Monday, September 13, 2010

खानेपानीको पाईप फुट्यो बेनीमा प्रसोधन नभएको पानी वितरण

म्याग्दीको सदरमुकाम बेनीमा राम्चे गाविसको पुम्दी खोलाबाट पानी ल्याउन प्रयोग गरिएको जिआई पाईप गलेश्वरमा भाँचीएर टुटेको छ ।

राहुघाट खोलामा आएको बाढीले पाईप खोला तार्न निर्माण गरिएको पिल्लर आईतबार भत्काएपछि पाईप टुटेको हो । पाईप भाँचीएर टुटेपछि पुम्दी खोलाको मुहानबाट बेनीमा खानेपानी आपर्ूर्ती बन्द भएको छ ।
भकिम्लीको दूधे मुहान र पुम्दी खोलाको मुहानबाट सदरमुकाममा बेनी खानेपानी संस्थाले खानेपानी बितरण गर्दै आएको छ । पुम्दीखोलाबाट पानी ल्याउन नसकिएपनि दूधे मुहान र बराहपाखोको मुहानको पानी वितरण गरिने भएकाले खानेपानी आपर्ूर्ती बन्द नहुने संस्थाले जनाएको छ । दूधे मुहानको पानी प्रसोधन हुने भएपनि बराहपाखोको मुहानको पानी प्रसोधनबिना वितरण हुन्छ ।

"रिजर्भ ट्याङ्कीमा कम पानी हुने भएकाले पालो लगाएर वितरण गर्र्छौ" बेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठले भन्नुभयो "खानेपानी आपर्ूर्ती प्रभावित भएपनि अभाव हुन दिन्नौ ।" मुहानबाट प्रसोधन नगरी सिधै रिजर्भ टंयाङीबाट पानी वितरण हुने भएकाले उमालेर मात्र पानी पिउन समीतीले अनुरोध गरेको छ ।

 ६ सय मिटर पाईप मगाएर मर्मत सुरु गरेकाले १ हप्ता भित्रमा नियमित खानेपानी आपर्ूर्ती हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । संस्थाका अनुसार बेनीका ७ सय १२ घरपरिवार उपभोक्तालाई प्रतिसेकेण्ड १३ लिटर खानेपानी आवश्यक पर्छ । नियमित खानेपानी आपर्ूर्ती नहँुदा समस्या परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

म्याग्दी भदौ २८ गते ।

1 comment:

Anonymous said...

प्रसोधन नगरेको पानी खुवाउदा जनस्वास्थ्यमा असर पर्दैन त ?