Friday, September 03, 2010

म्याग्दीमा टेलीकमका २ वटा सेवा सुरु

दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलीकमले म्याग्दीमा २ वटा नयाँ सेवा सुरु गरेको छ । टेलीकमले एडिएसएल र नोटीस वोर्ड  सेवा सूरू गरेको हो ।

एडिएसएल सेवा र्साईवर, वित्तिय संस्था, बैङ्क, विद्यालय, रेमीट्यान्स लगायत १ वटा भन्दा बढी कम्प्युटरमा नेटवर्कीङ गरेर्रर् इन्टरनेट चलाउने ग्राहकहरूका लागि उपयोगी हुने नेपाल टेलीकम म्याग्दी, शाखाले जनाएको छ ।

डाउनलोड क्षमत्ता बढी भएकाले डायल अप प्रविधिको तुलनामा एउटै लाईन टेलीफोन मार्फ असिमिति प्रयोग कर्तालर्ेर् इन्टरनेट प्रयोग गर्दा सुविधा पुग्नेछ । म्याग्दी काली सञ्चार सहकारी संस्थाले पनि विगत २ वर्षेखि सदरमुकाम र आसपासका क्षेत्रमा ताररहीत प्रविधिको त्रि्र गतिकोर् इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

अपलोड भन्दा डाउनलोड क्षमत्ता बढी भएको यो सेवा मार्फर् इन्टरनेटसंगै टेलीफोन सेवा पनि उपभोग गर्न सकिने भएकाले प्रभावकारी बन्ने शाखाकार् इश्वरी आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार म्याग्दीमा गतहप्तादेखि १ सय २८ केबीपिएस र २ सय ५६ केबिपिएस क्षमत्ताको एडिएसएल सेवा सुरु गरिएको हो । ६ जनाले जडान गरिसकेको यो सेवा जडानका लागि थप ३० जना सर्म्पर्कमा आएका छन् । जिल्लामा पहिलो चरणमा ९६ जना ग्राहकलाई वितरण गर्न सकिने यो सेवा विस्तार गर्ने योजना रहेको आचार्यले बताउनुभयो ।

'नेट चलाईरहेको समयमा पनि टेलीफोन प्रयोग गर्न सकिन्छर्,र् इन्टरनेट चलाएवापत ग्राहकले छुट्टै बिल तिर्नुपर्दैन आचार्यले भन्नुभयो । एडिएसएल सेवा जडान गरेपछि ग्राहकले मासिक  १ सय २८ केबीपिएस क्षमत्ताको लागि कर भ्याट सहित १ हजार सत्र र २ सय ५६ केबीपिएस क्षमत्ताको लागि करभ्याट सहित १ हजार ६ सय ९५ रुपैया शूल्क तिर्नुपर्छ ।

यसैगरी टेलीकमले म्याग्दीमा नोटीस बोर्ड सेवा पनि सुरु गरेको छ । टेलीकमका ग्राहकले भ्वाईस मेल बस्क मार्फ आफ्नो संस्था तथा व्यक्तिगत सूचना सामान्य शूल्कमा सम्बन्धित पक्षलाई पुर्‍याउन सक्छन् । ल्याड लाईन, भिस्याट, सिडिएम फोन र जिसएएम तथा स्काई मोवाईलका ग्राहकले यो सेवा उपभोग गर्न पाउनेछन् ।

टेलीकमका अनुसार टेलीफोन मार्फ १६१८ डायल गरि प्राप्त निर्देशन अनुसार सम्बन्धित नम्बरमा सर्म्पर्क गरेपछि सूचना प्राप्त गर्न फोन गर्नुपर्दैन् । नोटीस बोर्ड सेवा मार्फ सूचना लिने व्यक्तिले १ लोकल कल बराबरको शूल्क तिर्नुपर्नेछ ।

म्याग्दी भदौ १८ गते ।

No comments: