Wednesday, September 01, 2010

ग्रामिण सडक दर्ुइ महिनादेखि अवरुद्ध, आधाभन्दा बढि गाडी थन्किए

म्याग्दीका ग्रामिण भेगका बासिन्दाहरूका लागि सहज बनाउन खनिएका सडकहरू विगत दर्ुइ महिनादेखि अवरुद्ध भएका छन् ।

निरन्तर वषर्ाका कारण सडकका ठाउँठाउँमा गएको पहिरो समयमै हटाउन नसक्दा म्याग्दी जिप तथा बस व्यवसायी समितिमा आवद्ध एकसय पचास जिप तथा बसहरूमध्ये आधाभन्दा बढि यातायातका साधनहरू ग्यारेजमै थन्किंदा व्यवसायीहरूलाई दैनिक हजारौंको नोक्सान भइरहेको छ ।

ग्रामिण क्षेत्रका बासिन्दाहरूलाई घरदैलोमै यातायात सेवा पुर्‍याउनका लागि खनिएका बेनी-घार, बेनी-कुहुँ, बेनी-झिं, बेनी-पुलाचौर, बेनी-पाखापानी,वेनी भकिम्ली,वेनी भकुण्डे लगायतका सडक पहिराले पुरेपछि गएको असारको पहिलो सातादेखि नै यातायातका साधन बन्द भएको म्याग्दी जिप तथा यातायात व्यवसायी समितिले जनाएको छ ।

त्यस्तै म्याग्दीमा अत्याधिक सञ्चालनमा आउनेगरेका बेनी-जोमसोम र बेनी-दरबाङ सडकखण्डको पनि दर्जनौं ठाउँमा पहिरो गएका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् ।

बेनीदेखि दरबाङसम्मको २८ किलोमिटर सडकखण्डको डम्मरा, फापरखेत, रणबाङ, भाइबाङ, दुखुखोला, बाङ्गेपहिरो लगायतका ठाउँमा पहिरो गएको छ । त्यस्तै बेनीदेखि जोमसोम सम्म ७१ किलोमिटर सडकखण्डको चमेरे, घुमाउनेताल, बैसरी, बेगखोला, तातोपानी, पोखरेबगर, दाना, काभ्रेको भिर लगायतका दर्जनौं ठाउँमा पहिराले सडक अवरुद्ध पारेका कारण यातायातका साधनहरू सञ्चालनमा समस्या आएको म्याग्दी यातायात व्यवसायी समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।

नेपाली सेनाको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको बताउँदै म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाअध्यक्ष गोपाल केसी -मोहन) ले सेनाले सहयोग गरेमा केहि दिनमै यातायातका साधन चल्ने बताउनुभयो ।

म्याग्दी भदौ १६ गते ।

No comments: