Friday, September 17, 2010

छोरीलाई करणी गर्ने पक्राउ

म्याग्दीको पिप्ले गाविसबाट आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार पिप्ले गाविस ३ बोक्सेका ५९ वषिर्य नन्दबहादुर कार्की आफ्नै छोरीलाई जवरजस्ती गरेको अभियोगमा पक्राउ परेका हुन् ।

बिरामी अवस्थामा पनि कार्कीले जवरजस्ती करणी गरेपछि पिडितले बिहीबार आमालाई जानकारी गराएकी थिईन् ।

कार्कीलाई उनकी श्रीमतीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

पिडित १४ वषिर्या किशोरीले मदिरा सेवन गरि मोतर आफूलाई पटक पटक जवरजस्ती गरेर शारिरीक र मानसीक यातना दिएको बताएकी छन् । पिडकलाई हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान सुरू भएको प्रनाउ भट्टले जानकारी दिनुभयो ।

म्याग्दी असोज १ गते ।                                            सुरज  केसी

1 comment:

Dhanilal Garbuja said...

धन्यबात सुरज सर ताजा खबर दिनु भए कोमा !!! यस्तो अपराधी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ