Thursday, September 16, 2010

म्याग्दी क्याम्पसको पर्ुवाधार विकासका लागि भारतको सहयोग

म्याग्दी बहुमुखी क्याम्पसको भौतीक पर्ुवाधार निर्माण गर्न भारत सरकाले करिब तीन करोड रुपैया आर्थिक सहयोग गर्ने भएको छ ।

सहयोगका लागि बुधबार काठमाडौमा क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदी, क्याम्पस व्यवस्थापन समितिका निर्बतमान अध्यक्ष चित्रलाल शेरचन र भारतीय दुतावासका काउन्सीलर बीच संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

म्याग्दीका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेल, भुतपर्ुव सैनीक कल्याणकारी संघ म्याग्दीका अध्यक्ष मिनबहादुर कार्कीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार भारतले क्याम्पसमा २ कोठे पक्की भवन, १ वटा छात्रावास र फर्नीचर का लागि दर्ुइ करोड ७९ लाख ८१ हजार २५ रुपैया अनुदान सहयोग गर्ने क्याम्पस प्रमुख रामज्रि्रसाद सुवेदीले बताउनुभयो ।

जिविस मार्फ पर्ुवाधार निर्माणको काम हुने क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो । आगामी १५ महिनामा पर्ुवाधार निर्माणको काम पुरा गर्ने सम्झौता भएको छ । पर्ुवाधार निर्माण भएपछि सामुदायबाट सञ्चालित जिल्लाको पहिलो सो क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन हुने जनाईएको छ ।

म्याग्दी भदौ ३१ गते ।                                                सन्तोष गौतम 

No comments: