Thursday, September 02, 2010

गलेश्वरमा ५ वटा घर भत्कीए


म्याग्दीको घतान गाविस ६ गलेश्वरमा पहिरो जाँदा ५ वटा घर भत्किएका छन् ।

बुधबार रातीको वषर्ासंगै घर पछाडितर्फपहिरो जाँदा खड्गबहादुर गर्वुजा र भरत मल्लको घर पर्ूण्ा रुपमा भत्कीएको हो ।

होमबहादुर गर्बुजा र कुलप्रसाद भण्डारीको घर पछाडिको केही भाग भत्कीएको छ । त्यसैगरी लक्ष्मी केसी -मोहन)को घर पछाडी रहेको शौचालय र भान्छाकोठा पहिरोसंगै बगेको छ । पहिरोबाट भत्कीएका घरमा भाडामा बस्दै आएका सहित ६ परिवार विस्थापित बनेका छन् ।
होमबहादुर गर्बुजाको घरको पछाडि रहेको पसलको गोदाम र भान्छाकोठाका सामान सबै पहिरोले बगाएको छ भने पहिरोमा परेका घरमा पसल रहेका मनदेवी गर्बुजा, मनबहादुर पुन, यामबहादुर गर्बुजा र भुवन श्रेष्ठका सामानहरू सुरक्षित स्थानमा सारिएको छ ।

क्षत्तीको पुरा तथ्याङ्क प्राप्त नभएपनि पिडित मोहन केसीका अनुसार पहिरोबाट ३० लाख रुपैया भन्दा बढीको क्षत्ती भएको अनुमान गरिएको छ । साँझ देखिनै घरपछाडिको भाग भत्कीएर पहिरो जान थालेपछि सुरक्षित ठाउँमा सरेकाले मानविय नभएको प्रहरीले बताएको छ ।
पहिरो जाँदा भिरालो ठाउँमा अवस्थित बस्तीको सुरक्षाका लागि निर्माण गरिएको ग्याभिन पर्खाल पनि भत्किएको छ । पसल र घरभित्र रहेका सामान स्थानीयबासी ले बिहीबार बिहानै सुरक्षित स्थानमा पुर्‍याएका थिए ।

पहिरोमा रहेका सामानहरु नेपाली सेना र प्रहरीले संकलन गरि सम्बन्धितलाई बुझाएका छन् । यसैगरी गलेश्वर बजारको माथि हुँदै जामुनाखर्क र काउलेगौडा जोड्ने सडकबाट आएको बाढीले बजारलाई जोखिममा पारेको छ ।

सुरत केसी / म्याग्दी भदौ १७ गते ।

No comments: