Tuesday, September 07, 2010

मुस्ताङका कृषक स्याउ टिप्न व्यस्त

हिमालपारीको जिल्ला मुस्ताङका कृषक त्यहाँको मुख्य उत्पादन स्याउ टिप्न व्यस्त्त भएका छन् । यस वर्षमुस्ताङमा उत्पादीत स्याउ विगतको तुलनामा केही ढिला टिप्न सुरु गरिएको हो ।
विगतमा काँचो स्याउ बजारमा साउनदेखिनै पुग्ने गरेकाले मुस्ताङमा उत्पादीत स्याउको गुणस्तर घटेको भन्ने भ्रम फैलीएपछि यस वर्षेखि कृषकले पाकेको स्याउ मात्र बिक्री गर्न थालेका जिल्ला कृषी विकास कार्यालय, मुस्ताङले जनाएको छ ।

मार्फा, कोवाङ, टुकुचे, जोमसोम, कागबेनी र मुक्तिनाथ गाविसमा स्याउका दाना पाकेकाले टिप्न सुरू भएको बरिष्ठ कृषी विकास अधिकृत मेघनाथ तिमिल्सेनाले जानकारी दिनुभयो ।

बोटमै दाना पकाएर स्याउ टिप्न सुरु गरेकाले बजारमा ग्राहकले गुणस्तरीय स्याउ उपभोग गर्न पाउने तिमिल्सेनाले बताउनुभयो । मुस्ताङको ३ सय ७५ हेक्टर जमिनमा रेड डेलीसियस, रोयल डेलीसीयस, गाल्डेन डेलीसियस र रिचाईड जातको स्याउ खेती हुन्छ ।

बरिष्ठ कृषी विकास अधिकृत तिमिल्सेनाका अनुसार गत वर्ष१ हजार ९ सय ५० मेटि्रक्टन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष३ हजार ५ सय देखि ४ हजार मेटि्रक्टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । स्याउका लागि आवश्यक चिस्यान र स्याहर पुगेकाले उत्पादन बढेको कार्यालयले जनाएको छ ।  कृषकहरूले बगैचाबाटै ५० रुपैयाका दरले स्याउ बिक्री गर्ने निर्ण्र्ाागरेका छन् ।
सुरक्षित स्याउ ढुवानीका लागि स्यालम बहुउद्देश्यीय सहकारी संस्था टुकुचे, समाज सेवा बचत तथा ऋण सहकारी संस्था मार्फा र मुस्ताङ सहकारी संस्था लीमिटेड जोमसोम मार्फ कार्टर्ुुछपाउन अनुदान उपलब्ध गर्राईएको छ ।
चाडवाडमा स्याउको माग अत्याधिक हुने र बोटमा नै खरिद गर्दा सस्तो पर्ने हुनाले पाक्नुअगावै स्याउको मूल्य तिरेर ब्यापारीले बोटमा बुकिङ्ग गरीसकेका थिए । बजारबाट माग आएकाले बोटमा पाकेका स्याउ टिप्न सुरु गरिएको टुकुचेका कृषक कृष्ण हिराचनले बताउनुभयो ।
स्याउ ढुवानी र तिर्थयात्राको सिजन सुरु भएकाले गत असार महिनादेखि अवरुद्ध बनेको बेनी जोमसोम सडक मर्मत गर्न सुरु गरिएको नेपाल सेनाको बेनी जोमसोम सडक निर्माण कार्यदल गणले जनाएको छ । बोटबाट फल टिप्न सुरु गरिएपनि निर्यात भने सडक सञ्चालन भएपछि मात्र हुने कृषकहरूले बताएका छन् । खच्चरमा बोकाएर सानो मात्रामा भने स्याउ ढुवानी गर्न सुरु भएको छ ।
पोखरा जोमसोम हवाई र बेेनी जोमसोम सडक मार्ग भएर मुस्ताङको स्याउ म्याग्दी, पोखरा, चितवन, काठमाडौ, भैरहवा लगायतका सहरमा निर्यात हुने गर्छ ।

म्याग्दी भदौ २२ गते ।

No comments: