Wednesday, September 01, 2010

अपाङ्ग परिवारलाई आर्थिक सहयोग

म्याग्दीको भगवती गाविस-७ हुमेनटोलमा रहेका अपाङ्ग परिवारलाई आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।

हुमेन टोलकी हरिकला रिजालका अपाङ्ग छोरीहरू पदमकुमारी र चेतकुमारीको स्याहार सुसारका लागि लागि देश विदेशबाट सहयोग प्राप्त हुन थालेको अधिकारकर्मि अगन्धर तिवारीले जानकारी दिनुभयो ।

जन्मैदेखि अशक्त र श्रवणशक्ति विहीन प्रसारण प्रकाशन भएपछि बिदेशमा रहेका नेपालीहरूले साठी हजार रुपैयाँ सङ्कलन गरेर पठाएका छन् ।

२०२९ सालमा जन्मीएकी चेतकुमारी जन्मदेखिनै श्रवणशक्ति विहीन र पदमकुमारी शारिरीक अशक्तताका कारण ओछ्यानमा थलापरेकी छन् । उनीहरूको स्याहार सुसारमा समय खर्चीनुपर्दा विपन्न वर्गको सो परिवार समस्यामा परेको समाचार विभिन्न सञ्चार माध्यम मार्फ प्रकाशमा आएको थियो ।

अपाङ्ग परिवारको समस्याका बारेमा समाचार प्रकाशन प्रशारण भएपछि अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था 'युनाइटिङ नेपाल'ले २० हजार नगदका साथै दर्ुइ वर्षम्म मासिक २ हजारका दरले
सहयोग गर्ने संस्थाका नेपाल प्रतिनिधि विश्वास पण्डितले बताउनुभयो ।

सहयोग वितरण कार्यक्रममा हरिकला रिजालले सञ्चारमाध्यमको सहयोगमा पाएको रकमले छोरीको स्यारसुसारमा खर्च गर्ने बताउनुभयो । गत महिना मात्र काठमाण्डौमा रहेको लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतमले पनि सोहि परिवारका लागि नगद दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

म्याग्दी भदौ १६ गते ।

No comments: