिएको हो । अर्थुङ्गे र पिप्लेमा गाविसले स्थानीय स्वायत्त शासन ऐन अन्तरगत सवारी साधनबाट पैसा लिन्छन भने अन्य ठाउँमा युवा क्लव र अन्य संघ संस्थालाई सवारी प्रवेश शूल्कको रुपमा पैसा तिर्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।

स्थानीय स्वायत्त शासन ऐन अन्तरगत गाविसले निर्माण गरेको सडकमा बढीमा २५ रुपैया सम्म सवारी शुल्क लिन पाउने भएपछि म्याग्दीमा भने ५० रुपैया सम्म तिर्नुपरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव श्रेष्ठले बताउनुभयो ।

समितिले कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरि बेनी पाखापानी सडकखण्डमा पर्ने घतान काउलेगौडा र पात्लेखेतमा स्थानीय युवा क्लवले एक सय रुपैया लिने गरेको जानाकारी दिएको छ । यसैगरी भुरुङ तातोपानीमा स्थानीय सर्वोदय माध्यमिक विद्यालयका लागि भन्दै साना सवारीलाई २५ र ठूलाको तीस रुपैया प्रवेश शुल्क तिर्नुपरेको श्रेष्ठले बताउनुभयो ।

कच्ची सडकमा राखिएका ढाँटका कारण जिल्लामा सवारी भाडादरमा एकरुपता ल्याउन समस्या परेको यातायात व्यवसायीले बताएका छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले केही ठाउँमा र्सवदलीय संयन्त्र र आपसी सहमतिमा ढाँट राखेर सवारी शूल्क लिने गरेको पाईएको बताउनुभयो । सहमतिमा राखिएका ढाँट भन्दा पनि आफूखुसी राखिने ढाँटले समस्या ल्याउन सक्ने भएकाले छलफल गरिने प्रजीअ कुरुम्वाङले बताउनुभएको छ ।

म्याग्दी फागुन २१ गते ।

Friday, March 04, 2011

माओवादी सेक्रेटरीलालु किसानलाई डाकाचोरी आरोप


एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी लालु किसानलाई आप\mनै कार्यकर्ताले डाकाचोरीको आरोप लगाएका छन् ।

डाकाचोरी घट्नामा पक्राउ परेका माओवादी कार्यकर्ता कमल किसानले प्रहरी बयानमा सेक्रेटरी लालु किसानलाई समेत पोलेको प्रहरी श्रोतले बताएको छ । कमल सेक्रेटरी लालु किसानका पर्ूव अंङ्ग रक्षक हुन् । १५ दिन अघि बाबियाचौर गाविस-४ र्‍यालेखोरका ७६ बषिर्य नरबहादुर गुरुङ्गको घरबाट नकाव लगाएका हतियारधारी समुहले १० तोला सुन र ४ लाख नगद रुपैया लुटेको थियो ।

 पीडितले दिएको हुलियाको आधारमा प्रक्राउ परेको स्थानिय २९ बषिर्य मनबहादुर किसान र दिपेश पुनले प्रहरी बयानमा दिएको सुचनाको आधारमा सेक्रेटरीका अङ्गरक्षक समेत रहेका कमल किसानलाई केही दिन अघि माओवादीको जिल्ला कार्यालयबाटै पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानकालागी भन्दै प्रहरीले मंगलवार अदालतबाट १० दिनकालागी म्याद थपेको छ ।
'शुरुमा सेक्रेटरी लालु किसानले घट्ना छानविनमा सहयोग गर्ने र आवश्यक परे गिरप\mारी दिन्छौं भनी जानु भएको हो, अहिले फरार हुनु भएको छ । अझ हिजो -मंगलवार) साझ फोन नम्र भाषामा 'जागिरबाट रिर्टार्यड भएपछि पनि लाईफ हुन्छ' भन्दै धम्काए' डिएसपी भट्टले बताउनुभयो ।

प्रहरी श्रोतका अनुसार पक्राउ परेका कमल किसानले उक्त डाकाचोरीमा आप\mनो संलग्नता स्वीकार गर्दै लुटेको सवै नगद तथा सुन माओवादी जिल्ला सेक्रेटरी लालु किसानलाई बुझाएको बताएका छन् ।

आरोपित नेता लालु किसानले घट्नामा आप\m र आप\mनो पार्टर्ीीे कुनै संलग्नता नभएको दावी गर्दै प्रहरीले गम्भीर षडयन्त्र गरेको बताउनुभयो । मलाई लगाईएको आरोप कपोलकल्पित, भ्रामक र षडयन्त्रपर्ूण्ा हो' लालुले थप्नुभयो -'सभासद राजधानी रहेको र्रर् इन्चार्ज जिल्ला बाहिरको भएकोले मेरो राजनैतिक भविष्य मेट्ने उद्देश्यले षडयन्त्र गरिएको हो ।

सेक्रेटरी किसानले घट्नाकाबारेमा पार्टर्ीी आफुलाई स्पष्टीकरण मागेको र आफुले स्पष्टीकरण दिएको खुलासा गर्दै आफु पार्टर्ीीाममा रहेको र सवैसंग नियमित सर्म्पर्कमा भै रहने बताउनुभयो ।

म्याग्दी फागुन १६ गते ।