Wednesday, September 15, 2010

बेनीमा मदरसा स्थापना

म्याग्दीको सदरमुकाम बेनीमा मुस्लीम समुदायका विद्यार्थीहरूले मातृभाषामा अध्ययन गर्ने मदरसा विद्यालय स्थापना भएको छ ।

विभिन्न सरकारी निकाय र मुस्लीम सेवा समिति, म्याग्दीको पहलमा बेनी स्थित मालपोत कार्यालय पछाडी मदरसा स्थापना गरिएको हो ।

यसै वर्षस्थापना भएको मदरसामा सो समुदायका ६५ जना बालबालीका अध्ययनरत छन् । सो मदरसामा कक्षा ८ सम्म उर्दु, अरवी र फारसी भाषामा पर्ढाई हुन्छ ।

दिउँसो अन्य विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू बिहान र बेलुकी मदरसामा आफ्नै मातृभाषामा पढ्छन् । यस अघि पर्वत बेनीको प्राथना गृहमा अध्ययन गर्दै आएका बालबालीकालाई छुट्टै स्थानमा पढ्न पाउँदा सुविधा पुगेको छ ।

मदरसा स्थापना गर्नका लागि जिल्ला विकास समितिले ५० हजार, जिल्ला शिक्षा कार्यालयले २६ हजार र अर्थुङ्गे गाविसले २० हजार रुपैया आर्थिक सहयोग गरेको मुस्लीम सेवा समितिका सचिव रहमद खाँले जानकारी दिनुभयो ।

मदरसामा अध्यापन गराउने एक जना शिक्षकको व्यवस्था भने समुदायलेनै गरेका छन् । चन्दा संकलन गरेर मदरसा सञ्चालन गरिएको समितिले जनाएको छ । यस अघि शिक्षा कार्यालयको मातहतमा रहन नसकेको सो मदरसालाई यस वर्षेखि कार्यालयको मातहतमा ल्याइएको छ ।


म्याग्दी भदौ ३० गते ।

2 comments:

HelMandu said...

I am very happy to see you on blogger. Sir, keep it up and try something new. I like to request you to write in blogging style too...!

suraj kc said...

Thanks nirajan sir