Monday, September 06, 2010

महासंघको मिसन टोली मुस्ताङमा

सञ्चार माध्यम र पत्रकारहरूमाथि भएको आक्रमणका घटनाहरूको विषयमा अध्ययन गर्न गठन भएको नेपाल पत्रकार महासंघको मिसन टोली सोमवार मुस्ताङ पुगेको छ ।

समाचारका विषयमा स्थानीयबासीले केहीदिनअघि जोमसोमबाट प्रकाशन हुने हिमालपारी आवाजका प्रकाशक सम्पादक भिम रर्साईलीमाथि आक्रमण गरी पत्रीका प्रकाशन बन्द गराउने र अर्का पत्रकार चन्द्रेश्वर बस्ताकोटीलाई धम्की दिएका थिए । पत्रकार बस्ताकोटी नेपाल टेलीभिजन, गण्डकी खबर राष्ट्रिय दैनिक, लगायत सञ्चार माध्यमहरूसंग आवद्ध हुनुहुन्छ ।

आक्रमण र दर्ूर्व्यहार पछि रर्साईली मुस्ताङबाट विस्थापीत हुनुभएको छ भने बस्ताकोटीलाई प्रहरीले २ दिनदेखि पहरा दिइरहेको छ । स्थानीय मुखीयाहरूको नेतृत्वमा  पत्रकारहरूलाई कालोमोसो र जुत्ताको माला लगाउने, आक्रमण गर्ने तथा जिल्ला छाड्न धम्की दिने घटनाका विषयमा अनुसन्धान गर्न मिसन टोली मुस्ताङ पुगेको हो ।

आईतबार महासंघका कोषाध्यक्ष रमेश विष्टको नेतृत्वमा क्षेत्रीय संयोजक रबिन्द्र बाँस्तोला र केन्द्रिय सदस्य पुण्य पौडेल सहभागि टोलीले पिडित पत्रकार, स्थानीय प्रशासन र स्थानीयबासीसँग छलफल गरेको छ । "स्थानीयबासी पत्रकार विरुद्ध आक्रामक भएका छन्" टोलीका सदस्य पौडेलले भन्नुभयो "यहाँ पत्रकारीताका लागि गाहृो छ ।"

"आफूले लेखेको नलेखेको सबै समाचारको जिम्मेवारी लिन दवाव आईरहेको छ" बस्ताकोटीले भन्नुभयो "फोन र प्रत्यक्ष भेटेर जिल्ला छाड्न धम्की दिइरहेका छन् ।" वास्तवीकतामा आधारीत भएर सत्य, तथ्य समाचार लेख्दा पनि चित्त नबुझे खण्डन गर्ने र कानुनी बाटो अपनाउने अवस्था रहँदा रहँदै सिघै आक्रमणको प्रयास हुनु दुखद घटना भएको सदस्य पौडेलले बताउनुभयो ।

मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकार ओमप्रसाद पाण्डेयले स्थानीय संग छलफल गरि पत्रकारीता गर्ने वातावरण सिर्जना गर्न पहल गरिरहेको बताउनुभयो ।

म्याग्दी भदौ २१ गते ।

No comments: