Wednesday, September 01, 2010

गाउमै डेरी खुलेपछि दूध बिक्री गर्न सजिलो

म्याग्दी जिल्लाका ग्रामिण भेगमा दूग्ध उत्पादन संस्था खुल्न थालेपछि कृषकलाई राहत मिलेको छ ।

दूध बिक्री गर्न एकाबिहानै बजारमा रहेका ग्राहकका घरघरमा पुग्ने कृषकहरू आजकाल दूध संकलन केन्द्र र डेरीमा जान थालेका छन् । ग्रामिण क्षेत्रमा खुलेका डेरी र दूध संकलन केन्द्रले कृषकको समयको बचत गरेको छ । गाउँमा दूध संकलन हुन थालेपछि मूल्यमा समानता आउन थालेको छ ।

गाउँमै दूध संकलन हुन थालेपछि थोरै भएपनि कृषकले आयआर्जन गर्न पाएका छन् । गाउँमै पशुपालन गर्ने कृषकको संख्या पनि बढ्न थालेको छ । जिल्लाको अर्थुङ्गे, घतान, राखु पिप्ले, दरबाङ, बाबियाचौर, ज्यामरुककोट, सिङ्गा लगायत स्थानका कृषकहरू गाउँमै दूध संकलन हुन थालेपछि पशुपालन तर्फआकषर्ीत भएका हुन् । गाउँमा संकलन भएको दूध सदरमुकाम बेनी र स्थानीय बजारमा खपत हुने गरेको छ ।

संकलन केन्द्र र डेरिमा दुध लगेपछि कृषकले भनेको समयमा पैसा पाउने र घरमा भन्दा डेरिमा दुध ल्याउदा सजिलै आफ्ना आवस्यकता पर्ुर्ति हुने भयकोले डेरिमा दुध ल्याउने कृषकहरू बताउँछन् ।  म्याग्दीको अथुङ्गे मा रहेको अथुङ्गे डेरिमा दैनिक ६० देखि ७० लिटर दुध संकलन हुने गरेको छ । जसको लागि बिभिन्न स्थान बाट दुध संकलन गर्ने गरेको डेरिका संचालक सुन्दर बनिया बताउनु हुन्छ

कृषक बाट संङ्गलन गरियको दुधको शुद्धता हेरि प्रतिलिटर ३६ देखि ३८ रुपिया सम्म दिने गरेको उहाँले बताउनुभयो । ग्रामिण क्षेत्रमा स्थापना भएका दूग्ध संकलन केन्द्र र डेरीलाई व्यवस्थीत गर्दै सुविधा बढाउन आवश्यक देखिन्छ । दूध संकलन केन्द्रमा पर्ूवाधार थप गर्दै कृषकलाई प्रोत्साहन गर्न सकेमा उनीहरुको आर्थिक विकास गर्न सहज बन्ने देखिन्छ ।

म्याग्दी भदौ १६ गते ।

No comments: