Friday, September 17, 2010

भाईरल ज्वरोले पुरै गाउ प्रभावित, विद्यालय बन्द

म्याग्दी वेगखोला गाविस वडा नं ७, ८ र ९ वादुक गाउका पुरै ६५ घर परिवार भाईरल ज्वरोबाट प््रभाबित भयको छ ।

पुरै गाउका बालबालिकाहरु भाईरल ज्वरोले थलिएपछि स्थानिय कृष्ण निम्न माध्यामिक विद्यालयलाई पनि विहिवारदेखी बन्द गरिएको छ । सवै विद्यार्थी र शिक्षकहरु ज्वरोले सुतेपछि अनिश्चित समयसम्मलाई विद्यालय नै बन्द गरेका छौं' प्रध्यानध्यापक कर्मलाल नेपालीले बताउनु भयो ।

सदरमुकाम वेनीदेखि एकदिनको पैदलयात्रापछि पुगिने बादुक गाउमा एकहप्तादेखि फैलिएको ज्वरोबाट एकसय ५० भन्दा बढी विरामी परेका छन् । गाउमा स्वास्थ्यचौकी र नीजी क्लिनिक समेत नहुदा विरामीहरुको उपचार गर्न समस्या भएको छ ।

सवैघरका विरामी छन, कति जनालाई दिनभर डोकोमा बोकाएर सदरमुकाम पुर्‍याउने' अर्की शिक्षिका तिलकुमारी गर्वुजाले बताउनु भयो । शिक्षिका गर्वुजाका अनुसार हरेक घरमा दर्ुइजनासम्म ज्वारोले थला परेका छन् । विरामीमा ज्वरो आउने, वान्ता हुने र आखा दुख्ने र बन्द हुने लक्षण देखापरेको छ ।

जिल्ला अस्पतालका प्रमुख डा. लाल वहादुर मल्लले ज्वरो प्रभावित क्षेत्रमा नजिकको बेग उपस्वास्थ्यचौकीका अहेव लाल वहादुर राउत सहितको श्वास्थ्यकर्मीको टोली पर्ठाईएको छ । त्यसैगरी जिल्ला अस्पतालमा पनि दैनिक २० देखि २५ जना भाइरल ज्वराका विरामी आउने गरेका छन् । दुषीत पानीका कारण भाईरल, र्टाईफाईड र जन्डीसका बिरामी बढेका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।  

यसैगरी भाईरल ज्वरोका कारण बरङ्जा गाविसको जनजिवन पनि प्रभावित बनेको छ । शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयहरूमा पठनपाठन समेत प्रभावित बनेको बरङ्जाका शिक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

ज्वरो, रुघाखोकी र घाँटी दुख्ने समस्याका कारण विद्यालयका शिक्षक विद्यार्थी प्रभावित भएका जनप्रिय निमावी बरङ्जा खर्कका प्रअ यामप्रसाद र्घर्तीले बताउनुभएको छ । शिक्षक र विद्यार्थ्र्ाी बिरामी भएपछि स्थानीय सनर्साईन आवाशिय विद्यालय केही दिन बन्द भएको थियो ।

बरङ्जा उपस्वास्थ्य चौकीकार् इञ्चार्ज नारायणदत्त सापकोटाका अनुसार चौकीमा दैनिक २० देखि ३० जना भाईरलका बिरामी उपचारका लागी आउने गरेका छन् ।

म्याग्दी असोज १ गते।                                                 घनश्याम खड्का

No comments: