Friday, September 17, 2010

विद्यालयमा विद्यार्थीका टाउका गन्न सुरु

म्याग्दीका विद्यालयहरूमा विद्यार्थीका टाउका गणना कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यालयहरूमा विद्यार्थी संख्या बढी देखाएर योजनाका लागि बढी रकम माग हुने समस्या नियन्त्रण गर्न जिल्ला शिक्षा कार्यालयले अकस्मात यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।

अनुगमनका लागि शिक्षा कार्यालयका कर्मचारी र एक विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा पठाएर परिचालन गरिएको जिशिज दिलनाथ पुरीले बताउनुभयो ।

जिशिअ पुरीका अनुसार अनुगमनका क्रममा सबै विद्यालयका कक्षा कक्षामा पुगेर विद्यार्थी संख्या गणना गर्नुका साथै हाँजीरी पनि जाँच गर्नेछन् । अनुगमनपछि यसअघि संकलन भएको तथ्याङ्क प्रमाणीत गरिने जिशिज पुरीले बताउनुभयो ।

जिशिज पुरीको नेतृत्वमा अर्जुन उच्च मावि भकुण्डे, शिव प्रावि लगायत विद्यालयको अनुगमन गरिएको थियो । विद्यार्थी र शिक्षकको विद्यालयमा उपस्थिती संख्या, विद्यार्थीले छात्रवृत्ति, निशूल्क पाठ्यपुस्तक पाए नपाएको लगाएतका विषयमा अनुगमन हुने जनाईएको छ । विद्यार्थी संख्या बढी देखाएर बजेट दुरुपयोग गर्ने प्रवृती नियन्त्रण गर्न यस्तो अभियान सञ्चालन गरिएको हो ।

गत वर्षतथ्याङ्कका आधारमा देशभर ३० लाख जना विद्यार्थीका लागि निशूल्क पाठ्यपुस्तक छपाएको भएपनि छापीएका पुस्तक खपत नभएपछि विद्यार्थी संख्या बढाउने प्रवृतीको रहस्य खुलेको छ । ५० लाख जना विद्यार्थीका लागि बजेट माग भएको भएपनि ३० लाख जना विद्यार्थीका लागि छपाइएको पाठ्यपुस्तक खपत हुन सकेको थिएन् ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा प्राविमा २१ हजार ४ सय ८६, निमाविमा ८ हजार ९ सय ५, माविमा ४ हजार ४ सय १२ र उच्च माविमा १ हजार ४ सय २० जना विद्यार्थी अध्ययनरत छन् । जिल्लामा २ सय ४५ वटै सामुदायीक र सरकारी विद्यालय छन् ।

त्यसै गरी गुप्तेश्वर बाल प्रावि कुहुँ १ खानी गाउँको बिहीबार तथ्याङ्क प्रमाणीकरणका लागि जिल्ला शिक्षा कार्यालयले खटाएको टोलीले छड्के अनुगमन गरेको छ ।

बाबियाचौर स्रोत केन्द्रको निर्देशनमा मनकामना प्रावीकी प्रअ निर्मला राम्जाली र शिक्षीका हिरा जिसीको टोलीले विद्यार्थी संख्या, छात्रवृत्ती वितरण, शिक्षक विद्यार्थी उपस्थिती लगायतका विषयमा अनुगमन गरेको थियो ।

सो अवसरमा शिक्षक, विद्यार्थी, र अभिभावक संग शैक्षिक र भौतीक पर्ुवाधारको विषयमा पनि छलफल भएको थियो ।

  म्याग्दी १ असोज।                                                               सन्तोष गौतम 

No comments: