Saturday, September 25, 2010

अवरुद्ध सडक आंशिक रुपमा सञ्चालन

पहिरो गएर सडक भत्कीएपछि अवरुद्ध बनेका म्याग्दीका बेनी जोमसोम र बेनी दरबाङ सडक आंशीक रूपमा सञ्चालन भएको छ ।

    बेनी दरबाङ सडक खण्डका बाबियाचौर र बेनी जोमसोम सडकको दाना तितर सम्म सवारी साधन सञ्चालन भएका म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टचनले बताउनुभयो ।
 बेनी दरबाङ सडक खण्डको डम्मरा, ठूलोखोला, तातोपानी लगायत ठाउँमा पहिरोले भत्काएको सडक मर्मत गर्ने जिविसले आश्वासन दिएपछि यातायात ब्यवसायीले मर्मत गरेका हुन् ।
यसैगरी नेपाली सेना र यातायात ब्यवसायीले मर्मत गरेपछि जलेश्वर, चमेरे, बेगखोला, तातोपानी र बाँदरजुङ भिरमा पहिरो गएपछि अवरुद्ध बनेको बेनी जोमसोम सडकमा पनि सवारी साधन सञ्चालन भएका छन् ।

जिल्लाको मुख्य २ वटा सडकमा सवारी साधनमा नियमित सवारी साधन सञ्चालन नहुँदा ग्रामिण क्षेत्रमा चाडबाडका समयमा खाद्यन्न र दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा मुस्ताङ जाने तिर्थयात्री, पर्यटक र र्सवसाधारण समस्या परेको छ । 

    यसैगरी असार महिनादेखि अवरुद्ध म्याग्दीका बेनी-कुहुँ, बेनी-पाखापानी, बेनी नांगी, रत्नेचौर-भकिम्ली र हाँडीभिर बरङ्जा कच्ची सडक भने मर्मत अभावमा सञ्चालन हुन सकेका छैनन् ।

म्याग्दी असोज ९ गते ।

No comments: