Tuesday, September 07, 2010

द्धन्द्धपीडितलाई करिब ९० लाख राहत वितरण

जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट जिल्लाका द्धन्द्धपीडितहरूलाई करीब ९० लाख रुपैया राहत वितरण भएको छ ।

१० वर्षो द्धन्द्धका क्रममा ज्यान गुमाएका र वेपत्ता नागरीकका आफन्त तथा अंग भंग भएका नागरीकहरूलाई ८९ लाख ८० हजार रुपैया राहत बितरण गरिएको हो ।

सरकारले आर्थिक वर्ष२०६५/६६ देखि द्धन्द्धपिडितलाई राहत वितरण गर्न सुरु गरेको थियो । हालसम्म ८७ जना मृतक, १ जना वेपत्ताका आफन्त र ३ जना र्घाईतेले सरकारले उपलब्ध गराएको राहत रकम लगेका कार्यालयका लेखापाल प्रेमराज शर्माले जानकारी दिनुभयो ।

मृतक र वेपत्ता भएका लाई १/१ लाख रुपैया नगदका दरले राहत उपलब्ध गर्राईएको हो । त्यसैगरी द्धन्द्धका क्रममा र्घाईते भएका १ जना अपाङ्गले १ लाख र सभासद् गमबहादुर श्रसि सहित २ जना र्घाईतेले ४०/४० हजार रुपैया राहत लगेका लेखापाल शर्माले बताउनुभयो । सरकारले अपाङ्गको शारिरीक अवस्था अनुसार राहत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अन्य ४ जना अपाङ्गका लागि पनि राहत रकम प्राप्त भएको भएपनि उनीहरू लिन आएका छैनन् । यसैगरी द्धन्द्धका क्रममा विस्थापित भएर पर्ुनस्थापना हुन नसकेका हरुलाई सरकारले बाटोखर्च स्वरुप दिने गरि म्याग्दीमा पठाएको २ लाख १४ हजार रुपैया कसैले पनि माग नगरेपछि फिर्ता हुने अवस्थामा पुगेको छ ।

म्याग्दी भदौ २२ गते .

No comments: