Saturday, May 29, 2010

गणतन्त्र दिवस मनाईयो

शनिबार जेठ १५ अथवा गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । आजभन्दा ३ वर्षअघि अन्तरीम संविधानमा भएको व्यवस्था अनुसार नेपालमा संविधानसभाले गणतन्त्र घोषणा गरेका थियो ।

२०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपालमा साढे २ सय वर्षपुरानो राजतन्त्रको बिदाई गर्नुका साथै गणतन्त्र घोषणा गरेको थियो । दशवर्षो जनयुद्ध र २०६२/६३को दोस्रो जनआन्दोलनको उपलब्धीका रुपमा गणतन्त्र घोषणालाई लिने गरिएको छ ।
गणतन्त्र संस्थागत गर्ने नयाँ सविधान २०६७ जेठ १४ गते अथवा शुक्रबार जारी हुन नसकेपनि राजनितिक अन्यौलताका बिच गणतन्त्र दिवस मनाउन लागिएको हो । गणतन्त्र दिवसको अवसरमा शनिबार बिहान सदरमुकाम बेनीबजारमा प्रभातफेरी आयोजना भएको थियो ।
प्रभातफेरी पछि जिविस सभाहलमा भएको कार्यक्रमका सहभागीहरूले संविधान निर्माण गरि गणतन्त्र संस्थागत गर्नका लागि ध्यान केन्द्रित गर्न सुझाव दिनुभएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्कीले गणतन्त्रको संस्थागत विकास गर्न दलहरू एक भएर सहमतिका साथ नयाँ संविधान निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

संविधान निर्माणसंगै सामाजिक, सांस्कृतीक, आर्थिक र पर्ुवाधारको विकास गरि जनतालाई परिवर्तनको अनुभुती दिलाउनु अहिलेको प्रमुख दायीत्व भएको प्रजिअ कार्कीको भनाई थियो । गणतन्त्र दिवस भनिएपछि अन्य औपचारीक कार्यक्रमको तुलनामा सहभागीहरूको न्युन उपस्थिती रहेको थियो ।

गणतन्त्र दिवस समारोह समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेलले धेरै कार्यक्रम जुध्ने र व्यस्तकाका कारण न्युन सहभागीतामा गणतन्त्र दिवश मनाउनुपर्दा दुख लागेको बताउनुभयो ।

जिविसका कार्यक्रम अधिकृत पदम भण्डारीको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा आयोजित मैत्रीपर्ूण्ा फुटबल खेल र बक्तृत्वकला प्रतियोगिताका बिजयी तथा सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

No comments: