Wednesday, September 15, 2010

अपाङ्गलाई अधिकार सम्पन्न बनाऔ

अपाङ्गलाई दयाको दृष्टिकोणले नभएर ब्यवहारीक रूपमा अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिइएको छ ।

बुधबार म्याग्दीको बेनीमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पर््रवर्दनमा सरोकारवालाहरूको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा अपाङ्गका पक्षमा बनेका निति कार्यान्व्यन गरेर उनीहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताईएको हो । सहभागीहरूले अव बन्ने संविधान अपाङ्गमैत्री बनाउन सुझाव दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अपाङ्गको पक्षमा बनेका निति नियम कार्यान्व्यन हुन नसक्दा उनीहरू अधिकार उपभोग गर्नबाट बञ्चित भएका बताउनुभयो ।

"अपाङ्गलाई सेवा, सुविधा र अधिकार दिन बनेका नियम स्पष्ट नहुँदा कार्यान्व्यन गर्न समस्या परेको छ" प्रजिअ कुरुम्वाङले भन्नुभयो "उनिहरूलाई दया र माया मात्र होईन अधिकार सम्पन्न बनाउनतर्फसबैले सोच्नर्ुपर्छ ।"

   अपाङ्गलाई राज्यले सेवा सुविधा दिन बनाएको नियम अपुरो र अस्पष्ट र विभेदकारी हुनु, व्यवहार परिवर्तन हुन नसक्नु, उनिहरूको स्याहार र उपचारमा ध्यान नदिईनु, अभिभावकको लापरबाही, सरकारी कार्यालयमा अपाङ्गमैत्री भवन नहुनु लगायतका कारणले उनिहरू पछि परेका बताईएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर लालबहादुर मल्ल्ा, महिला विकास कार्यालयकी प्रतिनिधी कृष्णा अर्याल, जिविसका कार्यक्रम अधिकृत हरिकृष्ण आचार्य, पत्रकार महासंघका अध्यक्ष घनश्याम खड्का, एकिकृत नेकपा माओवादीका जिल्ला सचिव लालु किसान, नेपाली कांग्रेसकी जिल्ला सदस्य मञ्जु हमाल र नेकपा एकिकृतका धु्रबलाल शर्माले आफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।

पुनस्थापनाको लागि हातेमालो पोखराको सहयोगमा अपाङ्ग संघ म्याग्दीले आयोजना गरेको कार्याक्रममा सहयोगी संस्था आईएनएफका र्सर्ुय थापाले अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र समस्या तथा समाधानका उपाएका विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रका बिषयमा स्थानीय निकायका कर्मचारी र सरोकारवालाले टिप्पणी गरेका थिए ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष तिर्थकुमारी श्रेष्ठको सभापतित्व र सचिव केपी अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष गोपाल केसीले स्वागत गर्नुभएको थियो ।

म्याग्दी भदौ ३० गते ।

No comments: