Tuesday, September 07, 2010

३ जना कर्मचारी पुरस्कृत

सातौ निजामति दिवसको अवसरमा मंगलबार म्याग्दीका ३ जना निजामीत कर्मचारीहरूलाई पुरस्कृत गरिएको छ ।

जिल्ला अस्पतालका प्रमुख डा. लालबहादुर मल्ल, घतान गाविसका सचिव टेकबहादुर बानिया र जिल्ला कृषी विकास कार्यालयकी कार्यालय सहयोगी तिलकुमारी श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।

दिवस मूल समारोह समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा मूल्याङ्कनका आधारमा उत्कृष्ठ सेवा प्रवाह गर्ने ३ जना कर्मचारीलाई प्रतीव्यत्ती २ हजार रुपैया पुरस्कार सहित सम्मान गरिएको थियो ।

जिल्ला कृषी विकास कार्यालयका बागबानी विकास अधिकृत वेदप्रकाश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निजामति कर्मचारीहरूका बिच आपसि सद्भाव, सहयोग र भाईचारा व्यवहारको विकास गरि सेवा ग्राहीलाई छिटो, छरिटो गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

जनताप्रति उत्तरदायी भएर निजामती सेवालाई स्वच्छ र पारदर्शी बनाउनुपर्ने प्रजिअ कुरुम्वाङको भनाई थियो । दिवसको अवसरमा म्याग्दी जिल्लाका नीजामति कर्मचारीहरूले बेनीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेका थिए ।

 प्रभातफेरी संगै जिल्ला अस्पताल म्याग्दीका बिरामीहरूलाई स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेलको नेतृत्वमा फलफूल वितरण गरीएको थियो ।

म्याग्दी भदौ २२ गते ।

No comments: