Monday, September 06, 2010

वषर्ाका कारण जोखिमपर्ूण्ा यात्रा म्याग्दीको जनजिवन प्रभावित

लगातार परेको वषर्ाका कारण म्याग्दीको जनजिवन प्रभावित बनेको छ । कहि पहिरोले घर भत्काएको छ भने जिल्लाका अधिकांश ग्रामिण सडक अवरुद्ध छन् । गाडी गुड्ने सडकमा हिलो र पहिरोको थुप्रो भेटिन्छ । र्सवसाधारण जोखिमपर्ूण्ा यात्रा गर्न बाध्य बनेपनि सम्बन्धित निकायको यसतर्फध्यान पुगेको छैन् ।

पहिरोको समस्या पहाडी जिल्ला म्याग्दीमा अनौठो भने होईन् । विगतका वर्षा पनि यहाँका र्सवसाधारणले यस्तै समस्या भोगेका थिए । तर समस्याको दिर्घकालीन समाधान गर्ने तर्फकसैले ध्यान नदिँदा र्सवसाधारणको सुविधाका लागि निर्माण गरिएका सडक सास्ती दिने माध्यम बनेका हुन् ।

सडकको जिर्ण्र्ाावस्थाले यात्रुलाई मात्र होईन् सवारी चालकहरूलाई पनि समस्यामा पारेको छ । हिलोमा गाडी फस्ने समस्याले यात्रु समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । बिरामीले समय सडकको उपभोग गर्न नपाउँदा सडकहरू कागलाई बेला पाक्यो हर्षन विष्मात बनेका छन् । सडकमा कति बेला कहाँ अप्रिय घटना हुने हो भन्ने चिन्ता सवारी चालकहरूमा छ ।

जिर्ण्र्ााडक अवस्थाका कारण गाडीका पाटपर्ुजा भाँचीने, हराउने जस्ता समस्या बढेका यातायात ब्यवसायीले बताएका छन् । यातायात ब्यवसायीले त सम्बिन्धीत निकायले सडक मर्मत गर्न चासो नदेखाएको भन्दै शुक्रबारदेखि बेनी दरवाङ सडकमा गाडी नचलाउने निर्ण्र्ाागरिसकेका छन् । चार्डपर्वको समयमा यातायात व्यवसायीले गरेको यस्तो निर्ण्र्ााले स्थानीय जनजिवनलाई प्रभावीत पार्ने भएपनि बाध्य भएर गाडी बन्द गर्नुपरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टचनले बताउनुभयो ।

म्याग्दीको बेनी दरबाङ मात्र नभएर बेनी जोमसोम सडकको अवस्था पनि कम्ताको छैन् । सुविधा दिनका लागि निर्माण गरिएका सडकले र्सवसाधारणलाई सुविधा भन्दा धेरै सास्ती दिनु दुखद पक्ष हो । जती लगानी गरेपनि सडकको अवस्थाको जस्ताको तस्तै हुँदा सरकारी लगानी बालुवामा पानी मिसाए सरह बनेको छ । सरकारी लगानी को सदुपयोग गर्दै सडकको स्तरवृद्धी गर्न समयमै सबैले ध्यान दिनु आवश्यक छ ।

म्याग्दी भदौ २१ गते ।

No comments: