Saturday, September 11, 2010

म्याग्दीको गलेश्वरमा बाढीले बगाउँदा २ जना बेपत्ता

राहुघाट खोलामा शुक्रबार राती आएको बाढीले बगाउँदा म्याग्दीको पिप्ले गाविस ३ गलेश्वरमा एकै घरका २ जना वेपत्ता भएका छन् ।

नदी थुनिएर आएको बाढीले पिप्ले गाविस ३ का ७३ वषिर्य गमबहादुर शाही र उनकी ६९ वषिर्या श्रीमती बिजुला शाहीलाई बगाएको हो ।

एक्कासी बाढी आएपछि खोला किनारमा हर्ेन गएका उनीहरू उभिएको ठाउँ भत्कीएपछि खोलामा खसेर वेपत्ता भएका हुन् । राती साढे ११ बजेदेखि राहुघाट खोलामा वेपत्ता भएका उनीहरूको नेपाली सेना, प्रहरी र स्थानीय युवाहरू मार्फ खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

बाढीले बेनी जोमसोम सडकखण्डको गलेश्वर तिल्केनीचौर जोड्ने राहुघाट खोलामा रहेका बेलीब्रिजको तटबन्ध भत्काएको छ । पुलको जिप भत्कीएपछि बेलीब्रिज जोखिममा परेको छ । आवतजावत बन्द भएको छ । नदी कहाँ थुनिएको हो भन्ने खुल्न सकेको छैन् ।

नदी किनारमा पुल र बस्ती सुरक्षित बनाउन गरिएको तटबन्ध पनि बाढीले भत्काएको छ । बेनी जोमसोम सडक खण्ड अर्न्तगत पर्ने करिब ३ सय मिटर सडक भत्कीएको छ । सडक शनिबार देखिनै अवरुद्ध बनेको छ ।

बाढीले पिप्ले तील्केनीमा साधुसन्त बस्दै आएको एक वटा कुटी भत्काउनुका साथै केही घरका शौचालय समेत बगाएको छ । गलेश्वर खानेपानी योजनाको पाईप बगाएको छ । गलेश्वरमा खानेपानी अवरुद्ध बनेको छ । नदी किनारमा ठूला ठूला रुखका मुढाहरू यत्रतत्र रहेका छन् ।

बिहीबार रातीदेखि टेलीकमको पञ्चासे स्थित रिपीटर टावरमा खराबी आएपछि धौलागिरि अञ्चलमा सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा समस्या आएको थियो । बाढीले जनजिवन अस्तव्यस्त पारेपछि गलेश्वर आमा समुहले शनिबारदेखि गलेश्वरमा आयोजना गरेको तीज मेला पनि स्थगित गरिएको समुहकी अध्यक्ष शान्ता शेरचनले बताउनुभयो ।

सुरत केसी/म्याग्दी भदौ २६ गते ।

No comments: