Friday, September 03, 2010

यातायात व्यवसायीबाट सवारी चलाउन बन्द

यातायात ब्यवसायीले म्याग्दीको सदरमुकाम बेनी देखि पश्चिमवर्ती दरबाङ बजार जोड्ने बेनी दरबाङ सडकमा सवारी साधन सञ्चालन गर्न बन्द गरेका छन् ।

ठाउँ ठाउँमा पहिरो गएपछि जिर्ण्र्ाानेको सडक मर्मत गर्न सरकारी निकायले चासो नदेखाएको भन्दै यातायात ब्यवसायीले सवारी साधन सञ्चालन गर्न छाडेका हुन् ।

सडक भत्कने र हिलाम्मे हुने समस्याका कारण यात्रा जोखिमपर्ूण्ा बन्दा समेत सरकारी निकायले सडक मर्मत गर्न चासो नदेखाएकाले शुक्रबार देखि सवारी साधन चलाउन छाडीएको समितिका अध्यक्ष गोपाल भट्टचनले बताउनुभयो ।

जिर्ण्र्ााडकको अवस्था सुधार नहुँदासम्म सवारी साधन सञ्चालन नगर्ने यातायात ब्यवसायीले बताएका छन् । सो सडकमा सञ्चालन हुने साना ठूला गरि ६० वटा सवारी साधन बन्द हुँदा ब्यवसायीलाई लाखौ रुपैया नोक्सान भएको छ ।

२८ किलोमिटर सो सडकखण्डको डम्मरा, फापरखेत, ठूलोखोला, रातोढुङ्गा, ढाँर्डखर्क लगायत ठाउँमा पहिरो गएको छ भने अधिकांश ठाउँमा सडक हिलाम्मे बनेको छ ।

चार्डपर्वको समयमा सवारी साधन बन्द भएपछि र्सवसाधारण समस्यामा परेका छन् । जिर्ण्र्ााडक अवस्थाका कारण पश्चिम म्याग्दीका दरबाङ, बाबियाचौर, देविस्थान, ओखरबोट, अर्मन २० वटा गाविसका बासिन्दा प्रभावित बनेका छन् । खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि समस्या परेको छ ।
म्याग्दी भदौ १८ गते ।

No comments: