Tuesday, September 07, 2010

सरकारी विद्यालयको शैक्षिक गुणस्तरीयतामा जोड

म्याग्दीका सरोकारवालाहरूले व्यवसायीक र प्राविधिक शिक्षाको विकास गर्दै सरकारी विद्यालयहरूको शैक्षिक गुणस्तरीयता वृद्धी गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ल्ाा शिक्षा कार्यालयले सोमबार बेनीमा आयोजना गरेको जिल्ला शिक्षा योजना पुनरावलोकन एंव निर्माण सम्बन्धि सुझाव संकलन कार्यक्रमका सहभागिहरूले सो कुरामा जोड दिएका हुन् ।

सम्बन्धित कार्यालय र संघ संस्थाका प्रमुख, शिक्षक, राजनितिक दलका प्रतिनिधी र पत्रकारहरू सहभागि रहेको कार्यक्रममा म्याग्दीमा कक्षा छाड्ने र दोहोर्‍याउने विद्यार्थीको संख्या बढेको तथा प्रवेशीका परिक्षाको उतर्ीण्ादर पनि वाषिर्क रुपमा घट्दै गएको प्रती चिन्ता व्यक्त गरिएको थियो ।

सरकारी विद्यालयहरूमा विद्यार्थीको आकर्षा घट्नुलाई गम्भिर समस्याको रुपमा लिएर विद्यालयहरूमा पर्ुवाधारको विकास गर्ने, शिक्षकहरूलाई उत्प्रेरीत तथा व्यवस्थापन समितिलाई जिम्मेवार बनाउन आवश्यक रहेको सहभागीहरूले सुझाव दिएका छन् ।  

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समावेशिकरण, मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्था, नैतीक र प्राविधिक शैक्षिक प्रणालीको विकास गर्दै स्थानीय तहमा विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेल, निमित्त महिला विकास अधिकृत कल्पना सापकोटा, एकिकृत नेकपा माओवादीका जिल्ला सचिव लालु किसान, नेपाली कांग्रेसका सभापति रेशमबहादुर बानिया, सचिव माधवप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवी विश्वकर्मा, अपाङ्ग संघका अध्यक्ष गोपाल केसी, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख रामज्रि्रसाद सुवेदी, अखिल नेपाल शिक्षक संगठनका सोमनाथ ढुङ्गाना, शिक्षक हरिकृष्ण सुवेदी लगायतले सुझाव दिनुभएको थियो ।

स्रोत व्यक्ती डेगबहादुर बानीयाको सञ्चालनमा सम्पन्न कार्यालयका उपसचिव युक्तप्रसाद शर्माले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि उठेका जिज्ञाशाहरूको जवाफ दिँदै जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले सुझावलाई समेटेर जिल्ला शिक्षा योजना तयार गरिने जानकारी दिनुभयो ।

म्याग्दी भदौ २२ गते ।

No comments: