Tuesday, March 27, 2012

यस्तो पनि मृत्यु !


म्याग्दीमा एक जना भिक्षुले जलसमाधि गरेर मृत्युवरण गरेका छन् । पिप्ले गाविस स्थित गायत्री मन्दिरमा बस्दै आएका सिगाना ४ बागलुङका ८४ वषिर्य ढुण्डीराज उपाध्याय आफैले मंगलबार बिहान कालिगण्डकी नदीमा जलसमाधि धारण गरी बगेर मृत्युवरण गरेका हुन् ।

सन्यासीको रुपमा मन्दिरमा बस्दै आएका उपाध्ययले आफ्नोर् इच्छा अनुसार जलसमाधी गर्न लागेको पत्र लेखेर नजिकैको कालिगण्डकीमा बगी मृत्युवरण गरेका उहाँका नाती लिलाराम गौतमले जानकारी दिनुभयो । कालिगण्डकीमा जलसमाधी गरेमा र्स्वर्गमा पुगीने धार्मीक मान्यता अनुसार उहाँले सबैलाई जानकारी गराएर मृत्युवरण गरेको गौतमले बताउनुभयो ।

उनले प्रयोग गर्ने कमण्डलु कालिगण्डकीमा फेला परेकाले जलसमाधी गरेको पुष्टि भएपनि शवको खोजी भइरहेको आफन्तले जनाएका छन् ।

२०६८ चैत १४ गते                                                सुरज केसी/सन्तोष गौतम

राष्ट्रपतिद्धारा मुक्तिनाथ दर्शन र खम्पा कैशन क्याम्पको अवलोकन

राष्ट्रपति डाक्टर रामवरण यादवले मंगलबार मुस्ताङ स्थित हिन्दु र वौद्ध धर्मवलम्बीहरुको प्रमुख तिर्थस्थल मानिने मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

बिहान हेलीकप्टर मार्फ मुक्तिनाथमा पुग्नुभएका राष्ट्रपति यादवले मुक्तिनाथमा पुजाअर्चन गर्नुभएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । यसैगरी राष्ट्रपति यादवले सो अवसरमा मुस्ताङ स्थित नेपाली सेनाको कैशन क्याम्पको पनि निरिक्षण अवलोकन गर्नुभएको छ ।

कैशन क्याम्प रहेको स्थान तिब्बती खम्पाहरुले तिब्तमा ब्रि्रोह गरेर बिस्थापित भएपछि आश्रय लिएर बसेको स्थान भएकाले महत्वपर्ूण्ा मानिन्छ । बिहान ७-४५ बजे मुस्ताङ पुग्नुभएका राष्ट्रपति यादव १०-४५ बजे फिर्ता हुनुभएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद पाण्डेले जानकारी दिनुभयो । सेनाको क्याम्पमा कर्मचारीहरुसँग घेटघाट गरेर उहाँ र्फकनुभएको थियो ।

रामनवनी पर्वको अवसर पारेर हिजोआज मुक्तिनाथ र कागबेनीमा पुजाआजा गर्ने श्रद्धालुहरुको पनि उपस्थिती बढेको छ । हिन्दु धर्मावलम्बीहरुको चार धाम मध्ये एक धाम मानिने मुक्तिनाथमा रामनवमी र बिजया दशमीमा बिषेश पूजाआज हुने गर्छ ।

२०६८ चैत १४ गते                                                              चन्द्रश्वर बस्ताकोटी

गुणस्तरिय अध्ययन केन्द्र बन्दै म्याग्दीका पुस्तकालय

म्याग्दीका गाउँगाउँका विद्यालयमा स्थापना भएका पुस्तकालयहरु गुणस्तरिय अध्ययन केन्द्रको रुपमा विकास भइरहेका छन् । विद्यालयमै सुविधासम्पन्न पुस्तकालयको स्थापना भएपछि विद्यार्थीका साथै शिक्षक, अभिभावकको समेत पहुँच पुग्न थालेको छ ।

दर्ुगम क्षेत्रका विद्यार्थीलाई गुणस्तरिय शिक्षाको पहुँचमा पुर्‍याउने अभियानमा लामो समय यता सक्रिय रहेको रुम टु रिड नामक संस्थाको आर्थिक सहयोग र गाजा युवा क्लव बाग्लुङले २००९ देखि म्याग्दीका विभिन्न गाविसमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरीदिएपछि पुस्तकालय बालविकास केन्द्रको रुपमा परिणत हुन थालेका हुन् । प्रावि देखि उच्च माविसम्मका विद्यार्थी, सामान्य लेखपढ् गर्न सक्ने अभिभावकलाई अक्षर चिन्न सक्ने पुस्तकको ब्यवस्था पुस्तकालयमा भएपछि आर्कषण बढ्न थालेको जनआदर्श प्राविकी शिक्षिका मायाँ अर्मजाले बताउनुभयो ।

विद्यालयमा पुस्तकालय स्थापनासंगै दैनिकजसो विद्यार्थीहरु पुस्तकालयमा अध्ययन गर्न आउन थालेपछि अभिभावक तथा समुदायका अन्य ब्यक्तिहरुले समेत चासो देखाउँदै पुस्तकालय ब्यवस्थापनका लागि सहयोग समेत गर्न थालेका छन् । आफ्नो पाठ्यक्रम समेत पढ्न अल्छि गर्ने विद्यार्थीहरु दिनैपिच्छे आएर पढ्न थालेपछि पुस्तकालयको महत्वका बारेमा जानकारी हुन थालेको पुस्तकालय स्थापना भएका विद्यालयका शिक्षकहरुले बताएका छन् ।

पाठ्यक्रममा आधारित पुस्तक, शिक्षक निर्देशिका, नयाँ नयाँ विकास तथा प्रविधिका कुराहरुका बारेमा प्रयेक दिन अध्ययन भइरहेको हुन्छ । दर्ुइ वर्षअघि प्राथमिक तहको विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यालयको शैक्षिक स्तरमा निकै सुधार आएको जनआवाज प्राविका प्रधानअध्यापक टेकबहादुर रामजालीले बताउनुभयो ।

म्याग्दीका ग्रामिण क्षेत्रका प्राय सबै विद्यालयहरुमा विद्यालय पुस्तकालय स्थापना भएपछि स्थानीय विद्यालयहरुमा अध्ययनरत विद्यार्थीका साथै अभिभावकहरुमा समेत पुस्तक पढ्ने बानीमा विकास भएको पाइएको छ । जनआदर्श जस्तै कुहुँ गाविसमै रहेको राष्ट्रिय मावि, सिंगाको धौलागिरिमावि, बिमको किसानी मावि, अर्थुङ्गेको बेनी सामुदायिक मावि, अर्थुङ्गेकै,जामुनाखर्क उच्च मावि लगायतका विद्यालययमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीहरुमा नियमित विद्यालय आउने, पुस्तक पढ्ने तथा शिक्षकहरुमा आफ्नोजिम्मेवारी, गुणस्तर विकास तथा अभिभावकहरुमा समेत अध्ययन गर्ने बानीको विकासगराउन पुस्तकालयले ठुलो योगदान पुर्‍याएको किसानी उच्च मावि विमका पुस्तकालय शिक्षकको भनाई छ ।

जिल्लाका साठी भन्दा बढि विद्यालयहरुमा विद्यालय पुस्तकालय स्थापनाका लागि स्थानीयगाजा युवा क्लवले रुम टु रिड को सहयोगमा आर्थिक, प्राविधिक तथा शैक्षिक सहयोग गर्दै आइरहेको छ, भने केहि विद्यालयमा शिक्षक, विद्यार्थी रअभिभावकहरुको सक्रियतामा पनि पुस्तकालय स्थापना भएका छन् । विद्यालय पुस्तकालय कार्यक्रम अर्न्तर्गत सन २००९ र १०१० मा विद्यालयमा स्थापना गरिएको पुस्तकालयले विद्यालयका साथै अभिभावकलाई समेत घरमै पढ्न मिल्ने पुस्तकहरु राखिएपछि आर्कषण बढ्न थालेको हो ।विद्यालयका कार्यक्रममा समेत आउन हिच्किचाउने अभिभावकहरुमध्ये पछिल्लो समय विद्यालयबाट हरेक महिना ३० देखि ४० जनाले पुस्तक लैजाने गरेका छन् । विद्यालयले पुस्तकालयलाई ब्यवस्थित बनाउन कोषको समेत ब्यवस्था मिलाएको छ ।

रुम टु रिडको सहयोगमा क्लवले जिल्लाका २२ गाविसका ६० विद्यालयमा पुस्तकालय कार्यक्रम सञ्चालनमा रहेको छ । पुस्तकालयमा विद्यार्थी, शिक्षकका साथै अभिभावकका
लाई समेत केन्द्रित गरेर पुस्तकालय स्थापना गरिएको विद्यालय पुस्तकालय कार्यक्रम संयोजक विश्वनाथ आर्चायले बताउनुभयो । जिल्लाबाट निरक्षर उन्मुलन गर्न विद्यालय पुस्तकालयले महत्वपर्ुण्ा भुमिका खेल्न थालेको भन्दै शिक्षा कार्यालयले पनि उक्त कार्यक्रमलाई नियमित सहयोग गर्दै आइरहेको जनाएको छ ।

हरीकृष्ण गोतम                                                   म्याग्दी चैत्र १४ गते ।

हर्ेदा हर्ेर्दै मायाँले सोले डाँडो काट्यो वरिलै

हर्ेदा हर्ेर्दै मायाले सोले डाँडो काट्यो वरिलै' वोलको गीत गाएर नेपाली लोक संगीतको क्षेत्रमा परिचय वनाएका लोकगाएक खड्ग गर्वुजाको अत्यन्त विकट मानिएको सोले डाँडो अव भने मायाँगर्ने मनहरुल्ेा मात्र होइन यातायातका साधनहरुले पनि पार गरेका छन् ।

पश्चिम म्याग्दीको दरवाङदेखि ओखरवोटको सोले डाँडो हुँदै वागलुङको लामेला तमान जोड्ने मोटरवाटो संचालनमा आएपछि अत्यन्त विकट मानिएको सोले डाँडो पार गर्दै वागलुङको तमानसम्म वस, जीप र ट्याक्टर मात्र होइन ट्याक्सी, कार र मोटरसाइकल समेत आवतजावत गर्न थालेका छन ।

केही दिन अघिमात्र संचालनमा आएको सो सडकमा अहिले ट्याक्सी र मोटरसाइकल समेत गुड्न थालेपछि प्राकृृतिक सौर्न्दर्यताले पर्ूण्ा सोलेडाँडो साँच्चै मायाँलुहरुको डाँडोमा परिणत भएको छ ।

वागलुङ र म्याग्दीका स्थानीय वासिन्दाहरुको पहलमा करिव १ करोडको लागतमा निर्माण भएको सो सडकका कारण म्याग्दी र वागलुङका २९ गाविसका हजारौं जनताहरु लाभान्वित भएको सडक निर्माण समितिका सचिव गोपाल कडेलले वताउनु भयो ।

सडक निर्माण पछि म्याग्दी जिप तथा वस संचलक समितिले सो सडकमा दैनिक दर्ुइवटा गाडी संचालन गरेको छ । विरामीहरु स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन पाएका छन् भने सदरमुकाममा पुग्न दर्ुइ दिनको पैदलयात्रा गर्ने स्थानीयवासिन्दाहरु अहिले विहान गएर वेलुकी र्फकन थालेका छन् ।

त्यसैगरी खच्चर र भरिया लगाएर दैनिक उपभोग्य सामान महङ्गो मुल्यमा ढुवानी गर्दै आएका स्थानीयवासिहरुले राहत पाएका छन् भने गाउँमा उत्पादन भएका आलु, कोदो, फलफूल, तरकारी विक्रि गरेर स्थानीयवासिहरुल्ो आम्दानी समेत वढाउने अवसर पनि पाएका छन् ।

सुरत केसी                                                                   म्याग्दी चैत्र १४ गते ।

Monday, March 26, 2012

२०६८ सालको एलएलसी सुरु

२०६८ सालको प्रवेशीका परिक्षा-एसएलसी) मंगलबारदेखि सुरु भएको छ । पहिलो दिन अंग्रेजी विषयका परिक्षामा म्याग्दीमा दर्ुइ हजार ३१ जना सहभागि भएका छन् ।

दर्ुइ हजार ४४ जनाले आवेदन दिएकोमा नियमित तर्फमुक्तिधाम उच्च मावि र मंगला उच्च मावि परिक्षा केन्द्रमा एकझ्एक जना र एक्ज्यामटेडतर्फ११ जना अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

पहिलो दिनको परिक्षा मर्यादीत तवरले सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठले बताउनुभयो । प्रवेशिका परिक्षाका लागि म्याग्दीमा ९ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । यसैबिच सरकारले एसएलसीलाई अमर्यादीत बनाउने र चिट चोराउनेलाई ६ महिना कैद र एक लाख रुपैया जरिवाना गर्ने घोषणा गरेको छ ।

मुक्तिमार्ग उच्च मावि घार, मुक्तिधाम उच्च माबि राखु, हेम उच्च मावि शिवाङ, जनप्रिय उच्च मावि दरवाङ, मंगला उच्च मावि बाबियाचौर, धवलागिरी मावि सिङ्गा, प्रकाश उच्च मावि बेनी, बेनी सामुदायिक उच्च मावि बेनी र न्यु वेष्ट प्वाइन्ट आवाशिय उच्च माविमा परिक्षा केन्द्र सञ्चालन गरिएको छ ।

म्याग्दीका ५२ सामुदायीक र ६ निजि विद्यालयका विद्यार्थीहरु एसएलसीमा सहभागि छन् । यसैगरी खुल्ला विद्यालयबाट यस वर्षम्याग्दीमा ३८ जना सहभागि भएका छन भने बम पड्कीँदा दुबै हात गुमाएका बाबियाचौरका सुरेन्द्र केसीले सहयोगी राखेर परिक्षा दिएका छन् । पौलत्स्य उच्च मावि भिरमुनीका टेकबहादुर मिजारले कारागारबाटै परिक्षामा सहभागि भएका छन् ।

सुरत केसी                                                                म्याग्दी चैत्र १० गते ।

म्याग्दीको औला गाउँका बासिन्दाहरु खरायोपालनमा

म्याग्दीको एक दर्ुगम गाउँका बासिन्दाहरु व्यवसायिक खरायो पालनतर्फआकषिर्त भएका छन् । म्याग्दीको हिस्तान गाविस स्थित औलाका बासिन्दाले व्यवसायिक रुपमा खरायो पाल्न थालेका हुन् ।

भेडाबाख्रा पाल्नुभन्दा सहज र छोटे समयमा धेरै फाईदा लिन सकिने भएका औलाका किसानले खरायोमा लगानी गरेका हुन् । वडा नम्बर ७ र ८ मा रहेका एक सय घरधुरीलेनै खरायोपालन व्यवसायलाई आफ्नो मुख्य व्यवसायका रुपमा अपनाएका छन् । त्यहाँका एउटा घरमा १० देखि २५ वटा सम्म खरायो छन् ।

मासु उपभोगका लागि कुखुरा, बाख्रा, भेडाभन्दा पनि सहज भएको र उत्पादन भएजति गाउँबाटै बिक्री हुने भएकाले औलाका सबै बासिन्दाले खरायो पाल्न थालेको स्थानीय अगुवा कृषक टेकमाया पर्ुजाले बताउनुभयो । उहाँले खरायोपालनबाट सबै परिवारले वाषिर्क २५ ३० हजार आम्दानी गर्दै आएका बताउनुभयो । विगत १२ वर्षेखि यहाँ व्यवसायकि रुपमा खरायो पाल्न थालिएको हो ।

एउटा खरायो प्रत्येक पाँच पाँच महिनामा ब्याउँछा । एकपटकमा पाँचदेखि १२ वटासमम जन्माउने गर्दछ । एउटा खरायो बढीमा पाँच किलोग्रासम्मको हुन्छ । यसको मासु एक किलो बराबर रु. एक सय ५० मा बिक्री भइरहेको छ । स्वास्थ्यको दृष्टिक स्वास्थ्यका दृष्टिले समेत उपयुक्त मानिएको खरायोप्रति अहिले र्सवसाधारण आकषिर्क बन्दै गएका छन् ।

पोखराबाट खरायो किनेर ल्याई १० वर्षेखि पाल्दै आएका स्थानीय यामप्रसाद पर्ुजाले वर्षा ३० हजार सम्म आम्दानी हुने गरेको बताउनुभयो । दर्ुइवटाबाट खर दर्ुइवटा खरायोबाट सुरु गरेका पर्ुजाले कहिलेकाँही २० वटासम्म बनाएको र यतिवेला १२ वटा खरायो रहेको बताउनुभयो ।

स्थानीय स्तरमा पाइने घाँसपात, जौ, कोदो, मकै, फापर जस्ताअन्नबाली दानाको रुपमा दिने गरेका छन् । यहाँ उत्पादित खरायो गाउँघरमै बढी मात्रामा बिक्री हुने गरेको छ भने बेनीबजार, तातोपानी, घारेपानीमा बिक्री हुने गरेको स्थानीयकृषकहरु बताउँछन् । अन्य समयभन्दा चाडवाडको समयमा धेरै र महँगो मूल्यमा बिक्री हुने गर्छ । कृषि सम्बन्धि निकायबाट सोचेजस्तो सहयोग नपाएपनि यहाँका बासिन्दा यहि पेसालाई आधुनिकीकरण गरि ब्यवसायीक बन्ने योजनामा छन् ।

चिसो ठाउँ भएकाले समय समयमा विभिन्न रोग लाग्ने समस्याले सताउने गरेको कृषकको गुनासो छ । पर्यटकीय क्षेत्र एकाले पनि बाहिरबाट आउने आन्तरिक तथा बाहृय पर्यटकले खरायोको मासाु नै मन पराउने गरेका छन् । गाउँघर, पर्यटकीय क्षेत्र र सहरमा समेत खरायोको माग बढी रहेकाले यसलाई आधुनीकीकरण गरि व्यवसायीक बनाउने उनीहरुको योजना छ ।

सुरत केसी                                                                                    म्याग्दी चैत्र १० गते ।

त्ाातोपानी जलविद्युतको उत्पादन बढ्यो

म्याग्दीको नारच्याङ गाविसमा रहेको तातोपानी जलविद्युत आयोजनाको मर्मतपछि विद्युत उत्पादन वढेको छ । मर्मत भन्दा पनि नयाँ आयोजनालाई प्राथमिकतमा राख्ने गलत नितिका कारण बर्षौसम्म मर्मतविहिन अवस्थामा रहेको केन्द्रको मर्मत भएपछि भने लक्ष्य अनुसार नै विद्युत उत्पादन भएको हो ।
विद्युत प्राधिकरणबाटै कम प्राथमिकतमा परेको केन्द्रका उपकरण मर्मत भएपछि अहिले उत्पादनमा बृद्धि भएको हो । म्याग्दीको उत्तरी क्षेत्र नारच्याङ गाविसको घरापमा विद्युतगृह निर्माण गरि २०४५ सालमा पहिलो चरण र २०५४ सालमा दोश्रो चरणको गरि दर्ुइ मेघावाट क्षमताको विद्युत उत्पादन गरिएकोमा लामो समयपछि विग्रिएका उपकरणहरू मर्मत गरिएको केन्द्रका प्रमुख हर्रि्रसाद रिमालले वताउनुभयो ।

अहिले नियमित उत्पादन भइहेको भएपनि ड्याम क्षेत्रमा केही मर्मतको आवश्यकता रहेकाले टेन्डर गर्ने योजना समेत बनाइएको छ । मिस्ती खोलाबाट झण्डै दर्ुइ किलोमिटर सुरुङ खनेर पानी ल्याइएकामा पछिल्लो समय खोलाको मुहानदेखि विद्युतगृहसम्मका पानी कन्टोलर, र्टभाइन, जेनेरेटर, गेटवल लगायत विद्युतगृहमा रहेका अधिकांस मेसीनरी उपकरणहरु जिर्ण्र्ााएका थिए । अहिले ती सवै मेसिनरी उपकरणहरु मर्मत गरिएको छ ।

म्याग्दीको नारच्याङ, भुरुङ तातोपानी, दानाका साथै मुस्ताङको छुसाङ सम्म विद्युत आपर्ुर्ति गरिरहेको छ भने केन्द्रिय प्रसारण लाईनमा ३३ केवी जडान गरिएको छ । २ मेघावाट क्षमता रहेकोमा आठ जेनेरेटरहरुमध्ये ४ वटा जेनेरेटर सञ्चालनमा रहेको छ भने एक मर्मत भइरहेको छ । अहिले १२ सय ५० किलोवाट उत्पादन भइरहेको केन्द्रले जनाएको छ । एस अघि जम्मा ७ सय ५० किलोवाट विद्युत हुने गरेको थियो ।

तत्कालिन अवस्थामा चिनबाट भित्राइएका नयाँ उपकरणहरु नेपाली बजारमा नपाईने भएको कारण पनि फर्ेन समस्या हुने गरेको केन्द्रले जनाएको छ । बषौसम्म प्रयोगविहिन अवस्थामा रहेकाले केही उपकरण अहिले पनि काम नलाग्ने अवस्थामा समेत रहेकाकेन्द्रमा प्राविधिक झलक पाइजाले वताए । दरवन्दी अनुसारको कर्मचारी नहुदाँ समस्या भइरहेको केन्द्रका कर्मचारीको भनाई छ । उत्पादन बढेपछि मुस्ताङको कुन्जो र लेतेबाट विद्युत लाइन विस्तारका लागि ग्राहकको निवेदन समेत आएको केन्द्रले जनाएको छ ।

सुरत केसी                                                                                       म्याग्दी चैत्र ६ गते ।

बेनी-मालढुङ्गा सडक कालोपत्रे शुरु

म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको मालढुङ्गा सम्मको कच्चि सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । भारतिय सरकारको सहयोगमा गत जेठदेखि शुरु भएको कामको सडक चौडा गर्ने, नाली खन्ने, कलभर्ट हाल्ने लगायतका काम पुरा भइ बुधबारदेखि कालोपत्रेको काम शुरु भएको स्थानिय कण्ट्याक्टर नारायण जिसीले जानाकारी दिनुभयो ।

आउँदो बैसाख महिनासम्ममा कालोपत्रेको सम्पर्ुण्ा काम सक्ने गरि काम धमाधम रुपमा अगाडी बढेको भन्दै उहाले पहिलो दिन करिव एक सय मिटर कालोपत्रे गरिएको जानकारी दिनुभयो । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम सम्म जोड्ने उक्त सडकको बैकल्पिक मार्ग नभएका कारण कालोपत्रेको काममा ट्राफिक जामका कारण समस्या भएको छ ।

भारतिय सरकारको सहयोगमा आठ करोड ९४ लाखको लागतमा गबार एमडी जेवि कम्पनीले जिम्मा लिएको काम स्थानीय ठेकेदार नारायण जिसीले जिम्मा लिनुभएको छ । २०५२ सालमा म्याग्दी सदरमुकाम जोड्न खनिएको सडकको यसअघि स्थानीय उपभोक्ता समितिले करिव चार किलोमिटर सडक कालोपत्रे गरिसकेको थियो ।

उपभोक्ता समितिले गरेको कालोपत्रे पनि अधिकांस भाग उक्किसकेको हुनाले मालढुङ्गा सम्म नै कालोपत्रे गर्नुपर्ने भएको जिसीले बताउनुभयो । सदरमुकाम बेनी हुँदै आवश्यक गिट्टी, बालुवा लगायतका सामाग्री ओसार्नुपर्ने र सामान ओसार्दा बिहान ९ देखि १० र साँझ ४ देखि ५ बजेसम्म बेनीमा ट्राफिक समस्या हुँदा कालोपत्रेको काममा समस्या परेको उनले बताउनुभयो ।

त्यसैगरी म्याग्दीको ताकम गाविसमा बिहीबार पहिलोपल्ट बस पुगेको छ । दरवाङ-देवीस्थान हुँदै ताकम गाविसको धारापानीमा पहिलोपटक पुगेको ग १ ख २४९० नम्बरको माईक्रोबसलाई स्थानीयबासीले फुलमालाले स्वागत गरेका थिए ।

माईक्रोबस सँगै चालक छक्रराज थापालाई सम्मान गर्दै गाउँलेले खुसीयाली मनाएका स्थानीय किसानी माविका शिक्षक ओमप्रसाद केसीले जानकारी दिनुभयो । स्थानीयबासी, जिविस, गाविस, संसद विकास कोषको लगानीमा १० किलोमिटर सडक खनेपछि सवारी साधन सञ्चालन हुन थालेको हो ।

दरवाङ देखि देविस्थानको करिब ५०० मिटर पहरामा बाटो खन्ने काम बाँकी रहेकाले म्याग्दी नदी तारेर धारापानीमा गाडी पुर्‍याइएको हो । स्थानीयबासी र सरकारी निकायको गरी करिब ८० लाख रुपैया लगानीमा सडक खनिएको दरवाङ-धारापानी ताकम-मुना ढोरपाटन सडक निर्माण समितिका सचिब दिनेश केसीले बताउनुभयो ।

सुरत केसी                                                                                    म्याग्दी चैत्र ३ गते ।

अर्सइ यामबहादुर लामिछानेद्धारा आत्महत्या

म्याग्दीमा एक जना प्रहरी सहायक निरिक्षकले गोली हानेर आत्महत्या गरेका छन् । सदरमुकाम बेनीदेखी १५ किमी पश्चिम म्याग्दीको बाबियाचौर प्रहरी चौकीका कार्यरत प्रहरी सहायक निरिक्षक यामबहादुर लामिछानेले शनिवार राती पिस्तोलले छातीमा गोली प्रहारगरी आत्महत्या गरेका हुन ।

स्याङ्जा चिलाउनेबासका ३७ वषिर्य यामबहादुर लामिछानेले आफैले बोकेको पेस्तोलको गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

राती ११ बजे आफैले बोकेको पेस्तोलले छातीमा गोली प्रहार गरेको र उपचारक्रममा राती १ बजे जिल्ल्ाा अस्पतालमा मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरिक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । गोली पड्कीएको आवाज सुनेपछि अन्य प्रहरी र छिमेकीले थाहा पाएका थिए । राती १०.३० बजेसम्म अर्सइ लामिछाने टेलीभिजन हेरेर बसीरहेका थिए ।

अर्सइ लामिछानेले आत्महत्या गर्नु पर्नाको कारण अझै खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ आचार्यले बताउनुभयो ।
सुरत केसी                                                                                    म्याग्दी चैत्र ५ गते ।

बृद्धहरुद्धारा हलोजुवा उद्योग सञ्चालन

म्याग्दीको घतानमा बृद्धहरु मिलेर सामुहीक हलोजुवा उद्योग सञ्चालन गरेका छन् ।

घतान ३ तोरीपानीमा ७३ वषिर्य जितबहादुर बानिया, ७७ वषिर्य चन्द्रबहादुर बानिया, पर्ूण्ाबहादुर खत्री र ५७ वषिर्य धर्मलाल बिकले हलो, जुवा, डाँडो लगायत खेतीबाली लगाउन प्रयोग हुने काठजन्य सामान बनाउने उद्योग सञ्चालन गर्नुभएको हो ।

नयाँ पुस्तामा सिप र रुची नहुँदा पहाडी क्षेत्रको भिरालो जमिन खनजोत गर्ने कामका लागि प्रयोग हुने हलो जुवा नभएपछि खेत बाँझै राख्नुपर्ने अवस्था आएकाले बुढेसकालमा सिपको सदुपयोग गरेर उद्योग सञ्चालन गरेको पर्ूण्ाबहादुर खत्रीले बताउनुभयो ।

हलो, जुवा, मोही, अनौ, डाँडो सामानहरु घतान, पुलाचौर, अर्थु‹े, पाखापानी, झिँ, पात्लेखेत, पिप्ले लगायत गाविसका कृषकले किनेर लैजाने गरेका छन् । एउटा हलोलाई रु.चार सय, डाँडोलाई रु.पाँच सय, जुवालाई रु. दर्ुइ सय र फाली लगायत सबै सेटलाई १४ सयका दरले बेच्ने गरेको चन्द्रबहादुर बानियाले बताउनुभयो ।

जिविकोपार्जनका लागि वन कार्यक्रम मार्फ प्राप्तभएको आकम्मीक कोषबाट १६ हजार रुपैया ऋण दिएपछि सुरु भएको ब्यवसाय अहिले नमुना बनेको घोर्लास सामुदायीक बन उपभोक्ता समितिका सल्लाहकार नरबहादुर बानियाले बताउनुभयो । उहाँका अनुसार व्यवसाय बिस्तारका लागि अन्तरिम बन परियोजनाले सहयोग गरिरहेको छ । स्थानीय घोर्लास र तुसारेपानी सामुदायीक वनमा रहेका पुराना, बाङ्गा र काम नलाग्ने रुख किनेर उनीहरुले कृषि सामान बनाउने गरेका छन् ।