Tuesday, September 07, 2010

बेनी जोमसोम सडक खुल्यो

विगत तीन महिना देखि अवरुद्ध जोमसोम सडक खण्ड मध्ये बेनी घाँसा सडक सञ्चालनमा आएको छ ।

नेपाली सेनाको बेनी जोमसोम सडक निर्माण गण, टुकुचेका स्याउ कृषक, जिविस मुस्ताङ र म्याग्दी जिप तथा बस व्यवसायी समितिको संयुक्त लगानीमा सडक मर्मत भएपछि सवारी साधन सञ्चालन भएको हो ।

सडक मर्मतका लागि टुकुचेका स्याउ किसानको ९ लाख रुपैया र जिविस मुस्ताङले ४ लाख रुपैया आर्थिक सहयोग गरेका सडक मर्मत समितिका संयोजक शोभियत शेरचनले जानकारी दिनुभयो ।

त्यसैगरी म्याग्दी जिप तथा बस सञ्चालक समिति र नेपाली सेनाको प्राविधिक सहयोगमा सडकका विभिन्न ठाउँमा गएको पहिरो हर्टाईएपछि सवारी साधन सञ्चालन भएका समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो ।

उपाध्यक्ष केसीका अनुसार सोमबारदेखि सडकमा साना ठूला सबै किसीमका सवारी साधन सञ्चालन भएका छन् । सडक खुलेपछि मुस्ताङको प्रमुख कृषी उत्पादन स्याउ ढुवानी हुन थालेको छ । स्थानीयबासीका साथै मुस्ताङ भ्रमण जाने र त्यहाँबाट र्फकने तिर्थयात्री तथा पर्यटकलाई सुविधा पुगेको छ ।
टुकुचेदेखि म्याग्दीको काभ्रेसम्म जिविस मुस्ताङ र टुकुचेका कृषक तथा सम्म टुकुचेका कृषकले मर्मत गरेका हुन् । त्यसैगरी काभ्रेदेखि बेगखोलासम्म नेपाली सेनाले र बेगदेखि बेनीसम्म म्याग्दी जिप तथा बस व्यवसायी समितिले सडक मर्मत गरेका हुन् ।

सडक खण्डको चमेरे, बेगखोला, भुरुङ तातोपानी, काभ्रे, रुप्से, भिरकाटे, तिप्ल्याङ भिर, बाँरजुङभिर लगायतका ठाउँमा गएको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । यसैगरि शुक्रबारदेखि अवरुद्ध बेनी दरबाङ सडक पनि मौसममा सूधार आएपछि यातायात व्यवसायीले मर्मत गर्न गरेका छन् ।

सडक खण्डको फापरखेत, लामापाटा, बाङ्गेपैरो र ढाँर्डखर्कमा गएको ठूला पहिरो हटाउन यातायात ब्यवसायीले नसक्ने र अन्य ठाउँको सडक मर्मत गरी मंगलबारदेखि खण्ड खण्ड गरेर सवारी सञ्चालन गरिने म्याग्दी जिप तथा बस सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष जय अधिकारीले बताउनुभयो ।

यातायात ब्यवसायीले जिर्ण्र्ााडक मर्मत गर्न सरकारी निकायले चासो नदेखाएको भन्दै शुक्रबारदेखि सो सडकमा सवारी साधन सञ्चालन गर्न बन्द गरेका थिए । जिविसमा सोमबार बसेको र्सवदलीय बैठकले पनि सडक मर्मत गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्ण्र्ाागरेको छ । बैठकपछि जिविसले लागत अध्ययनका लागि प्राविधिक टोली खर्टाई सकेको छ ।

म्याग्दी भदौ २२ गते ।

No comments: