Thursday, September 09, 2010

बिजुली चम्कन्छ, त्रास बढ्छ अनि न्रि्रा भाग्छ

जब आकाशमा कालोबादल देखिन थाल्छ,  डाडामाथीबाट विजुली चम्कन्छ, तव रड, सिमेन्ट र कंक्रिटबाट निर्मित आलिसान महलमा रमाई रहेका सदरमुकाम बेनीबासीको मनमा त्रास बढ्दै जान्छ, रातको न्रि्रा भाग्छ ।

दाया र बाया दुवै कोखाबाट म्याग्दी र कालीगण्डकी नदीको निरन्तर कटानले बर्षोनी खुम्चंदै गएको म्याग्दी सदरमुकाम बेनीबासी यसपालादेखी थप भएको बेनी-अथुङ्गे मोटरबाटो र त्यसबाट निक्लेको माटो 'भुत' को त्रासले रात राम्ररी निदाउन सक्दैनन् ।

कमजोर भूधरातल भएको भिरालो पाखोको फेदीमा अवस्थित बेनीमा बर्षोनी काली र म्याग्दी नदीको कटान त छंदै थियो यसपाला त्यही भिरालो पाखोमा जिविस र सेनाले ब्यारेक पुग्न डोजर लगाएर सडक निर्माण गरिएपछि भूवनावट खलवलिएकोले पहिरोका डरले त्रास उस्तै छ ।

बलौटे माटो रहेको कमजोर भूबनावट रहेको यस पाखोमा समयमै पहिरो तथा बाढी रोकथामका काम नगरेमा पहाडको फेदीमा गुचुमुच्चु परेर ठडिएको बेनीमा बजारमा कुनैपनि बेला ठुलो दर्ुघटना हुन सक्छ । तर जिल्ला विकास समतिलगाएतका सरोकारवालाहरुले वास्ता भने गरेका छैनन् । यदी यहा पहिरो गएमा जिल्ला अस्पताल, म्याग्दी बहुमुखी क्याम्पस, न्यू वेष्टपोईन्ट उच्च माध्यामिक विद्यालय,माउण्ट ऐभरेष्ट आवसिय उच्च मावि लगाएत कम्तीमा सात सयबढी प्रत्यक्ष खतरामा रहेका छन् ।

घनश्याम खड्का /म्याग्दी भदौ २४ गते ।

No comments: