Wednesday, September 15, 2010

२ जना बालीका जन्मदेखिनै ओछ्यानमा

शारिरीक अशक्तताका कारण म्याग्दीको अर्मन र ताकममा २ जना बालीकाहरू जन्मदेखिनै ओछ्यानमा सिमित भएर जीवन बिताउन बाध्य बनेका छन् ।

अर्मन २ हिलवाङकी १० वषिर्या नम्रता केसी र ताकम २ धारापानीकी ८ वषर्ीया समिक्षा थापा शारिरीक अशक्तताका कारण कष्टकर जीवन बिताउन बाध्य बनेका हुन् । जन्मदेखिनै अशक्त दुवै जनालाई खाना खुवाउने, चर्पि गराउने देखि सबै कामका लागि परिवारका एक/एक जना सदस्यले सघाउँदै आएका छन् ।
नम्रताकी आमा मायादेवीले छोरीले बेला बेलामा ओठमुख चलाउने, हातखुट्टा बटार्ने बाहेक, उनमा कुनै शारिरीक तथा मानसिक क्रियाकलाप गर्न नसक्ने बताउनुभयो । जेठी छोरी नम्रताकै स्याहारमा समय बित्ने गरेको मायादेवीले बताउनुभयो ।

निम्नवर्गीय परिवारमा जन्मीएकी नम्रताका बुवा सतबहादुर रोजगारको शिलशिलामा खाडी मुलुक जानुभएको छ । उनको तौल करिब १५ किलोग्राम रहेको स्थानीय शिक्षीका उमा कंडेलले बताउनुभयो ।

छोरीलाई नेपालको अधिकांश अस्पतालमा उपचारका लागि पुर्‍याएपनि डाक्टरहरूले उनको उपचार नेपालमा सम्भव नभएको बताएका मायादेवीले बताउनुभयो । उहाँले छोरीको स्याहारका लागि ओछ्यानमै दिसापिसाप तर्काएर र झिंगा धपाएर बस्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।

अपाङ्ग बालबालीकालाई सरकारले सुविधा दिने जानकारी पाएपनि अझ सम्म छोरीलाई अपाङ्गगता परिचयपत्र दिलाउन नसकेको मायादेवीको भनाई छ । उहाँले गाविस सचिवले १५ वर्षुगेपछि मात्र सुविधा पाउने बताएकाले अपाङ्गता परिचयपत्रका लागि पहल गर्न नसकेको बताउनुभयो ।

उता ताकम २ की समिक्षाको पनि नम्रताकै जस्तै समस्या छ । गरिबीका कारण छोरीको उपचारका लागि पहल गर्न नसकेको समिक्षाका बुवा नरबहादुर थापाले बताउनुभयो । छोरीको स्याहार सुसारमा दिन बिताउँदा परिवारको जिवनयापन पनि कष्टकर बनेको छ । गाविसबाट मासिक एक हजार रुपैया अपाङ्ग भत्ता बाहेक अन्य सहयोग कसैबाट नपाएको नरबहादुरले बताउनुभयो ।

म्याग्दी अस्पतालका प्रमुख डाक्टर लालबहादुर मल्लले महिलाले गर्भ रहेको ३ महिनासम्म मेडीसीन औषधीको प्रयोग गर्दा त्यसको असर पेटभित्र रहेको बच्चाको शारिरीक विकासमा पर्ने भएकाले बालबालीका जन्मजात अपाङ्ग हुन सक्ने बताउनुभयो । शिशुलाई सुताएर स्तनपान गराउँदा कान नसुन्ने लगायतका समस्या आउने भएकाले मातृशिशु स्याहारमा ध्यान दिने हो भने यस्ता समस्या रोक्न सहयोग पुग्ने डाक्टर मल्ल बताउनुहुन्छ ।

म्याग्दी भदौ ३० गते ।

No comments: