Thursday, September 16, 2010

भाईरल ज्वरोबाट गाउँ प्रभावित

म्याग्दीको बेग र बरङ्जा गाविसका बासिन्दा भाईरल ज्वरोका कारण प्रभावित बनेका छन् । बेगको ७, ८ र ९ नम्बर वडामा भाईरलबाट अधिकांश स्थानीयबासी बिरामी परेका छन् ।

तीन वडाका ५६ जनाको बुधबार एकैदिन उपचार गरिएको र उपचारका लागि आउने बिरामीको चाप बढेको बेग स्वास्थ्य चौकीकार् इञ्चार्ज, सिनियर अहेव लालबहादुर राउतले जानकारी दिनुभयो ।

सिनियर अहेव राउतका अनुसार बिरामीहरूमा टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने र पखला लाग्ने लक्षण देखिएको छ । केही जन्डीस र र्टाईफाईटका बिरामीहरू पनि उपचारका लागि आएका राउतले बताउनुभयो ।

अधिकांश विद्यार्थी बिरामी परेपछि बेगको बादुक स्थित श्रीकृष्ण नीम्न माध्यमिक विद्यालय ३ दिनका लागि बन्द भएको गरिएको छ । स्वास्थ्य कर्मीहरूका अनुसार भिड र धेरै मान्छे जम्मा हुने ठाउँमा भाईरल एकबाट अर्को व्यक्तिमा र्सछ । उपचारका लागि आएका बिरामीलाई उमालेर मात्र पानी पिउन र आराम गर्न सल्लाह दिईएको स्वास्थ्य चौकीले जनाएको छ ।

दुषीत पानीका कारण भाईरल, र्टाईफाईड र जन्डीसका बिरामी बढेका स्वास्थ्यकर्मीहरूले बताएका छन् । यसैगरी भाईरल ज्वरोका कारण बरङ्जा गाविसको जनजिवन पनि प्रभावित बनेको छ । शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयहरूमा पठनपाठन समेत प्रभावित बनेको छ ।

ज्वरो, रुघाखोकी र घाँटी दुख्ने समस्याका कारण विद्यालयका शिक्षक विद्यार्थी प्रभावित भएका जनप्रिय निमावी बरङ्जा खर्कका प्रअ यामप्रसाद र्घर्तीले बताउनुभएको छ । शिक्षक र विद्यार्थ्र्ाी बिरामी भएपछि स्थानीय सनर्साईन आवाशिय विद्यालय केही दिन बन्द भएको थियो ।

बरङ्जा उपस्वास्थ्य चौकीकार् इञ्चार्ज नारायणदत्त सापकोटाका अनुसार चौकीमा दैनिक २० देखि ३० जना भाईरलका बिरामी उपचारका लागी आउने गरेका छन् ।

म्याग्दी भदौ ३१ गते ।                             सन्तोष गौतम

No comments: